उत्साह मिश्रित उर्जा र सफलता

सकारात्मक उर्जाको स्रोत

जबसम्म काम समाप्त हुँदैन तबसम्म त्यो असम्भव लाग्दछ I

हाम्रो कथा २०७६ जेठ १२ गते १८:०२

संसार अवसरको यस्तो उर्वर जमिन हो I जहाँ योग्यताको खेती गर्ने सके सफलता छाया बनेर आफै आउँछ I केवल यो विश्वास मात्र हैन I न कि कसैको मान्यता मात्र हो I विश्व भरि आज जति सफल व्यक्ति छन् यी व्यक्ति बाट शिक्षा लिँदै आफ्नो प्रतिभामा निरन्तर लागि पर्ने हो भने जीवन प्रगतिको दिक्षा तिर केन्द्रित बन्न थाल्छ I यसका निम्ति निरन्तर प्रेरणाको जरुरत भने रहन्छ I जसले हाम्रो ऊर्जामा उत्साह भरोस I यसका निम्ति सफल व्यक्तिहरूका भनाइहरूले पनि हामीलाई सकारात्मक ऊर्जा दिन सक्छन् I त्यस्तै एक महान् राजनीतिज्ञ नेल्सन मण्डेलाका दश प्रेरक भनाइहरूलाई हेरौँ त !

१. मैले यो जाने की साहस भनेको नडराउनु मात्र रहेनछ I साहस त डर माथि विजय पाउनु रहेछ । बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो, जो डरको बाबजुद अघि बढ्दछ ।

२. चाहे त्यो कालो जातीबाट भएको होस् वा गोरो जातीबाट म जातीवाद अत्यन्त घृणा गर्दछु, यो एक बर्बता हो ।

३. एउटा ठुलो पहाड चढेपछी बल्ल थाहा हुन्छ कि; चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी नै छन् ।

४. स्वतन्त्र हुनु मात्र जन्जिरलाई उतार्नु होइन बल्की यस्तो जीवन जिउनु हो जसले अन्यको सम्मान तथा स्वतन्त्रता बढाइदिन्छ ।

५. जबसम्म काम समाप्त हुँदैन तबसम्म त्यो काम असम्भव लाग्दछ ।

६. जब कुनै खुसीयाली मनाइन्छ तब आफू पछि र दोस्रोलाई अघि राख्नु पर्दछ । जब खतराको समय आउँछ तब आफू अघि र अन्यलाई पछि राख्नुपर्दछ । तब मात्र जनताले तपाईँको नेतृत्वको प्रशंसा गर्नेछन् ।

७. शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसले विश्व बदल्न सक्दछ ।

८. अब, सबैका लागि काम , पानी,खाना र नुन होस् ।

९. एउटा राम्रो शिर र एउटा राम्रो हृदयले सधैँ विजयलाई जोडिरहेका हुन्छन् ।

१०. मेरो देशमा मान्छे पहिला जेल जान्छ र त्यसपछि  राष्ट्रपति बन्दछ ।

(निरन्तर यस्ता प्रेरक भनाई पढ़नाले हामी भित्र सकारात्मक उर्जा कमि हुन पाउदैन I जसले गर्दा हाम्रो उत्पादकत्व बढ्नुका साथै काम गर्ने क्षमतामा समेत सकारात्मक असर पर्न जान्छ I)

प्रतिक्रिया

सम्बन्धित

नेपाली रंगमंचका सफल नाटक !

१२ भदौ , २०७६ २ मिनेटमा पढिने

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने