ध्यानका चमत्कारिक १० फाइदा

जीवनमा लगातारको भाग दौड र अनेक प्रकारका उल्झनले गर्दा हाम्रो मन बिचल्लित भइरहन्छ I यस अवस्थामा ध्यान वरदान स्वरूप रहन्छ I यस्तो अवस्थामा ध्यान गरेर अनियन्त्रित मन तथा आन्तरारिक उथलपुथल लाई धेरै हद सम्म ठिक गर्न सकिन्छ I

हाम्रो कथा २०७६ जेठ १४ गते ११:२०

लगातारको सोच या बिचारले हाम्रो शरीरमा नकारात्मक असर देखाउँछ I जसले हामीलाई नमसिक र शारीरिक दुवै रूपमा कम्जोर बनाउँछ I यसको असर हाम्रो छालामा समेत देख्न सकिन्छ I तपाईँ लाई थाह होला छाला हाम्रो शरीरको सबैभन्दा ठुलो भाग हो I छाला सँग सबै अङ्ग जोड्डीएका हुन्छन् I छालाको चमकले हाम्रो सुन्दरताको पनि निर्धारण गरेको हुन्छ I यदि हाम्रो छाला चम्किलो छ भने हामी सुन्दर पनि हुन्छौ I

ध्यान यस्तो प्राचीन पद्धति हो I जसले तपाईँलाई सधैँ जवान र सुन्दर बनाइ राख्छ I यो यस्तो विद्या हो जसले जीवनलाई रिचार्ज गर्दिन्छ I यसले तन या मन लाई क्रियाशील बनाइदिन्छ I ध्यान एक यस्तो क्रिया हो जसको माध्यम द्वारा आफ्नो जीवनका हरेक समस्या सुल्झाउन सहयोग पुग्छ I मानव शरीरका निम्ति ध्यानका अन्य धेरै फाइदाहरू छन् I

ध्यानको हाम्रो शरीरका निम्ति दश चमात्कारिक फाइदा हरू यस्ता छन् I

१) ध्यानले उमेर लाई रोकी दिन्छ; यसको अर्थ ध्यान गर्ने व्यक्ति उमेर भन्दा जवान देखिन्छन् I ध्यान गर्नाले हाम्रो शरीर यति चुस्त रहन्छ कि; यसले हाम्रो शरीर हमेसा जवान बनाइ राख्न मद्दत गर्छ I

२) ध्यान गर्नाले अधिकांश रोग निवारण हुछ I ध्यानले हाम्रो शरीरलाई (इम्युनी) रोग लड्न सक्ने क्षमतामा वृद्धि गराउँछ र हमेसा शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ I

३) मस्तिष्क लाई मज्बुज  बनाउँछ I नियमित ध्यान गर्नाले मस्तिष्क सम्बन्धी कुनै समस्या आउँदैन I हाम्रो दिमाग लाई ध्यानले बल्लियो बनाउँछ I

४) ध्यानले रिसलाई क्रमिक रूपमा कम गराउँछ I बिहान करिब दश मिनेट ध्यान गर्नाले पुरा दिन सकारात्मक बन्न थाल्छ I यसले दैनिक हुने अनेकौँ काम बिग्रन बाट जोग्गीन्छन I

५) निरन्तर रूपमा लामो समय सम्म ध्यान गर्नाले व्यक्तिमा केही असामान्य क्षमता विकास हुन्छ I जस्तो कि; भविष्यमा घट्न सक्ने घटनाको पूर्व ज्ञान, अन्यको मनको कुरा जान्नु आदि I यस्तो शक्ति किन आउँछ भन्दा; तपाई एकान्तमा ध्यान गर्दा बाहिर का तमाम चिज बाट अलग हुनुहुन्छ र तपाईँमा यस्ता असामान्य शक्ति पैदा हुन थाल्छ जो अन्य व्यक्ति को भन्दा फरक हुन्छ I

६) ध्यानले हाम्रो शरीरका इन्द्रिय तथा कोसीका लाई नियन्त्रण गरेर मांसपेशीलाई आराम दिन्छ I हर्मोनल असंतुलाई लाई नियन्त्रण गरेर हाम्रो शरीरको सन्तुलनलाई मिलाई राख्छ I यसले हाम्रो तन र मन लाई ताजा बनाइ राख्छ I

७) जीवनमा लगातारको भाग दौड र अनेक प्रकारका उल्झनले गर्दा हाम्रो मन बिचल्लित भइरहन्छ I यस अवस्थामा ध्यान वरदान स्वरूप रहन्छ I यस्तो अवस्थामा ध्यान गरेर अनियन्त्रित मन तथा आन्तरारिक उथलपुथल लाई धेरै हद सम्म ठिक गर्न सकिन्छ I

८) ध्यान गर्नाले शारीरिक रुपम मज्बुज हुनुका साथै शारीरिक स्थिरता मा वृद्धि हुन्छ I सँगै रोग सँग लड्ने क्षमता पनि बढ्छ I ध्यान द्वारा शरीरमा नयाँ ऊर्जाको प्रभाव हुन्छ I

९) तनाव बढ्नाले शरीरको रक्त चाप पनि बढ्न थाल्छ जसले गर्दा मुटु सँग सम्बन्धित रोग निम्तिने सम्भावना उच्च रहन्छ I रिदय-घात जस्तो समस्या पनि यही कारणले निम्तिन्छ I यस्ता समस्याका निम्ति ध्यान जस्तो सहज उपचार वा उपाय अन्य केही छैन I

१०) ध्यान गर्नाले हाम्रो शरीरका ग्रन्थिहरू स्थिर रहन्छ I ध्यान द्वारा मनलाई नियन्त्रणमा राख्ने क्षमताको विकास हुन्छ I जसले मानसिक चंचलता तथा अस्थिरतामा नियन्त्रण आउँछ I यसले गर्दा हाम्रो मन निरन्तर तनाव मुक्त रहेर हर समय खुसी रहन्छ I

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ दिन अगाडि १ मिनेटमा पढिने

अफिसियल रुपमा ‘खुशी’ !

३१ साउन , २०७६ ४ मिनेटमा पढिने