खानाले मन बाँध्ने, सम्बन्ध गास्ने भूमिका खेल्छ !

आफ्नो समुदाय, आफ्ना अग्रजहरू सँग खाना मार्फत सम्बन्ध जोड्ने प्रेरणाका साथ अघि बढेकाले अहिलेको समय अडर लिने, खाजाको मेनु छलफल गर्ने, प्रतिक्रिया लिने सबै काम सामाजिक सञ्जाल मार्फत नै गर्ने रणनीति उनीहरूले बनाएका रहेछन् । आफ्ना ग्राहक वर्गले - ‘दाईदिदि / भाइबहिनी’ भनेर सम्बोधन गर्नु नै उनीहरूले अहिले कमाएको विश्वास हो ।

हाम्रो कथा २०७६ जेठ २३ गते १६:३४

मानव समुदाय जति नै आधुनिक भए पनि हाम्रा शारीरिक र भावनात्मक आवश्यकता बदलिएका छैनन् । खानाको सम्बन्ध मनसँग हुन्छ । एउटा परिवार सँगै बस्ने भनेको पनि एउटै चुलो गरेर सँगै खाने हो भन्छन् । त्यस्तै खानाको जोडले मनहरूलाई बाँध्ने, सम्बन्धहरू गास्ने भूमिका खेल्छ भन्ने विश्वासका साथ गोल्डी र प्रयासले खानाको क्षेत्रमा काम गर्न रुचाएका हुन् ।

केही महिना अघि नै गोल्डी श्रेष्ठले काठमाडौँ विश्वविद्यालयमा बिबिए गरिन । त्यही समय प्रयास प्रधानले पनि काठमाडौँ स्थित द ब्रिटिस कलेजबाट बिबिए सके । र, यी दुई २३ वर्षीय साथी मिलेर अहिले काठमाडौँको एउटा आवश्यकता पुरा गर्दै छन् ।

आज भोलि काठमाडौँमा दिउसोको समय आफ्नै हातले खाजा बनाएर खाने प्रचलन कम हुँदै जान थालेको छ । दिउसोको समय अफिसमा कामको व्यस्तता रहन्छ । केही फुर्सद भए साथीभाइसँग समय बिताउन मन लाग्छ । दिउसो खाजा त बाहिरबाट मगाएर वा बाहिर गएर खाने प्रचलन बसी सक्यो ।

प्रयास प्रधान नयाँ-नयाँ परिकार आफैले बनाउन रुचाउँथे । उनी बिबिए पढ्दै गर्दा नै आफूले बनाएको खानालाई ठुलो जमातमा पुर्‍याउने अवसर पाएँ । ‘फुडमारियो’ एप मार्फत उनले आफूले बनाएको परिकारको मूल्य तोक्दै  प्रदर्शन गर्न थाले । एप प्रयोगकर्ताहरूले प्रयासको खाजा अडर गर्न थाले । प्रयासले पकाएर फोटो अपलोड गरे पुग्ने । अनि बिक्री र डेलिभरी प्रक्रिया फुडमारियो मार्फत भई हल्थियो ।

प्रयासको काममा गोल्डीले पनि सहयोग गर्न थालिन । यसरी ‘फुडमारियो’ मार्फत उनीहरूले काठमान्डूको खाद्य संस्कृति र नियमित खाजा अडर गर्ने ग्राहकको प्रकृति कलेज पढ्दै बुझ्ने अवसर पाए ।

कलेज सके पछि सबै साथीभाइलाई विदेश जाने हावाले छोयो । गोल्डी र प्रयासका लागी त्यो समय अन्योल नभएको होइन ।

यदि साथीभाइले भने जस्तै, “नेपालमा केही गर्न सकिँदैन I” भन्ने अवधारणालाई करियरको सुरुवाती चरण मै कसरी भन्नु जस्तो लग्यो । पहिले नेपालमा सङ्घर्ष गरौँ यदि त्यसपछि आजित भए पो विकल्प खोज्ने भन्ने सोच आयो ।

 

आफ्नै सपना साकार गर्ने भनेर मिल्स अन व्हिल्सको सुरुवात गए I २०७५ साल फाल्गुनमा यी दुई युवाले कम्पनी दर्ता गरे I ७ जनाको टिमले आफै खाजा बनाउँछन्, आफै प्याकिङ्ग गर्छन्, आफै डेलिभरी गर्छन् र आफै व्यवस्थापन सम्हाल्छन्। खाजाको मूल्य औसत रेस्टुरेन्टहरूको मार्केट प्राईज बराबर नै छ I

आफै उमेरका अन्य साथीभाइ अल्लारे बन्दै घुमफिर गर्दा गोल्डी र प्रयासलाई पनि घुमफिर गर्न मन लाग्छ । जस्तो काममा हात हाले पनि मन त उमेर अनुरूप अल्लारे नै हुने रहेछ । “आफ्नै कमाई छ, स्थानीय समुदाय माझ प्रेरणाको श्रोत बन्न सकेका छन्, सानै उमेरमा धेरै अनुभव गर्न पाइयो” सोचेर हाँस खेल गर्ने इच्छा उनीहरूले सजिलै मारेका छन् ।

तस्वीरमा : गोल्डी श्रेष्ठ

आफ्नो समुदाय, आफ्ना अग्रजहरू सँग खाना मार्फत सम्बन्ध जोड्ने प्रेरणाका साथ अघि बढेकाले अहिलेको समय अडर लिने, खाजाको मेनु छलफल गर्ने, प्रतिक्रिया लिने सबै काम सामाजिक सञ्जाल मार्फत नै गर्ने रणनीति उनीहरूले बनाएका रहेछन् । आफ्ना ग्राहक वर्गले – ‘दाईदिदि / भाइबहिनी’ भनेर सम्बोधन गर्नु नै उनीहरूले अहिले कमाएको विश्वास हो । आफ्नो वेबसाइट मार्फत अडर लिने, मोबाइल एप मार्फत स्वचालित गर्ने भनेको केही समय पछिको कुरा हो भन्ने मान्यता उनीहरूको रहेछ I पहिले मन जित्नु पर्‍यो त्यसपछि बल्ल दिगो बिजनेस मोडेल बनाउन तर्फ लाग्ने हो भन्ने अभिव्यक्ति प्रयासले गरे ।

तस्वीरमा : प्रयास प्रधान

व्यक्तिगत स्वभावमा अनुशासनलाई अधिक जोड दिने प्रयास कहिकतै ढिलो  पुग्दैनन् । आफ्नो समय, नियमबारे प्रतिबद्ध छन् I त्यसैले ठिक समय र ठिक स्थानमा डेलिभरी र खानाको गुणस्तरलाई मिल्स अन व्हिल्सले विशेष ध्यान दिएको छ I मिल्स अन व्हिल्स गुणस्तर र सहज डेलिभरीको प्रतिबिम्ब बन्ने क्रममा अघि बढ्दै छ I

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ दिन अगाडि १ मिनेटमा पढिने

अफिसियल रुपमा ‘खुशी’ !

३१ साउन , २०७६ ४ मिनेटमा पढिने