महिनावारी व्यवस्थापनमा युवा !

महिनावारी महिलाको निम्ति प्राकृतिक देन हो I यसलाई अनेक बिकृतीका दृष्टिले हेर्नु मुर्खता बाहेक केहि होइन I यस अवस्थामा महिलाले भने सरसफाईमा चाहि बिशेष ध्यान दिनै पर्छ है ! यदि यो कुरा ध्यान दिएन भने अनेक प्रकारका शारिरीक समस्या आउन सक्छ I

हाम्रो कथा २०७६ जेठ २३ गते १७:४५

केहि वर्ष अघि जाजरकोटमा फैलिएको महामारी बाट सचेत बनेको एउटा युवा समुह जसले आफ्नो समुह लाई  ‘पश्चिम पाइला’ नाम दिएको छ I जाजरकोटमा फैलिए जस्तै महामारी तथा हैजा अन्य स्थानमा पनि फैलिन नदिनलाई युवाहरु सचेत र जगरूप हुनु जरुरी छ भनेर यो युवा समुह क्रियाशील छ  I हाल यो समुह बिभिन्न सुचनामुलक कार्यक्रम लागायतमा क्रियासिल साथ लागि परेको छ I

यसै समुहले मंगलबार पाटनको मंगलबजार (कृष्ण मन्दिर अगाडी) मा  महिलामा हुने मैनावारी स्वस्छताको लागि सचेना कार्यक्रम सम्पन्न गरेको छ I हाम्रो समाजमा स्वस्छ महिनावारिका निम्ति पनि सचेतना आवस्यकता छ भन्ने सोच साथ मेरो महिनावारी,मेरो गर्व नाराका साथ् सम्पन्न उक्त कार्यक्रममा नाटक , प्याड बनाउने तालिम तथा महिनावारी संग सम्बन्धित बिभिन्न चेतना मुलक कार्यक्रम सचालन भएका थिए I

त्यहि पश्चिम पाईला नेपालका अनुसार महिनावारी स्वच्छताका निम्ति निम्न बिसयहरुमा ध्यान दिन आवस्यक छ I

१) सेनिटरी प्याड अथवा सफा नरम कपडा मात्र प्रयोग गर्ने I

२) सुरक्षित किसिमका सेनिटरी प्याडहरु घरमै पनि निर्माण गरी प्रयोग गर्न सकिन्छ I

३) प्रयोग गरी रहेको सेनिटरी प्याड वा कपडा बढीमा ६ घण्टापछि फेर्ने I

४) प्रयोग गरेको सेनिटरी प्याडको सुरक्षित व्यवस्थापन गर्ने I प्याडलाई ढक्क्न सहितको डस्बिनमा फाल्ने र पछि जलाउने I

५) महिनावारीको समयमा सकेसम्म दैनिक नुहाउने नभए गोप्य अंगलाई राम्ररी सफा गर्ने I

६) महिनावारीको समयमा प्रयोग गर्ने कपडालाई राम्रो संग धुने र धोई सकेपछी घाम लाग्ने थाउमा सुकाउने I

७) सेनिटरी प्याड प्रयोग गरेपछि र कपडा धोएपछि पनि साबुन पानीले हात धुने I

८) महिनावारीको समयमा पौष्टिक तथा झोलिलो खानेकुराहरु बढी खाने र गार्हो काम नगर्ने I

महिनावारी महिलाको निम्ति प्राकृतिक देन हो I यसलाई अनेक बिकृतीका दृष्टिले हेर्नु मुर्खता बाहेक केहि होइन I यस अवस्थामा महिलाले भने सरसफाईमा चाहि बिशेष ध्यान दिनै पर्छ है ! यदि यो कुरा ध्यान दिएन भने अनेक प्रकारका शारिरीक समस्या आउन सक्छ I

प्रतिक्रिया
लोकप्रिय