विज्ञताका ७ सिद्धान्त – ‘लियोनार्डो दा विंची’

'थिङ्क लाइक दा विंची' किताबको सारांश

हाम्रो कथा २०७६ जेठ १२ गते १९:२५

हामी सबैले लियोनार्डो दा विंचीको नाम सुनेका छौँ I तर हामी एसियाली जमातलाई उनको खुबी र त्यसबाट के सिक्न सकिन्छ भनेर थोरै मात्र थाहा छ I

लियोनार्डो दा विंचीलाई युनिभासल जिनियस मानिन्छ I उनी एक आविष्कारक, पेन्टर, वैज्ञानिक, लेखक, इन्जिनियर, गणित्गय थिए I स्कुल कलेजमा पढाई हुने भन्दा धेरै विषयमा उनले विज्ञता प्राप्त गरेका छन् I त्यति बेलाको समय बिना इन्टरनेट उनले यति धेरै विषयमा विज्ञता प्राप्त गरेका हुनाले उनलाई युनिभासल जिनियस भनिन्छ I उनको प्रख्यात पेन्टिङ्ग ‘मोना लिजा’ र ‘लास्ट सप्पर’ बारे भने हामीले सुनेकै छौँ I

दा विंची जस्तै सोचौं (थिङ्क लाइक दा विंची) किताबका लेखकले दुई व्यक्तित्वहरुलाई ‘सुपर हिरो’ मान्थे – सुपर म्यान र लियोनार्डो दा विंची  I जब उनले थाहा पाए कि सुपर म्यान एक काल्पनिक पत्र हुन् र लियोनार्डो दा विंची चाहि वास्तविक व्यक्ति हुन् I उनको लगाव दा विंची प्रति बढ्न थाल्यो I दा विंची बारे थुप्रै अध्ययन गरे I दा विंची बारे दशकौसम्म अध्ययन गरे I दा विंची को स्वभावबारे बुझि उनले ‘जिनियस’ बन्ने ७ मुख्य सिद्धान्त पत्ता लगाए I

१) उत्सुकता

नयाँ कुरा सिक्नका लागी मनमा जिज्ञासा हुनु पर्छ I केहि जानकारी प्राप्त भए त्यसैमा मात्र सिमित रहने होइन, त्यसबारे प्रश्नहरु सोध्नुपर्छ I कुनै पनि कुरालाई राम्ररी बुझ्न त्यसलाई प्रश्न मार्फत खोतल्ने I

आफ्ना जिज्ञासाहरुलाई संकलन गर्न, जिन्दगीका हरेक प्रश्नको उत्तर कसरी बुझिदै गईन्छ भनेर रेकोर्ड गर्न एउटा डायरी बनाउन सकिन्छ I दा विंची  ले यस्तै गर्ने गर्थे I यसले गर्दा उनलाई धेरै फाईदा पुगेको कुरा पनि उनले धेरै श्रोतहरुमा व्यक्त गरेका रहेछन् I

२) आर्ट र साईन्सको सन्तुलन

अहिले धेरै जसो अभिभावकले आफ्ना केटाकेटीहरुले बिज्ञान विषय पढाउन चाहन्छन् I विज्ञान नै सबैकुरा हो जस्तो मान्यता धेरैले बोक्न थालेका छन् I कला, आर्टसको विषयलाई हलुका र सजिलो विषयका रुपमा लिन्छौं I हलुका रुपमा त लिन्छौं तर आफु भित्र कलात्मक क्षमता भने विकास गर्दैनौं I जस्तै कि : प्रविधिक ज्ञान, सत्य र तथ्यका कुरा जति मिले पनि यदि यो लेखलाई रोचक बनाउने प्रस्तुतीले हो I कुनै पनि लक्ष्य पुरा गर्न नेतृत्व कला, अन्तरक्रियात्मक कला अति आवश्यक हुन्छ भन्ने कुरा दा विंची  ले आफ्नो जिन्दगीमा सधैं लागु गरेका थिए I

३) परिक्षण गर्ने

आफ्नुले सुनेको, पढेको कुरा व्यवहारमा उतार्ने I आफै अनुभव गर्ने सहर बोकेका व्यक्ति निकै कम हुन्छन् I जस्तै : माथीको सुझाव अनुरुप आफ्नो डायरी बनाई राख्नु राम्रो हो I यो बानी राम्रो हो भनेर बुझे पनि आज देखी नै डायरी बनाएर लेख्न थाल्ने कमै हुन्छन् I संसारमा ज्ञानको कमी छैनन् I परिक्षण गर्नेहरुको कमी हो I

४) सबै इन्द्रियहरुले अनुभुती गर्ने

खाना खादाँ आमाले भन्नुहुन्छ, “राम्रोसँग चपाएर खा !” सामान्यतय हामी कुनै काम गर्दा केवल एक एउटा अंग राम्रो प्रयोग हुन्छ भन्ने धारणा राख्छौं I तर, खाना मात्र खादा चपाउने (स्वादको इन्द्रिय) मात्र सक्रिय भएर पुग्ने होइन I खाने कुरा कस्तो देखिन्छ ? खानाको बास्ना कस्तो छ ? खाना चपाउनु अघि हातमा खाने कुराले कस्तो स्पर्श दियो ? यी सबै कुराले खाना सँगको हाम्रो अनुभव समस्तमा प्रभाव पार्छ I यसको अर्को उदारहण हुन् सक्छ : अहिलेको बालबालिकामा लोकप्रिय मोन्टेसोरी शिक्षा प्रणाली, जहाँ अक्षर् चिन्दा पनि लेखेर मात्र होइन, हरेक अक्षरलाई छोएर पनि पढाईन्छ I यहि इन्द्रियको अनुभुतीलाई दा विंचीले पनि आफ्नो पढाई, सिकाईमा अपनाएका थिए I

५) सबै पक्षहरु मुल्यांकन गरेर मात्र निर्णय लिने

गुरुले आफ्नो एउटा शिष्यलाई “मान्छे मर्नु हुन्न” भने I अर्को विधार्थीलाई “मान्छे मार्ने भनेको सधैं गलत नहुन सक्छ” भने I दुई भिन्न कुरा सिकाए भनी यी गुरु नराम्रो मान्छे रहेछन भन्नु उचित हुन्छ ?

कतिपय अवस्थामा यी गुरुलाई नराम्रा हुन् भनेर मुल्यांकन गर्न हामी केहि समय नै लिदैनौ I हामीले दुवै पक्षलाई बुझ्ने प्रयास नै नगरी निर्णय लिन्छौ I

तर पछी बुझ्दै जादाँ थाहा हुन्छ कि गुरुको पहिलो शिष्य अपराधी रहेछ I त्यसैले उसलाई “मान्छे मर्नु हुन्न” भन्ने उपदेश दिदैं थिए I अनि उनको दोश्रो विधार्थी सेनामा फौजी थिए I त्यसैले उसलाई “मान्छे मार्ने भनेको सधैं गलत नहुन सक्छ” भन्ने उपदेश सम्झाउदै थिए I

के ती गुरु गलत रहेछन् त ? होइन गलत त हाम्रो मुल्यांकन गर्ने प्रविधि रहेछ भन्ने बुझिन्छ I

६) शारीरीक तन्दुरुस्ती

मस्तिष्क र शरीरको सम्बन्ध गहिरो हुन्छ I जब शरीरमा केहि कमजोरी हुन्छ, मस्तिष्कले राम्रो काम गर्दैन I त्यसैले पनि हामीले आफ्नो शरीरको हेरचाह निरन्तर गरिरहनु पर्छ I आफ्नो मस्तिष्कलाई जति बलियो बनाउनु छ शरीरलाई पनि त्यति नै बलियो बनाउनु पर्छ I दा विंची पनि शारीरीक तन्दुरुस्तीलाई महत्व दिन्थे I उनी शरीरीक रुपमा पनि त्यति नै आकर्षित थिए I उनी यति बलियो थिए फलामका औजारहरु हातैले मोड्न सक्थे I

७) संसारका सबै कुरा एक-आपसमा सम्बन्धित हुन्छ

केहि कुरा पनि व्यर्थ जादैन I केहि कुरा पनि हराएर जादैन I जस्तै :- एक दक्ष पत्रकारले +२ मा साईन्स पढे I त्यस पछी पत्रकारिताको क्षेत्रमा काम गरे I साथीभाईहरुले उसलाई भन्थे। “तैले साईन्स पढेको व्यर्थ भयो I पत्रकारितामा केहि काम लाग्दैन I” तर, त्यसो होइन I +२ मा साईन्स पढेकोले हाम्रो व्यक्तित्वमा प्रभाव पारेकै हुन्छ I हाम्रो सोचाई, बुझाईको शैलीमा प्रभाव परेकै हुन्छ I त्यहि शैलीलाई हामीले पत्रकारितामा पनि झल्काई रहेका हुन्छौं I यदि +२ को त्यो अनुभव नभएको भए, उ अहिले दक्ष पत्रकार नै हुने थिएन भनेर बुझ्न सक्नु पर्छ I

हरेक व्यक्तिको सम्बन्ध समाजसंग हुन्छ र समाजको सम्बन्ध राष्ट्रसँग I राष्ट्रको सम्बन्ध विश्वसंग र विश्वको सम्बन्ध मानव समुदाय र समस्त प्रकृतिसँग I यसले बुझाउंछ कि हाम्रो जिन्दगीले समस्त विश्व समुदायलाई कतै न कतै असर गरेकै हुन्छ I यसलाई थप बुझ्न हामीले ‘बटरफ्लाई इफेक्ट’ प्रक्रियाबारे अध्ययन गरे झन सपष्ट हुन् सकिन्छ I

हाम्रो कथामा ‘बटरफ्लाई इफेक्ट’ बारे कुरा हामी आगामी कुनै लेखमा गर्नेछौं I

 

प्रतिक्रिया

सम्बन्धित

हाम्रा बानीहरू पनि व्यावसायिक हुन्छन् !

२२ घन्टा अगाडि २ मिनेटमा पढिने