जहाँ जुत्ता लगाउदैनन्, त्यहाँ जुत्ताको बजार कस्तो होला ?

हाम्रो कथा २०७६ जेठ १४ गते १६:५८

तस्वीर : Reuters

एउटा जुत्ता कम्पनीले बजार सर्वेक्षणको लागी दुई जना सेल्समेनलाई एउटा टापुमा पठाए I टापुमा उनीहरूको काम थियो – त्यस टापुमा जुत्ता बिक्री गर्न सक्ने सम्भावना बारे बुझ्ने I

दुवैले आफ्नो काम गरे I त्यस टापुका बासिन्दाहरूलाई राम्ररी निहाले I

पहिलो सेल्सम्यानले काम सकेर कम्पनीलाई रिपोर्ट गरे,

यहाँ त कसैले जुत्ता लगाउँदो रहेनछ I जुत्ता भनेको के हो कसैलाई थाहा नै रहेनछ I यहाँ जुत्ताको मार्केट नै रहेनछ I

दोस्रो सेल्सम्यानले काम सकेर कम्पनीलाई रिपोर्ट गरे,

यहाँ त कसैले जुत्ता लगाउँदो रहेनछ I जुत्ता भनेको के हो कसैलाई थाहा नै रहेनछ I यहाँ जुत्ताको व्यापक बजार छ I

माथिका दुई व्यक्तित्वको बुझाइबाट अर्थ केही हदसम्म स्पष्ट हुन्छ I जिन्दगीको हरेक परिस्थितिमा सबैजनासँग पर्याप्त विकल्प हुन्छन् I सबै परिस्थितिमा आशा र निराशाको झझल्को देखिन्छ I हामीले चुनौती हेर्ने कि अवसर पहिचान गर्ने भन्ने निर्णय हाम्रै हो I

 

प्रतिक्रिया

सम्बन्धित

नेपाली रंगमंचका सफल नाटक !

१२ भदौ , २०७६ २ मिनेटमा पढिने

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने