प्रगतिको चाहना राख्नेका लागी : जागिर कि प्रोजेक्ट ?

व्यवस्थापन गुरु सेट गडिनको संदेश

काम गरे बापत पैसा आउँछ (जागिरमा अनि प्रोजेक्टमा पनि) I त्यसैले जागिरको शैलीमा काम गर्ने कि प्रोजेक्टको शैलीमा गर्ने भन्ने कुराले महत्त्व राख्छ I

हाम्रो कथा २०७६ जेठ १६ गते १६:३२

जागिर ‘जोब’ को विशेषता के हुन्छ ?

जागिरमा तोकिएको काम तोकिएको समयमा गर्नु पर्छ I त्यसबापत हामीले पैसा कमाउँछौँ I जागिर खाँदा एउटा उद्देश्य हुन्छ I जागिरमा केही जोखिमपूर्वक काम गर्नु पर्‍यो भने, जागिर समस्यामा पर्छ I कुनै कुरामा शङ्का लाग्यो भने, प्रोफेसन्यालिजमको दायराले पछि हट्न पर्छ I काममा जोखिम उठाउनु भनेको प्राय जसो जागिरलाई दाउमा लगाउनु हो I अब जागिर नै नरहे जोखिम कुन काममा उठाउने ! जागिरको चक्रव्यूह यसरी नै चलिरहन्छ I

त्यसो भए, प्रोजेक्टको विशेषता के त ?

प्रोजेक्ट गर्ने हो भने, प्रोजेक्टको कुनै सिमाना हुँदैन I आफ्नो प्रोजेक्टमा के गर्ने, कसरी गर्ने र कहिले गर्ने भन्ने निर्णय प्रोजेक्ट गर्नेको निर्णय हुने आफ्नै हुन्छ I यो प्रोजेक्टको सफलता मेरो जिम्मेवारी हो भनी स्वीकार गरे पछि जोखिम कत्तिको उठाउने पनि आफ्नै हातमा हुने भयो I त्यसैले काम गर्दा प्रोजेक्टलाई अघि बढाउनु धेरै उपयुक्त हुन्छ I पेशागत जिन्दगीमा प्रगतिशील लक्ष्य बोकेका व्यक्तिहरूको लागी प्रोजेक्टलाई अघि बढाउँदा सन्तुष्टि मिल्छ I

काम गरे बापत पैसा आउँछ (जागिरमा अनि प्रोजेक्टमा पनि) I त्यसैले जागिरको शैलीमा काम गर्ने कि प्रोजेक्टको शैलीमा गर्ने भन्ने कुराले महत्त्व राख्छ I

काम गर्न मान्छे  जस्ता मनसायका पनि  हुन्छन् I कसैले जागिर खाएता पनि आफ्नो कामलाई प्रोजेक्ट झैँ अघि बढाएर लक्ष्य प्राप्त गर्दछन् I र, कसैले प्रोजेक्टको जिम्मेवारी लिए पनि त्यसलाई नियमित जागिर ‘ड्युटी’ झैँ अघि बढाउँछन् I तर इच्छा छ भने कुनै पनि कामलाई प्रोजेक्टको शैलीमा अघि बढाउन सकिन्छ I

आशा गरौँ हामी सबैले प्रोजेक्टको संसारमा आफूलाई स्वागत गर्न सकौँ !

तस्वीरमा : Seth Godin

प्रतिक्रिया

सम्बन्धित

नेपाली रंगमंचका सफल नाटक !

१२ भदौ , २०७६ २ मिनेटमा पढिने

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने