उद्यमीका लागी सरकारको सहकारी बजार विकास कार्यक्रम

तत्काल भने ललितपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, मकवानपुर र चितवन जिल्लामा रहनुभएका तपाई किसान दाजूभाई तथा दिदि बहिनी यो सुविधामा जोडिन सक्नुहुनेछ । कार्यक्रम पोखरामा समेत अघि बढिसकेको छ ।

हाम्रो कथा २०७६ जेठ १६ गते १६:०६

कृषि उद्यमीका गुनासोहरु सामान्यतय यस्ता हुन्छन् :-

  • हामीले उत्पादन गरेको बस्तुको मुुल्य पाएनौं ।
  • विचौलियाको विगविगि छ ।
  • उत्पादन गरेका बस्तुले बजार पाएनन् ।

चाडै विग्रने खालका उत्पादनको संरक्षण कसरी गर्ने होला?

अब एउटै अभियानले यी सबै प्रश्नको उत्तर दिने छ । अनी तपाई कृषि उद्यममा रहनुभएकाहरु उत्पादनको मुल्य र बजारका सम्बन्धमा चिन्तै लिनु पर्दैन । केवल तरकारी तथा फलफुल उत्पादन गरे पुग्छ ।

उद्यमलाई प्रवर्द्धन गर्ने र उद्यमशीलता विकास गर्ने सहकारी बजार विकास कार्यक्रमको लक्ष्य हो । प्रारम्भिक चरणमा सुरु गरीएको यो बजार व्यवस्थापनको कार्यक्रम देशैभर अघि बढउने सरकारी तयारी छ ।

तत्काल भने ललितपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, मकवानपुर र चितवन जिल्लामा रहनुभएका तपाई किसान दाजूभाई तथा दिदि बहिनी यो सुविधामा जोडिन सक्नुहुनेछ । कार्यक्रम पोखरामा समेत अघि बढिसकेको छ ।

अब तपाई सोचि रहनुभएको होला यो कार्यक्रममा हामी कसरी सहभागि हुने भनेर हैन ।

यो कार्यक्रमको उद्देश्य कुनै पनि फलफुल तथा तरकारीको पक्कड क्षेत्रमा ठूलो मात्रामा वस्तु उत्पादन गर्ने हो । अनी सहकारी मार्फत तपाईले उत्पादन गरेको बस्तुको बजारीकरण गर्ने  ।

कृषक दाजु भाई तथा दिदि वहिनीहरुलाई यस्ता अवसर लिन कृषि उद्यम सुरु किन नगर्ने ? अनी आफ्नो उत्पादनले मुल्य पाएन भनेर पुर्पुरो पनि समाउने होईन  । यस्ता योजनाबाट अवसर लिने हो । यो अवसर कृषक र कृषि उद्यम गर्न चाहने तपाई हामी सवैका लागि हो ।

 

प्रतिक्रिया

सम्बन्धित