सामाजको चित्रण : नाइट लाइफ

हाम्रो कथा २०७६ जेठ २६ गते १८:०३

नाइट लाइफ अर्थात् रात्रि जीवनले मनोरञ्जन जनाउने हो I नाइट लाइफको मनोरञ्जन बेलुकी  अँधेरो बाट सुरु भई बिहानी पख अन्त्य हुन्छ। नाइट लाइफको अनुभूति विशेषत पब, नाइट क्लब, कन्सर्ट, थिएटरमा गर्न सकिन्छ।

केही समाजशास्त्रीहरुको विश्वास छ कि नाइट लाइफको विकाससँग संस्कृतिको विकास पनि जोडिएको हुन्छ। यसले राजनीतिक अभियानहरूलाई पनि टेवा पुर्‍याएको कुरा समाजशास्त्रीहरूले जनाएको छन्। अमेरिकाको “ग्रे राईट्स मोभमेन्ट” मा नाइट लाइफले विशेष भूमिका खेलेको रहेछ। ग्रे राईट्स मोभमेन्टको अन्लोलनको सुरुवात अमेरिकाको स्टोनवाल इन नाइट क्लबबाट सुरुवात भएको हो।

लामो समयबाट एउटा वादविवाद चलिरहेको छ कि नाइट लाइफले समाजमा सकारात्मक परिवर्तन ल्याउँछ कि ल्याउँदैन। यसै विषयमा समाजशास्त्री डेविड ग्रेजियनले आफ्ना अध्ययनहरूबाट पत्ता लगाएको छन् – नाइट लाइफले समाजका वर्ग, जातजाति, धर्म र समावेशिताको यथार्थ  चित्रण गर्दछ।

चीन, थाईल्याण्ड, ताईवान र फिलिपिन्समा नाइट लाइफ विश्वभर प्रख्यात हुँदा नेपालमा पनि नाइट लाइफको प्रचलन भित्रिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित

नेपाली रंगमंचका सफल नाटक !

१२ भदौ , २०७६ २ मिनेटमा पढिने

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने
लोकप्रिय