आत्म-विश्वास वृद्धि गर्ने १० अभ्यास

वैज्ञानिक रुपमा प्रमाणित आत्म-विश्वास वृद्धिका केहि अभ्यास दैनिक रुपमा गर्न सक्छौं I

हाम्रो कथा २०७६ जेठ २० गते १६:५६

व्यक्तित्वलाई सबल बनाउने होडबाजीमा आफ्नो आत्म-विश्वास वृद्धि गर्ने प्रयास जो कोहिको हुन्छ I यदि केहि अभ्यास हरेक दिन गर्न सक्यौं भने बिस्तारै बानी बस्दछ र हाम्रो आत्मवल अझ बलियो बन्दै जान्छ ।

वैज्ञानिक रुपमा प्रमाणित आत्म-विश्वास वृद्धिका केहि अभ्यास दैनिक रुपमा गर्न सक्छौं I

१) जुनसुकै समयमा पनि नयाँ कुरा सिकौं

धेरै जसो मानिसहरु असफलताको डरले नयाँ कुरा सिक्न डराउछन् तर आत्मबल भएका व्यक्तिहरु सधैं नयाँ सिप र नयाँ काम सिक्न खोजिरहेका हुन्छन् ।

२) जिम्मेवारी लिऔं

आफुले बोलेको बोली, शब्द र गरेका कामको जिम्मेवारी लिऔं । आत्मबल बलियो भएका व्यक्तिले मात्र आफ्नो कामको जिम्मेवारी लिन सक्छन् ।

३) आफ्नो डरबाट बाहिर निस्कौं

धेरै जसो व्यक्तिहरु डरका कारण जोखिम उठाउन चाहदैनन् । तर आत्मबल बलियो भएको ब्यक्तिहरु सधै जोखिम मोल्न, नयाँ नयाँ प्रयोग गर्न चाहन्छन् र डरबाट बाहिर निस्केर काम गर्न रुचाउँछन् ।

५) अरुलाई इज्जत गरौं

आफ्नो वरपर भएका व्यक्तिहरुलाई सहयोग गर्नु, उनीहरुसँग सरसल्लाह लिनु र सबैलाई आफ्नै परिवारको सदस्य जस्तो व्यवहार पर्दछ । जसले गर्दा उनीहरुसँग कुनै हिच्किचाहट हुदैन र काम गर्न सजिलो हुन्छ ।

६) सफलताको श्रेय सामुहिक रुपमा बाडौं

कडा मिहिनेत गरेर प्राप्त भएको राम्रो परिमाणको श्रेय सबैसँग बढौं । यसले काममा म मात्र छैन् भन्ने भावनाको विकास गर्छ ।

७) लक्ष्य बनाऔं

हरेक काम गर्नुअघि लक्ष्य निर्धारण गरौ । र त्यसको प्राप्तीको लागि कडा मिहिनेत गरौं । लक्ष्य निर्धारणले काममा एकाग्र हुन सहयोग गर्छ । आत्मबल भएका व्यक्तिहरु आफ्नो लक्ष्यलाई प्रेरणाका रुपमा लिन्छन ।

८) आफुलाई अरुसँग तुलना नगरौं

आफुलाई अरुसँग तुलना गर्नु भनेको आफ्नो लक्ष्यमा केन्द्रित नहुनु हो । अरुसँग तुलना गर्दा आफुले आफुलाई कम आंकलन गरिन्छ, त्यसले लक्ष्य प्राप्त गर्न मद्दत गर्दैन ।

९) आफ्नो शरिरको ख्याल राखौं

राम्रो खाना, प्रशस्त मात्रामा निन्द्रा, दिनँहु व्यायाम हाम्रो शरिरको आवश्यकता हो । जसले गर्दा बिरामी हुने सम्भावना कम हुन्छ । र समयमा काम गर्ने अवसर हुन्छ र लक्ष्य पाउनको लागि काममा केन्द्रीत हुन सकिन्छ ।

१०) आफुलाई विश्वास गर्न सिकौं

आफ्नो सबै काम र निर्णय लिनको लागि कुनै संकोच मान्न हुदैन । किनभने छिटो निर्णय गर्ने शक्ति र क्षमता मनोबलका कारण निर्माण हुने गर्छ । त्यसैले निर्णय गर्न संकोच मान्न हुदैन ।

 

प्रतिक्रिया

सम्बन्धित

नेपाली रंगमंचका सफल नाटक !

१२ भदौ , २०७६ २ मिनेटमा पढिने

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने