२१ औं सताब्दीको आवश्यकता बुझेको उद्यम – ‘कटन मिल’

स्वच्छ पर्यावरण, स्वदेशी उत्पादन र महिला सशक्तिकरणको मान्यता बोकि ‘कटन मिल’ अघि बढिरहेको छ

कटन मिलले केवल व्यवसाय मात्र सञ्चालन गरेको छैन I यसले त गतिल्लो उदाहरण द्वारा दिगो विकासका लागी व्यवसाय मोडल प्रस्तुत गर्दै छ I

हाम्रो कथा २०७६ जेठ ११ गते १७:५४

यो एक सामाजिक उद्यमको कथा हो I आजको युगमा उद्यम सञ्चालन गर्नका लागी पृथक सन्देश बोकेको व्यवसाय हो ‘कटन मिल’ व्यवसाय गर्नै पर्छ भन्ने सोचका साथ सुरु भएको ‘कटन मिल’ले उद्यमीहरूलाई – आजको समय अनुकूल व्यवसाय गर्ने सन्देश प्रवाह गरेको छ I कटन मिलको औचित्य बुझ्न मुख्य तीन वटा उद्यमका मान्यता बुझ्नु पर्छ I

— उत्पादन गर्ने हो भने फ्याक्ट्री सञ्चालन पर्यावरण मैत्री बनाउनै पर्छ I यही सोचका साथ कटन मिलले फ्याक्ट्रीबाट निस्कने फोहोर व्यवस्थापन आफै गर्छन् I कटन मिलको फ्याक्ट्रीबाट निस्केको फोहोरको बायो ग्यास बन्छ I

फ्याक्ट्री  सञ्चालनको लागी चाहिने ६० प्रतिशत ऊर्जा सोलारबाट उत्पादन हुन्छ  I फ्याक्ट्रीका केही प्रक्रिया सोलारले सम्भव नहुने हुँदा मात्र  जल बिधुतको प्रयोग हुन्छ I

बर्खाको समयमा आकाशको पानी संकलन गरी, पुर्न: प्रयोग गर्न योग्य बनाईन्छ I फ्याक्ट्रीमा चाहिने अधिकांश पानीको आवश्याकता यसरीले पुरा हुन्छ I

— कटन मिलमा स्थानीय महिलाहरू ले  रोजगार पाएका छन् I स्थानीय महिलाहरूले घर नजिक पाएको काम गर्ने प्रेरित हुने नै भए I महिला सशक्तिकरणका लागी कटन मिलको प्रयास प्रशंसा योग्य छ I कुल ३८ जनाले रोजगार पाएका छन् I यस मध्य अधिकांस महिला र ३ मात्र जना पुरुष छन् I बाकीं सबै महिलाहरूले फ्याक्ट्री र स्टोर संचालन गरेका छन् I

— नेपाली उद्यमीले  उत्पादन का निम्ति स्थानीय कच्चा पदार्थ  प्रियोग  हुनु पर्छ भन्ने विश्वासका साथ कटन मिल प्रतिबद्ध छ I

कटन मिलले केवल व्यवसाय मात्र सञ्चालन गरेको छैन I यसले त गतिल्लो उदाहरण द्वारा दिगो विकासका लागी व्यवसायिक मोडल नै प्रस्तुत गर्दै छ I

उद्यमी प्रसन्ना  बस्नेत र प्रियांका  बस्नेतको उद्धमको यो  कथा;

उद्यमीका आ-आफ़्नै  कथा हुन्छन् I यो त्यस्तै उद्यमको फरक कथा हो I यो कथा दिदी-बहिनीको संयुक्त प्रयासबाट जन्मिएको उद्यम हो I दिदी प्रसन्ना र बहिनी प्रियांकामा केही समानता छ I एउटै घरमा हुर्के, एउटै संस्कार पाएँ I तर मानसिक हिसाबमा उनी दुई जनाको व्यक्तित्व  भिन्न छ I प्रसन्ना र प्रियांकाले एउटै संस्कार बोकेकाले सँगै व्यवसाय गर्न सके I एक अर्काको नैतिक मान्यता र चोखो व्यवसायको सिद्धान्त दुबैमा बल्लियो भएकाले व्यवसाय राम्रो चल्यो I व्यवासायिक सम्बन्धमा धोका कहिल्यै कतै बाट भएन I

दुवैको व्यक्तित्व र स्वभाव फरक भएकाले कुनै काम सुरु गर्दा, मिटिंगहरुमा आफ्नो कुरा प्रस्तुत गर्दा दुवैको विचार फरक आउँछ I यसरी आइडियाहरू धेरै सङ्कलन हुन्छन् र कार्यान्वयन राम्रो हुन्छ I एउटाको कमजोरी अर्कोले पूर्ति गरिदिन्छन् I

तस्वीरमा : दायाँ तर्फ प्रियांका र बायाँ तर्फ प्रसन्ना

प्रसन्ना  र प्रियांका  दुवैले आफ्नो उच्च शिक्षा जर्मनीमा आर्जन गरे I पठाई सकेर विदेशमै काम गरौँ भन्ने सोच र संस्कार उनीहरूमा थिएन I परिवारको हुर्काई नै यस्तो थियो, “पढाई सकेपछी नेपाल फर्कनु पर्छ” I अन्य विकल्पको लागी दिमागमा ठाउँ नै थिएन I

नेपाल फर्केपछी प्रसन्नाले करिब ४/५ वर्ष आईएनजीओ मा काम गरिन I जर्मनीबाट धेरै अपेक्षा बोकेर फर्केकी प्रसन्नालाई नेपालमा आफ्नो काम चुनौतीपूर्वक लागेन I प्रियांका  भने बल्ल आफ्नो पहिलो जागिरको सुरुवाती क्रममा थिइन् I दिदीले बहिनालाई सोधिन, “तँ, मसँग बिजनेस गर्छेस् ?” केही सोच बिचार नगरी, केही नबुझी प्रियांकाले हुन्छ भनिन्  I

के बिजनेस गर्ने ? भन्ने कुरा स्पष्ट पनि थिएन I आयात-निर्यातको काम गरौँ भन्ने केहि धमिलो कल्पनाका साथ सुतीको कपडा ‘कटन’ बारे बुझ्न चीन गए I चीन आएको मौकामा कपडा फ्याक्ट्रीहरू पनि घुमौँ न भनेर फ्याक्ट्रीहरू घुमे I कुरा बुझ्न उनलाई उत्पादन प्रक्रिया पनि सहज जस्तो लाग्यो I

नेपाल फर्केर सुती ‘कटन’ का सामान – तन्ना, खोल, तकिया, लेस, टेबल कभर लगायत घरमा प्रयोग हुने कपडा बनाउन थाले I यसरी ‘कटन मिल’ को सुरुवात भयो I उनीहरूले काम सुरु गरे I तर अह: आवश्यकता बिना कुनै कामदार राखेनन् I सम्पूर्ण स्वरूप दिने काम (डिजाइन ), बजार व्यवस्थापन लगायत शारीरिक र मानसिक दुवै किसिमका काम आफै गर्न थाले I सिलाइका निम्ति भने एक कर्मचारी राखे I

पहिलो ब्याच सामान तयार भए पछि नक्सालको ‘इमेगो  डे’ मा प्रदर्शनी गरे I प्रदर्शनीमा पनि सीमित आफन्त र साथीभाइहरूलाई मात्र, फेसबुकमा ईभेन्ट मार्फत बलाए I सुरुवाती प्रतिक्रिया राम्रो पाए I प्रदर्शनी स्टलमा राखेका सबै समान बिक्री भयो I व्यवसायलाई निरन्तरता दिने आत्म-विश्वास यस प्रदर्शनीले अझ बढायो I

प्रसन्ना बताउँछिन, “कम्पनी दर्ता,भ्याट बिल लगायत व्यवसाय बारे उनीहरूलाई केही ज्ञान थिएन I एक पटकमा व्यवसायको एक दिन बिताउने ‘लाभ वान डे एट अ टाइम’ को मान्यता बोकेर काम हुन्थियो I” आफ्नो स्वविवेकले आज जे गर्दा उपयुक्त हुन्छ भन्यो त्यही हिसाबमा काम गर्दै जाँदा आज कटन मिल आफ्नो व्यावसायिक यात्राको ८ औँ वर्षमा छ I दर्जनौँ महिलाहरूले फ्याक्ट्रीमा काम पाएका छन् I कटन मिलको ४ वटा शोरुम – नक्साल, बबरमहल, दरबार मार्ग र सानेपामा स्थापित भई सकेका छन् I

अन्य ठाउँमा विरलै देख्न पाइने नवीन डिजाइनका कपडाहरूको उत्पादन, डिजाईनिङ्ग र फ़िनिसिङ्ग गरी शोरुममा पुर्‍याउनु यी कपडाको मूल्य औसत भन्दा महँगो  पर्न आउँछ I त्यसो गर्दा पनि ग्राहक वर्ग हेर्ने हो भने विदेशी भन्दा नेपाली ग्राहक नै कटन मिलमा धेरै आई पुग्छन् I यसले बताउँछ कि आफ्नो घरमा दैनिक प्रयोग हुने कपडाको गुणस्तर खोज्ने र शुद्ध कटन कपडाको महत्त्व बुझ्ने नेपाली जमातको सङ्ख्या राम्रो रहेछ I गुणस्तरीय कपडामा खर्च गर्ने जमात बढ्दो छ I

व्यवसाय प्रवद्धन  लागी उनीहरूले “कटन मिल”को नाम अघि सारे I ब्राण्डिङ्गमा बिजनेसको नाम सधैँ अघि र दिदी बहिनीको अनुहारलाई अहिले सम्म सधैँ पछाडि रहेर नै ‘कटन मिल’ को नामलाई जनजिब्रोमा स्थापित गराए I

यदि नेपाली युवा वर्गले प्रसन्ना  र प्रियांकाको अनुभव, ज्ञान र सीपबाट प्रत्यक्ष केही सिक्न सक्छन् भने सायद भविष्यका भावी दिनहरूमा कम्पनीको नाम सँगै उनीहरू आफ्नो अनुहार र आवाज अघि सार्ने योजना भएको कुरा उनीहरुले व्यक्त गरे I

सानो लगानीबाट सुरु गरेरिएको उद्यम यति लामो समय सम्म निरन्तर अगाडी बढ्नु आफैमा सकारात्मक विषय हो नै, सँगै सम्पूर्ण नव उदयमान उद्यमीका निम्ति पनि एउटा गतिल्लो उदाहरण बन्ने पक्का पक्की नै छ I

यस कथा मार्फत हामीलाई मनन योग्य सन्देश

व्यवसायलाई पनि जिन्दगी जिउने कला जस्तै बुझेर – व्यवसायमा एउटा काम एक दिनमा गर्ने I भविष्यमा त्यहा पुग्नु पर्छ भनेर कहिल्यै लक्ष्य नतोकी अघि बढ्दा पनि व्यवसायले उकालो लिँदै छ I मेहनत र निरन्तरताको प्रतिमूर्ति बनेको छ I

अहिलेको समय नेतृत्व मार्फत उत्कृष्ट काम हुन् सक्छ, ‘बोस/मालिक’ मार्फत हुदैंन I आफ्ना सहकर्मी मार्फत काम गराउनु छ भने पहिले आफु त्यो काममा पोख्त हुनुपर्छ I समय भ्याएसम्म प्रसन्ना  र प्रियांकाले आफ्ना सहकर्मीहरुलाई फ्याक्ट्रीमा सघाए यसरी उनीहरुको काम राम्रो संग सम्पादन भयो I कम्पनीमा काम गर्ने वातावरण राम्रो बन्छ I

यसरी नै शिक्षित, सक्षम महिलाहरूले आफूले सक्दो प्रयास गरे, उद्यमशीलताको वातावरण कत्तिको फ़स्टाउला ?

उनीहरूको व्यावसायिक यात्राको सूत्र एउटै रहेछ – भविष्य बारे सोच्ने, लगानीबारे यिजना बनाउने भन्दा पनि काम गर्न थाले पछि एक पटकमा एउटा मुद्दाको सामना गर्दै जाँदा निरन्तर व्यवसाय चल्छ I व्यवसाय गर्ने पद्धती समाजको हितमा भए, त्यसको फल समयसँग आफ्नै देखिन्छ I

[यो सकारात्मक कथा निर्माणमा एपिकल वाव पपकोर्नले आर्थिक सहयोग गरेको छ । महिला उद्यमशीलता प्रवर्द्धनका लागी एपिकल वाव पपकोर्नले हाम्रो कथालाई विश्वास गरेको छ । समाजका यस्तै अन्य सकारात्मक कथाहरु निमार्णका लागि एपिकल वाव पपकोर्नले जस्तै तपाई पनि सहयोग गर्न सक्नुहुन्छ । समाजकै सहयोगमा समाजकै सकारात्मक कथा भन्ने हाम्रो प्रयत्न रहनेछ। आउनुहोस् हातेमालो गरौं । ]

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ भदौ , २०७६ १ मिनेटमा पढिने

अफिसियल रुपमा ‘खुशी’ !

३१ साउन , २०७६ ४ मिनेटमा पढिने