पैसा सुपारीको रुखमा फल्दो रहेछ !

नेपालको रुखमा पैसा फल्छ : टिप्न जान्नु पर्दो रहेछ

छिप्पेको सुपारीको पात खस्छ । धोएर मेसिनमा हालेपछि सामान बन्छ ।

हाम्रो कथा २०७६ जेठ १५ गते १७:५९

यस कथाका पात्र हुन दाङका स्वाभिमान आचार्य, विद्यान पोखरेल र मकवानपुरका कोविद सिंह बानियाँ तथा झापाका हरि दाहाल । दाहाल बाहेक ३ जना पेशाले ईन्जिनियर हुन ।

नेपालमै केहि उद्यम सुरु गरौँ भन्ने सोच पलाउदै गरेका यी युवा एक दिन एउटा म:म:पसलमा खाजा खान पुगे । गोल्डेन गेट कलेज अगाडी एउटा ‘टपरी म:म:’ भन्ने रेस्टुरेन्ट थियो । त्यहाँ म:म: लिदाँ हात पोल्यो । के गर्ने त ? समाजलाई पनि केहि योगदान दिने काम गरौ भन्ने सल्लाह हुदै थियो । यहि सिलसिलामा यहि टपरीलाई कसरी राम्रो क्वालिटिमा कन्भर्ट गर्न सक्छौ भन्नेमा वहस सुरु भयो ।

हात पोलेको बिषय स्वाभिमान आचार्य, विद्यान पोखरेल रकोविद सिंह बानियाँ बिचमा बहस तातियो । बहस टपरीलाई दरिलो बनाउन के गर्न सकिन्छ भन्नेमा केन्द्रित भयो ।

सुरुमा उनीहरु सालको टपरीका समस्या पहिचानमा लागे

१) टपरीमा झोल कुरा राख्दा चुहिने समस्या

२) सिन्का प्रयोग हुने । खाना खादाँ घाटिमा पर्यो, समस्या भयो भने के गर्ने ?

३) माईक्रोवेभ मेसिनमा राखेर तताउन नमिल्ने

४) फ्रिजमा राख्न नमिल्ने

५) खाना राखेर उचाल्न वा यता उता लैजान लुलो हुने कारण पोखिने समस्या बढि हुने

सालको पातको टपरीलाई कसरी दरिलो बनाउन सकिन्छ भन्ने उपाय निस्कीन वाँकि नै थियो । यसको समाधान निस्कन नपाउँदै उनीहरुको नजर पुग्यो सुपारिको पातमा । उनीहरुलाई लाग्यो की यसको पनि टपरी बनाउन सकिन्छ । जुन सालको पात भन्दा दरो हुन्छ ।

यसपछि भने उनीहरुको अध्ययन अनुसन्धानको बाटो फेरीयो ।

लिफ प्लसका संचालक स्वाभिमान आचार्य बताउँछन्, “हामीले टपरी बारे अध्ययन गर्न थाल्यौं I प्रयोगकर्ताले टपरीको के-कस्ता फाईदा छन् भन्ने कुरा बुझौँ I टपरीको प्रयोग गर्दा के-कस्ता बेफाईदा छन् भन्ने बारे पनि प्रयोगकर्ता मार्फत राम्ररी बुझ्यौं I”

सुपारी व्यवसाय झापा, मोरङ र सुनसरीमा छ ।  यि ठाउँमा यसको पात खेर गईरहेको छ भन्ने पहिचान भयो । सुपारीको पतामा उनीहरुले देखेको व्यवसायीक सम्भावना कतिको छ त ? यहि खोजिले उनीहरुलाई झापा सम्म पुर्यायो । झापामा थप एक व्यवसायीक सहयात्री भेटे ति व्यक्ति हुन हरि दाहाल ।

स्थलगत निरिक्षण पछि उनीहरुलाई थाहा भयो की यो पत्ताले रुख मुनी भएको अन्य विरुवालाई नोक्सान पुर्याउने रहेछ । त्यसैले पातलाई डढाईने गरिदो रहेछ ।

खेर गईरहेको पातको सामान उत्पादन गर्ने र व्यवसाय अघि बढाउने हो भने उनीहरुले व्यवसायीक सम्भावनाको तथ्य तथ्याङक यस्तो देखे ।

वार्षिक करिव ३ करोड ८० लाख सुपारीको पात खेर गईरहेको रहेछ । खेर गईरहेको सुपारीको पातवाट ९ करोड टपरी उत्पादन गर्न सकिने रहेछ । खेर गएकै सुपारीको पत्ताबाट बनाएको सामान बाट वार्षिक रुपमा १ अर्ब आर्थिक कारोवार हुने सक्ने सम्भावना देखियो ।

अब सामान कसरी बनाउन कस्तो मेसिन आवश्यक पर्छ ? यसवारे कहि काम भएको छ की छैन ।  सुपारीको पातबाट प्लेट बनाईने केही स्थानमा अध्यनका क्रममा पुगे ।

स्वाभिमान अध्ययन गर्दाको समय सम्झन्छन्, “हामीले धेरै प्रयोग गर्यौं I सल्लाको फाईबरले सामान बलियो बनाउन सकिन्छ कि ! मकै खोस्ता प्रयोग गर्न सकिन्छ कि ! भन्दा भन्दै सुपारीको पातबाट यो काम गर्न सकिन्छ भन्ने थाहा भयो I त्यसपछी सुपारीको व्यवसायिक खेती कहाँ-कहाँ हुन्छ भन्ने बुझ्यौं I अनि हामीले बुझौं कि सुपारीको यस्तो प्रयोग नेपालमा कहिलेसम्म भएको छैन I यसरी हामी बजार र व्यवसायबारे स्पष्ट हुदैं गयौं I”

यस पछि हो लिफ प्लस प्राईभेट लिमिटेड जन्मिएको । १ वटा मेसिन ल्याएर २०७३ माघबाट धमाधम बन्न थाल्यो  सुपारीको पातबाट प्लेट लगाएतका यस्ता विभिन्न ५ थरिका सामान ।

स्वाभिमान आचार्य थप बताउछन्, “आफुले सक्ने रकम उठायौं । मेसिन ल्याउदा पनि सकेको रकम नै आवश्यकता अनुसार अघि बढेको हो ।”

छिप्पेको पात खस्छ । धोएर मेसिनमा हालेपछि सामान बन्छ । सामान उत्पादन भएपछि जब आफ्नो उत्पादन बजार पुग्यो, ग्राहकको प्रतिक्रियाले उनीहरुलाई निकै उत्साहित बनायो । सुरुमा आफुले बनाएको सामान बेचेर पैसा लिएको सम्झदा अहिलेपनि उनीहरु निकै भावुक हुन्छन्  ।

लिफ प्लसका सह-सञ्चालक विधान पोखरेल बताउँछन्, “रेस्टुरेन्टको लागी सुपारीको प्लेट एउटा राम्रो विकल्प हो I नयाँ प्रोडक्ट भएकाले मार्केट पेनीट्रेसन (बजारमा आफ्नो स्थान) बनाउँन सजिलो भयो I सुपारीको पात अहिले प्लाष्टिकको विकल्प पनि बन्यो I”

काठमाण्डौमा ४ वटा मार्टवाट सेल्स भईरहेको छ । रेष्टुरेन्ट, बाहिर निर्यात पनि भएको छ । क्याटरीङमा पनि छ ।

बजारको आकलन गर्दा यसको माग अत्याधिक हुनेमा हामी विश्वस्त छौ । त्यसैले फ्याक्ट्रलाई स्तरउन्नती गरीरहेका छौ । ठूलो मात्रामा उत्पादन गर्नुपर्छ भन्ने कुरामा हामी ढुक्क छौ । अध्ययनकै क्रममा पनि यसको माग छ सामान ल्याउ भन्थ्ये । १३ वटा प्रकारका आईटम बनाईरहेका छन् ।

मासिक २ देखि ३ लाखको सेल्स हुन्छ । १ रुपैयाँ ७५ पैसादेखि १६ रुपैयाँसम्मको हुन्छ ।

यस कथामा हामीले सिक्न सक्ने भनेको व्यवसायिक चुनौतीको पाठ पनि हो I नयाँ आइडियामा काम गर्दा चुनौती धेरै आए I

१) किसानलाई विश्वासमा लिने चुनौती

झापा उनीहरुको लागि नौलो ठाँउ थियो । अध्ययनका क्रममा बाटोमा हिडदा पात खेर गएको देख्थ्ये । त्यतिखेर उनीहरुको सपना त्यसलाई कसरी टपरी बनाउने, प्लाष्टिकको प्रयोग घटाउने भन्नेमा भयो । किसानलाई पात संकलन गर्नुस हामी कन्छिौ भन्दा उनीहरु छक्क परे । ईन्जिनियर हो भन्दा त झनै छक्क परे । ईन्जिनियर किन पात लिन आउछ यसले ठगेको होला भन्थे । विस्तारै विश्वासमा लिए । पात किनेपछि पैसा दिएपछि अच्चम संगै खुशी पनि हुन थाले । फ्याक्ट्रीमा लगेर देखाउदा निकै खुशी हुन थाले ।

२) नीतिगत व्यवस्थाको जानकारी नहुनु

मेसिन ल्यायो भन्सारमै अडकियो । गर्नु पर्छ मात्र भनेर पनि हुदैन रहेछ । सामान मगाई सक्दा पनि भन्सारबाट कसरी सामान ल्याउने भन्ने थाहा उनीहरुलाई थाहा भएन। सबै प्रक्रिया सक्दा पनि केहि दिन अन्योलको संघर्ष भयो I

३) मेसिन सञ्चालनका समस्या

मेसिन मेन्टन गर्दा गर्दै उनीहरुको औला नै काटियो । हरेक दिन चुनौती थियो । यस्तो घटनाले कतिपयलाई पछाडी हडाउछ । कतिलाई अघि बढाउछ ।

४)लगानीको आँकलन नहुनु

मेसिन ल्याउदा पनि तोकेको रकम भन्दा बढी खर्च भयो । पछि फेरी इक्विटी ईन्भेष्टमेन्ट लिए । बैंकबाट ऋण पनि लिए । १० लाखसम्म लगानीमा काम हुन्छ होला भन्ने थियो । तर २५ लाख लाग्यो । बढाएर अहिलेसम्म भने डेड करोड लगानी भईसक्यो ।

५) गुणस्तरीय उत्पादनको जोखिम

सुरुमा राम्रा भन्दा नराम्रा पात धेरै आयो । अब लिन सक्दैनौं भन्यो भने किसान रिसाउने डर थियो । सबै पताको पैसा दिए । सुरुमै नराम्रो भन्न नहुने । तर बजारमा राम्रो पात लागे । क्वालिटिमा विशेष ध्यान दिए ।

लीफ प्लसको भावी योजना र सम्भावना

अबको ५ वर्षमा १० हजार भनदा बढि किसानहरुसँग आवद्ध भएको कम्पनी बनाउने योजना छ । मासिक रुपमा २ लाख पिस उत्पादन क्षमतामा काम हुन सक्छ ।

प्लाष्टिकलाई बन्देज गर्ने भन्ने खालको विषय आईरहेको हुदाँ । प्लाष्टिकलाई बन्देजमा ठुलो जमात सचेत हुदाँ यसको सम्भवना अथाह छ ।

यसको ईकोनोमिक साईज भनेको २ अर्वको हो ।

अझै ५० वटा मेसिन जडान गर्ने भावी योजना छ । कम्पनीमा डेड करोड रकम खर्च भईसक्यो । जेठ देखि पूर्ण रुपमा सामान उत्पादन हुने कम्पनीले जनाएको छ ।

सुपारीको पातलाई मात्र हेर्ने हो भने हामीले प्रत्येक वर्ष ३ करोड ८० लाख सुपारीको पात खेर गईरहेको छ । १० करोड पटरी उत्पादन गर्न सक्छौ । १ अर्बको सामान बन्छ । उनीहरुले निर्यात पनि टार्गेट राम्रै बनाएका छन् I

प्रतिक्रिया

सम्बन्धित