र्यापका नायक : एमिनेमको जीवन कथा

एमिनेमको जीवन कथा !

उनको गित “र्याप गड”मा १५६० शब्द छन् जुन गीत सृप ६ मिनेटको छ I यो अधभुत गीतले “गिनिज बुक अफ वर्ड रेकर्ड” मा नाम समेत लेखाएको छ I यस गीत मा सामान्य तया प्रति सेकेन्ड ४.२८ शब्द बोल्लिएको छ I एमिनेम यही कारणले चमत्कारिक र्यापर साबित बने

हाम्रो कथा २०७६ जेठ २० गते १६:२३

सफल भएर असफलतासँग लिएको बदला भन्दा ठुलो बदला यो संसारमा अरू केही छैन I  जसले अंगेजी सङ्गीत सुन्छ वा अङ्ग्रेज सङ्गीत प्रति लगाव राख्छ उसले यी सफल पात्रलाई राम्रो सँग चिन्छ र जसले चिन्दैन उसले पनि यो कथाबाट सफलताका निम्ति गतिलो प्रेरणा पाउन सक्छ I यो कथा हिपहपका सम्राट मानिने एमिनेमको हो I

यी अमेरिकन र्यापर २१ औँ शताब्दीका उत्कृष्ट म्युजिकसियन हुन् I संसारका नम्बर १ र्यापर जसले एउटा वा दुइटा हैन – १५ वटा ग्रामि अवार्ड जिती सकेका छन् I यो अवार्ड सङ्गीत विधाको सबै भन्दा ठुलो अवार्ड हो I

एमिनेमको पुरा नाम ‘मार्सल ब्रुस मेथर्स’ हो I १७ अक्टोबर सन् १९७२ मा ‘सेन्ट जोसेफ मिसोरी’ स्थित उनको जन्म भएको थियो I उनकी आमा केवल सोह्र वर्षकी हुँदा उनको जन्म भएको थियो I उनले कलिलो उमेरका कारण ७२ घण्टाको कठिन प्रसप पिडा पश्चात् एमिनेमलाई जन्म दिएकी थिइन I एमिनेम करिब ६ वर्षको हुँदा उनका पिताले घर छाडेर गए र अग्रै विवाह गरे I यस पश्चात् आमाको नोकरी खोजिएका निम्ति आमा छोरा एउटा सहरबाट अर्को सहर भौँतारिन थाले I जस कारणले बाल्यकालमा एमिनेमको कुनै पक्का साथी बन्न सकेन I  उनी आफ्नी आमा सँग आफ्ना पिताका विषयमा प्रश्न गर्ने गर्दथे I आफ्ना पिता लाई धेरै चिठ्ठी लेख्ने गर्थे I उनका पिताले सम्पूर्ण चिठ्ठी नपढी किन फर्काइ दिए I अब उनी फाईनल्ली डेट्रोईट मिचिगन सहर पुगे I जहाँ धेरै जसो काला जाति का अफ्रिकन अमेरिकन नागरिक बस्ने गर्दछन् I उनको मिचिगन कै एउटा स्थानीय स्कुल मा भर्ना भयो I सबै काला वर्णका सबैले अन्य विद्यार्थीले उनलाई निकै दुख दिन थाले I उनलाई अन्य विद्यार्थीले कुट्ने पिट्ने समेत गर्थे I एक पल्टको कुरा हो; उनी भन्दा बढी उमेरको एक बदमास विद्यार्थी ले एमिनेम लाई यति सम्म पिट्यो कि; उनको ब्रेनमा सिरेस इन्जेरी भयो I उनी एक हप्ता सम्म कोमा मा गए I उनीहरू एमिनिम लाई यस कारणले पनि पिट्ने गर्थे उनीहरूको मान्यता थियो कि हिपअप सङ्गीत केवल काला वर्णका व्यक्तिका निम्ति हो I

एमिनेम ले त्यही समय हिपअप र र्याप गर्न सिकिसकेका थिए I उनलाई यो सङ्गीत प्रति तब लगाव बस्न थालेको थियो जब उनलाई उनका एक अङ्कल रोनिले उनलाई एउटा रेकर्ड ब्रेकिंग साउन्ड ट्रयाक दिए I यसलाई सुने पश्चात् एमिनेम निकै प्रभावित बने I पछि गएर रोनि एमिनिमका म्युजिक मेन्टर पनि बने I जसले एमिनेमलाइ हिपअप सङ्गीतको गुण समेत सिकायो I उनको जीवनमा केवल रोनि नै एक सकारात्मक व्यक्ति थिए I जसलाई उनी आफ्नो आइडल मान्थे I तर १९९९ मा तिनै रोनिले आत्महत्या गरे I जसले एमिनेम लाई गहिरो असर पर्‍यो I एक हप्ता सम्म उनले आफूलाई एउटा कोठामा बन्द गरेर राखे I यति सम्म कि; रोनि को अन्तिम  सस्कारमा पनि उनी गएनन I उनको आफ्नी आमा डेवी सँग पनि अक्सर झगडा हुने गर्दथियो I यसै कारणले उनलाई ड्रग्स को आदत लाग्न थाल्यो I

जब उनी पन्द्र वर्षका थिए तब हाईस्कुलमा उनको भेट किम्बरली स्कट सँग भयो I जो त्यस समय तेह्र वर्षकी थिइन I किम्बरली आफ्नी बहिनी सहित घर बाट भागेर एमिनेम कै घर आएर बस्न थाले I यसै क्रममा यी दुई बिच प्रेम सम्बन्ध बस्यो र यी दुईले एक सन्तानको जन्म समेत दिए I करिब सत्र वर्षको उमेर एमिनेम नौ कक्षामा तिन पल्ट फेल भई सकेका थिए I उन पढाइ प्रति कुनै चाह थिएन I उनको चाह केवल अङ्ग्रेजी भोकावब्लेरी थियो I उनकी आमा एक पल्ट उनलाई भनिन कि; तलाई पढ्न त मन लाग्दैन बरु मलाइ घरको काम मा सहयोग गर I खुसी हुँदै उनले आमाको प्रस्ताव स्विकार्दै स्कुल छाडिदिए I अनि घरको सहयोगका निम्ति विभिन्न साना-तिना काम हरू गर्न थाले I तर हिपअप सङ्गीतमा उनको लगाव बढी नै रह्यो I त्यस समय भूमिगत र्याप सङ्गीत हुने गर्थियो जसमा एमिनेम पनि सहभागी हुन् थाले I र्यापमा नाम कमाउन थालेका उन लाई गरिबी ले भने अझै साथ छाडेको थिएन I

उनलाई अनेकौँ र्याप ग्रुपबाट बोलाइन थालियो I तब एनबिटि प्रोडक्सनमा उनी सहभागी बने I आफ्नो डेब्यु एलबम ‘इन फाई नाइट’ सार्वजनिक गरे I तर यो एल्बम व्यावसायिक रूपले निकै असफल साबित बन्यो I उनलाई आर्थिक रूपमा पनि निकै घाटा भयो I त्यस समय उनी यस्तो समयमा बस्ने गर्थे कि; जहाँ चोरी,डकैत जस्ता अपराध हुने गर्दथियो I उन कै घर धेरै पल्ट डाकैती हुने गर्दथियो I परिवारको पेट भर्न कै निम्ति उनले एक स्थानीय होटेलमा कुक काम गर्दथे I जहाँ उनले भाडा धुने काम समेत गरे I आफ्नी छोरी जम्ने पश्चात् उनले ६ महिना सम्म हप्ताको  ६० घण्टा सम्म उनले यसरी काम काम गरे I

तर अमेरिकनको सबै ठुलो पर्व क्रिसमसको केही दिन अघि उनलाई त्यस काम बाट निकाल्लियो I क्रिसमस कै दिन उनकी छोरीको जन्म दिन थियो I उनको वालेटमा जम्मा चालिस डल्लर थियो I पहिलो एल्बम फल्प भएको र जागिर बाट पनि निकाल्लिएको यी यावत कारणले उनी निकै हतोसायी बनेर आत्महत्याको बाटो रोजे तर भाग्य लाई भने उनको यो कदम स्वीकार्य भएन I र उनको ज्यान बच्यो I सन् १९९७ मा ‘लस एन्जिलस’ मा र्याप प्रतिस्पर्धा को ओलम्पिक हुने वाला थियो I यो यस्तो र्याप कम्पिटिसन ब्याटल हो; जसमा एमिनेमले सहभागिता जनाए र उनी फाइनल सम्म पुगे र दोस्रो स्थान हासिल गरे I

र्याप ओलम्पिक सदस्यले एमिनेम द्वारा बनाएको एल्बम स्लिम्सेडी एसी को कपि हिपअप र्याप सङ्गीतका महसुर प्रोड्युसर डक्टर ड्रे लाई पठाइ दिए I जब ड्रे ले उक्त सिडी सुने अव भने कि; मेरो करिअर सम्म कुनै डेमो सिडीमा यस्तो कहिले सुन्नेको छैन I उनले भने त्यो केटो लाई चाँडो खोजेर ल्याऊ I

उनले एमिनेम लाई हायर गरे र उनको एल्बम द स्लिम सेटि एल्पी लाई संन १९९९ मा रिलिज गरिदिए I यो एल्बम उक्त वर्ष कै ख्याति प्राप्त तथा उत्क्रिस्ट रह्यो I यस एल्बम पश्चात् उनले जीवनको पछाडि कहिले फर्केर हेर्नु परेन I  यस पश्चात् एमिनेमले आफ्नो बाल्यकालमा आधारित र्याप गीत निकाले ‘ब्रेन ड्यामेज’ जसमा उनले डी एनजली नाम गरेको बदमास बच्चाले उनलाई कसरी कोमा मा पुर्‍यायो I

यस पश्चात् एमिनेमले म्युजिक रेकर्ड मै तहल्का मच्चाए I उनको एल्बम ‘मार्सल म्याथर एल पी ले एक दिन मै झन्डै दुई लाख कपि बिक्री गर्‍यो I उनको जीवनीमा आधारित फिल्म ‘एट मायल’ बन्यो I जुन फिल्म मा एमिनेम स्वयम्ले खेलेका छन् I यस फिल्म को टाइटल गीत ‘लुज योर्स सेल्फले’ ओस्कार अवार्ड पनि प्राप्त गर्‍यो I यति मात्र हैन ‘लुज योर सेल्फ’ ले दुई ग्रयामी अवार्ड पनि हात पार्‍यो I जुन अवार्ड सङ्गीत बिदा कै सबैभन्दा ठुलो अवार्ड हो I आज सम्म कुनै पनि र्याप गीतले अवार्ड प्राप्त गर्न सकेको छैन I एमिनेमको सफलता को पछाडि उनको प्रतिभा र मेहनत नै लुकेको छ I र्याप कै निम्ति उनी दिनमा २० घण्टा सम्म मेहनत गर्छन् I उनको गित  “र्याप गड”मा एक हज्जार पाँच सय साठी शब्द छन् जुन गीत सृप ६ मिनेटको छ I यो अधभुत गीतले “गिनिज बुक अफ वर्ड रेकर्ड” मा नाम समेत लेखाएको छ I यस गीत मा सामान्य तया प्रति सेकेन्ड ४.२८ शब्द बोल्लिएको छ I एमिनेम यही कारणले चमत्कारिक र्यापर साबित बने I उनी एकल कलाकारमा संसार कै सबै भन्दा चर्तित कलाकार हुन् I २१ औ शताब्दी कै सबै भन्दा हिट गीत दिने सङ्गीतकार पनि उनी हुन् I जब उनका पिता ले आफू एमिनेक का पिता भनेर थाह पाए तब उनका उनी सँग भेट्न खोजे तर एमिनेमले भेट्न चाहेनन् I एमिनेम ले आफु संग जस्तो सुकै अन्याए गर्नेलाइ पनि कहिलै बदला को भाव बोकेनन बरु सफलता का निम्ति हर परिस्तितिमा क्रियाशील बनि रहे र अन्त्यमा यस्तो सफलता हासिल गरे जुन सफलता देखेर उनका दुस्मनहरु पनि चकित बने I

प्रस्तुती: ईश्वर लुइँटेल

प्रतिक्रिया

सम्बन्धित

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ भदौ , २०७६ १ मिनेटमा पढिने