काम र कामदारबिच म्याच मेकिङ्ग !

केही समयमा श्रीयोग एप अमेरिकाको टेक्सस र अष्ट्रेलियाको सिड्नीमा पनि सुरु हुँदै छ I विदेशमा पनि नेपाली जमात माझ नै यो सेवा उपभोग गरिनेछ I यदि अमेरिकामा कुनै नेपालीको बच्चा जन्मियो I अब त्यो बच्चाको न्वारन गर्नको लागी नेपाली पुरोहित चाहिन्छ I पुरोहितको काम जानेका नेपाली अमेरिकामा पनि टन्नै हुन्छन् I श्रीयोग एप मार्फत पुरोहितको काम गर्न सक्ने मान्छे सजिलै भेट्न सकिन्छ I

हाम्रो कथा २०७६ जेठ १३ गते १७:४५

भनिन्छ कि पैसाले थुप्रै पिडाहरूको आँसु पुछी दिन्छ I स्वाभिमानले जिन्दगीमा काम गरी खाने इच्छा कसको हुँदैन होला ? सबैजनाको खोजी भनेको अवसर नै रहेछ I त्यस्ता अवसर खोजी गर्ने व्यक्तिलाई काम गर्न र पैसा कमाउने बाटो बनाइदिने मध्यम – श्रीयोग बनेको छ I

श्रीयोगका संस्थापक प्रकाश उप्रेतीलाई गुगल क्रोमको एउटा भनाइले प्रेरित गरेको छ I गुगलले पनि राम्रो सुविधाजनक प्रोडक्ट निर्माणको विषयमा भनेको छ, “हामीले धेरै वटा फिचरहरू अन्य राम्रा श्रोतबाट साभार गरेका छौँ I” श्रीयोगको मान्यता पनि यस्तै छ I श्री योगले नेपालीका लागी बिलकुलै नयाँ सुविधाको व्यवस्था गरिदिएको होइन I विभिन्न स्रोतहरूको मोडेललाई जोडेर नेपाली आवश्यकता अनुरुप प्लेटफर्म हो – श्रीयोग I

श्रीयोगको रोजगारी प्लेटफर्म कसरी चल्छ ?

हामीले आफ्नो फोनमा श्रीयोग एप इन्स्टल गर्ने हो I श्रीयोगमा आफ्नो पेशागत र व्यक्तिगत विवरण आफै भर्ने हो I त्यसपछि  हाम्रो विवरण श्रीयोगमा हाम्रो रेकर्ड कसरी बसेको छ भनेर सुनिश्चित गर्न एक पटक श्रीयोग कल सेन्टरबाट फोन आउँछ I

यति गरे पछि – अब हामी श्रीयोगका सदस्य भयौँ I हाम्रो पेशागत सेवा कसैलाई चाहियो भने अन्य सदस्यहरूले श्रीयोगको विवरण मार्फत हामीलाई सम्पर्क गर्दछन् I हामीलाई चाहिएको सेवा पनि हामीले श्रीयोग मार्फत यसरी नै उपभोग गर्न सक्छौँ I श्रीयोग ओपन सोर्स मोडलमा सञ्चालन हुन्छ I विकिपिडियामा जस्तै श्रीयोगमा पनि डाटा / जानकारी जसले पनि थप्न सक्छ I

यदि साँझको समय तपाईँको घरमा धाराको टुटी भाँचियो भने श्रीयोग मार्फत आफ्नै टोल छिमेकबाट धारा मिलाउन जान्ने छिमेकीबाट काम दिए भई हाल्यो त ! किन रात भर पानी खेर फाल्नु र समस्या बेहोर्नु ?

श्रीयोग मार्फत नेपालीले पेशागत सहायता आदान-प्रदान गर्ने संस्कार बस्दै जाँदा, अन्य देशहरूमा जस्तै नेपालमा पनि कामको सम्मान बढ्नेछ I अनि कामको महत्त्व बुझ्न विदेश गएर नेपाल फर्कने अवधारणा पनि एक स्तर अघि बढ्छ I नेपालीको काम प्रतिको मानसिकता नेपालमै बसी बसी परिवर्तन हुन थाल्छ I

तस्वीरमा : प्रकाश उप्रेती

श्रीयोगमा संग्लाग्नता भने पार्ट टाइम कामका लागी मात्र हुने हो I यदि कुनै महिलाको सानो बच्चा हर्नु पर्ने छ भने यसले फुल टाइम जागिर गर्न भ्याऊ दिनान I उमेर ढल्कँदै जाँदा पार्ट टाइम कामको आवश्यकता पार्न जान्छ I विधार्थीहरुलाई पार्ट टाइम कामले धेरै सहयोग पुर्याउँछ I जागिर भन्दा अतिरिक्त कामको आवश्यकता धेरैलाई हुन्छ I त्यस्तै आवश्यक लाखौँ नेपालीहरूलाई लागी हो – श्रीयोगको सेवा I

श्रीयोग टिमले आइडियामा काम गर्न थालेको ४ वर्ष भयो I रियल टाइममा काम गर्न थालेको भने साढे २ वर्ष बित्यो I अहिले ७८ क्षेत्रमा पेशागत सहायता आदान प्रदान भई रहेको छ I करिब १७ हजार व्यक्ति श्रीयोग प्रयोगकर्ता बनी सके I

कसैले आफ्नो राम्रो मोटरसाइकललाई टुटल वा पठाओ बनाउन सकिन्छ I त्यसबाट थप उपयोगिता दिन सक्छ भने आफ्नो ज्ञान, सीप र आय आर्जनको श्रोत किन नबढाउने ?

यदि स्मार्ट फोन छैन भने मिस कल गरे पुग्ने सिस्टम बनाउँदै छन् I यदि हाम्रो आमा बुबालाई मोबाइल एप चलाउन आउदैन् भने उहाँहरूको सीप र विवरण एपमा राखिदिने जिम्मेवारी उनीहरुको छोराछोरीको हो I

कतिपय मान्छेसँग रोजगारीको विषयमा कुरा गर्दा भन्छन्, “मलाई काम गर्न मन छ I तर मलाई केही काम गर्नै आउँदैन जस्तो लाग्छ I” यस विषयमा प्रकाश आफ्नो बुझाई व्यक्त गर्दछन्, “केही नआउने मान्छेलाई पनि १० वटा काम आउँछ I हामीलाई दैनिक जीवनमा गर्ने कतिपय काम मान्छेले जन्मजात नै सिक्छ I” घरायसी काम, बच्चाको हेरचाह, सामान बोक्ने जस्ता काम कयौँ काम उमेर पुगे पछी मान्छेले आफै गर्न सक्छ I काम गरी खान शैक्षिक योग्यता, सीप, तालिम नै चाहिन्छ भन्ने छैन I

माथि उल्लेख गरे झैँ – नेपालमा ७८ काम गर्न योग्य क्षेत्र छन् भनेर विश्वास गर्न गाह्रो परेको हुन् सक्छ I तर श्रीयोग एपको दोस्रो संस्करण (भर्जन)मा भने १५६ क्षेत्र छन् I  अबको २ महिना भित्रै एपको दोस्रो संस्करण सार्वजनिक गरिँदै छ I श्रीयोग टिमले नेपालका ५० सहरहरूलाई लक्षित गर्दै, अबको २ वर्षमा ५ लाख नेपालीलाई यस एप मार्फत जोड्ने लक्ष्य बोकेको छ I

केही समयमा श्रीयोग एप अमेरिकाको टेक्सस र अष्ट्रेलियाको सिड्नीमा पनि सुरु हुँदै छ I विदेशमा पनि नेपाली जमात माझ नै यो सेवा उपभोग गरिनेछ I यदि अमेरिकामा कुनै नेपालीको बच्चा जन्मियो I अब त्यो बच्चाको न्वारन गर्नको लागी नेपाली पुरोहित चाहिन्छ I पुरोहितको काम जानेका नेपाली अमेरिकामा पनि टन्नै हुन्छन् I श्रीयोग एप मार्फत पुरोहितको काम गर्न सक्ने मान्छे सजिलै भेट्न सकिन्छ I

यस्ता सेवा सर्वसाधारणको हित नै हुने हुँदा पनि हाम्रो समाजमा सुरक्षाको प्रश्न गरिन्छ I श्रीयोग एपमा कामदारको मूल्याङ्कन गर्न सकिन्छ I रेटिंग दिन मिल्छ I यदि कुनै व्यक्तिको कयौँ राम्रा प्रतिक्रिया (रिभ्यु) आए भने त्यो कामदारलाई सबैले रुचाउनु स्वाभाविक हो I यदि कसैको नराम्रा प्रतिक्रिया धेरै आए भने, उसको नराम्रो काम बारे सबैलाई थाहा हुने नै भयो I अन्य पारम्परिक सेवा उपभोग विधि जस्तै नै हो I मान्छे मन परेन, काम मन परेन भने गुनासो गर्ने, कारबाही गर्ने ठाउँ छदैछ I

प्रकाश उप्रेतीको मान्यता छ कि कोही मान्छे दशैँमा रुन नपरोस् I कसैको चेलीबेटीले तिहार मनाउने पैसा भएन भनेर रुनु पर्दैन I पैसा कमाउने बाटो भए आफूले सेलरोटी बेचेर तिहार मनाउने खर्च आफै जुटाउन सकिन्छ I कि कसो ?

यसरी काम र कामदारबिचको खाडल पुरिँदै जाँदा, सबैले गरी खाने अवसर पाउँदा जब श्रीयोगका प्रयोग कर्ताले भन्नेछन्, “श्रीयोगको सदस्य हुन् पाउँदा गर्व महसुस हुन्छ I” तब श्रीयोगको स्थापनाको लक्ष्य पुरा हुनेछ I

प्रतिक्रिया
लोकप्रिय