जहाँ लुगा पनि भाडामा पाइन्छ

सामान्य तय: महिलाका पहिरन जस्तो कि - साडी, कुर्ता, लेहेन्गा उपलब्ध गराउने गरेकी उनले एउटा सामान्य साडीको ९ सय देखि सुरु गरेर गाउन, लेहेन्गाको १८५० देखी बेहुलीको पहिरनलाई ७५०० सम्म सेवा शुल्क निर्धारण गरेकी छिन I

हाम्रो कथा २०७६ जेठ २१ गते १७:०३

यो कथा उद्यमी मन्जुष्मा शाही श्रेष्ठको को हो I
शिक्षण पेसा गरिरहेकी मन्जुष्माले विवाह पश्चात् शिक्षण पेशा छोडि दिईन I
आफ्ना उद्यमी श्रीमानको काठमान्डौ जनहित छापाखाना (प्रेस) रहेकाले उनी सँगै काठमान्डौ आइन र श्रीमान् कै प्रेसमा डिजाइनिंगको काम गर्न थालिन I केही समय पश्चात् यस दम्पतिको सन्तान मंजुस्माको गर्वमा बस्यो त्यस पछि भने डिजाइनिंगको काम पनि छोडिदिन I छोरा जन्मियो I दिन प्रतिदिन छोरा बढ्दै गयो I हेर्दा-हेर्दै छोरा स्कुल जाने भयो I अब; भने मंजुस्मा लाई समय बिताउनै सकस हुन् थाल्यो I त्यतिकै बस्न सकिनन् I

उनलाई समय लाई सदुपयोग गर्न केही त गर्नै पर्छ जस्तो लाग्न थाल्यो I के गर्ने त भनेर सोच्न थालिन I सानै भए पनि उद्यम नै गर्नु पर्छ भन्ने उनलाई लाग्यो I उद्यम सुरु गर्नु अघि हाम्रो परिवेशलाई केलाइन,
विदेशमा रहेका नेपालीले नेपालबाट बुटिकका कपडा मगाएको देखेर त्यसलाई नै व्यवसाय बनाउने सोच बनाइन् I बुटिकका कपडा निकै महँगा र विशेष समारोहमा मात्र लगाइने त्यस प्रकारका कपडा भाडामा उपलब्ध गराउन सके त धेरै राम्रो होला भन्ने साथी संगी तथा आफन्तको सल्लाहलाई यस प्रकारका यस्ता सेवा दिनु पर्‍यो भनेर के होला कसो होला भन्ने डर सहित फेसबुक मार्फत व्यवसायीक यात्रा सुरु गरिन् I

बिस्तारै माग आउन थाल्यो I उनलाई लाग्यो कि; मन देखि चाहेर गर्‍यो भने र गरे देखि त हुदोरहेछ जस्तो उनलाई लाग्यो I सबैभन्दा ठुलो त इच्छाशक्ति नै रहेछ भन्ने लाग्यो I

हुन त आफ्नू सानो बच्चा छ I उसलाई रेखदेख गर्नु पर्ने जिम्मेवारी त छँदै थियो I त्यसबाट बचेको समय लाई सदुपयोग गर्नु पर्छ भने इच्छा कै कारण यसरी सानो स्वरूपमा भए पनि मन्जुष्माले काम गरिहगेकी छिन I उनका अनुसार उनका निम्ति यो कामले बजार बुझ्ने तथा ग्राहकको मनोभाव बुझ्ने र नयाँ कुरा सिक्न पाईरहेकी छिन I

गत मङ्सिरबाट मात्र अनलाइनलाई मुख्य अवसर बनाउँदै “ड्रेस फर रेन्ट” सुरु गरेकी उनले त्यस महिना सोचे भन्दा राम्रो व्यापार गर्न सफल भइन I पौष महिना सुख्खै भयो I माग र फागुनमा ठिकै भयो I फेरी चैत महिना खालि नै बस्नु पर्‍यो I पूर्ण वैशाख र ज्येष्ठ ठिकै भइरहेको छ I कारण विवाहको सिजन मा विशेष उनको यस सेवाले बजार पाउने गरेको छ I खास गरी विवाह तथा भोज कै निम्ति त्यसरी पहिरन रेन्ट मा खोज्न आउने सेवा ग्राहक अधिकांश छन् I मन्जुष्माले सोच्दा त भोजका निम्ति भन्दा पनि फोटो सुट, म्युजिक भिड्यो लगायत सुटिङका निम्ति आवश्यक पहिरन (ड्रेस ) लाई केन्द्र मा राखेर “ड्रेस फर रेन्ट” सुरु गरेकी थिइन I त्यस किसिमका (पार्टी वयर) भोजमा लगाइने पहिरनमा भने कमै सम्भावना देखेर त्यस किसिमका केही नमुना मात्र राखेकी थिइन I तर गर्दै जाँदा भने त्यही नमुनाले नै व्यवसायी गति लिन थाल्यो अनि उनको सोच पनि त्यता तिरै मोड्डीन पुग्यो I

सेवा ग्राहकको एउटा समान भाव भनेको क्वालिटी भन्दा कपडामा डिजाइन राम्रो खोज्ने रहेको उनको अनुभव रहेको छ I अनि पैसामा पनि सके सम्म सस्तो मूल्य खोज्ने ग्राहक तथा सेवा ग्राही नै धेरै रहेको उनको अर्को अनुभव रहेको छ I

अहिले विशेष गरी बाहिरबाट आएर छात्रावासमा बसेका विद्यार्थीहरू यस सेवा प्रति आकर्षित बनेको उनले पाएकी छिन् I सामान्य तय महिलाका पहिरन जस्तो कि – साडी, कुर्ता, लेहेन्गा उपलब्ध गराउने गरेकी उनले एउटा सामान्य साडी को प्रति दिन ९ सय देखि सुरु गरेर गाउन, लेहेन्गाको १८५० देखी बेहुलीको पहिरन ७५०० सम्म सेवा शुल्क निर्धारण गरेकी छिन् I हाल मुख्य समस्या भनेको लगनको दिन तोकेर मात्र विवाह गरिने हुँदा एक किसिमले वैशाख, मङ्सिर, माघ जस्ता महिना त्यसमा पनि तोकिएको दिनमा मात्र राम्रो सँग उनको उद्यमले अवसर पाउने गरेको उनको भनाइ छ I

तस्वीरमा : मन्जुष्मा शाही

प्रतिक्रिया

सम्बन्धित

संस्कृतिको ताज !

४५ मिनेट अगाडि २ मिनेटमा पढिने