डिजिटल युगमा सबै नेपालीलाई ‘डिजिटल ठेगाना’को व्यवस्था !

हामी केहि वर्ष देखी ‘स्मार्ट सिटी’ को कुरा गर्दै आएका छौँ I मेरो विचारमा स्पष्ट ठेगानाबाट नै स्मार्ट सिटिको सुरुवात हुन्छ I सहज ठेगानाको सुबिधाले यस ‘स्मार्ट सिटी’को आवधारणाको जग बसाउन सहयोग गर्दछ I व्यक्तिगत, व्यवसायिक, संस्थागत संचार र संजालमा पनि ठेगाना सर्भिसेसले फाईदाजनक भूमिका निर्वाह गर्छ I

हाम्रो कथा २०७६ जेठ १० गते १५:२८

आज बेलुका तपाईंलाई अनामनगर स्थित तपाईको साथीको अफिसमा पुग्नु छ I यसको अफिस कुनै स्थानीय खाजा घर भएको भवनको माथिल्लो तलमा छ रे ! भवनमा सेतो रंग लागाईएको छ रे ! अनामनगर चोकबाट २ मिनेट गल्लीको बाटो हुदैं आउनु पर्छ रे !

हो, हामीयस्ता दिशा दिएर आफ्ना साथीभाई यसरी नै आफ्नो ठेगानाको विवरण बुझाएर आफ्ना घर अफिसमा भेट्न बोलाउछौं I अनामनगर आई पुगेपछी फेरी साथीको फोन आउँछ I अफिसको गेट नछिरे सम्म धेरै पटक फोन बज्छ I

हाम्रो सहरबजारको सन्दर्भमा ठेगानासँग सम्बन्धित समस्या हामी सबैले भोगेकै छौँ I कतिपय अवस्थामा त आपतकालिन समस्या पनि पर्न सक्छ I मानौं, तपाईं साथीको अफिस जाने बाटोमा एउटा रुख ढल्छ I तपाईंको बाईकको हेडलाईट फुट्छ I तपाईंलाई खुट्टामा सानो चोट लाग्छ I अब तपाईं ठ्याक्क कहाँ फस्नु भएको छ भनेर साथीलाई बुझाउन पनि कतिपय अवस्थामा गार्हो पर्छ I अनलाइन सपिंग मार्फत सामान मगाउँदा पनि डेलिभरीको समय ठेगाना खोज्दै हैरान बेहोर्नु पर्छ I कतिपय आपतकालिन समयमा ठेगाना बुझाउदै समय बित्छ I

ठेगानाको उचित व्यवस्था नहुनु पनि नेपालको सामाजिक र आर्थिक विकासको लागी ठुलो बाधा हो I ठेगाना एप यो आभाव पुर्ने इमान्दार प्रयास हो I

ठेगाना सर्भिसेसको प्रमुख कार्यकारी अधिकृत विशाल के.सी बताउँछन्, “हामी केहि वर्ष देखी ‘स्मार्ट सिटी’ को कुरा गर्दै आएका छौँ I मेरो विचारमा स्पष्ट ठेगानाबाट नै स्मार्ट सिटीको सुरुवात हुन्छ I सहज ठेगानाको सुबिधाले यस ‘स्मार्ट सिटी’को आवधारणाको जग बसाउन सहयोग गर्दछ I व्यक्तिगत, व्यवसायिक, संस्थागत संचार र संजालमा पनि ठेगाना सर्भिसेसले फाईदाजनक भूमिका निर्वाह गर्छ I”

‘ठेगाना’ले हामी सबैलाई डिजिटल ठेगाना उपलब्ध गराउँछ I डिजिटल ठेगाना भनेको हरेकले युनिक “ठेगाना कोड” प्राप्त गर्दछन् I यसैको आधारमा संचालन हुन्छ ठेगाना मोबाईल एप I यस ठेगाना एपको विशेष कुरा के हि भने, यो सेवा इन्टरनेट नभए पनि चल्छ I  ठेगाना एप अफलाइन पनि चलाउन सकिन्छ I

ठेगाना कोडहरुले सबैका निम्ति देश भरी ठेगाना उपलब्ध गराउँछ I यसका आधारमा सबै कोडवालाहरुले डेलिभरी सेवा प्राप्त गर्दछन्, आपतकालिन सेवा प्राप्त गर्दछन्, बैंक खाता ठेगाना दर्ता गर्न सक्दछन्, सवारी साधनको सेवा प्राप्त गर्न सक्दछन् I सबै किसिमका फोन एण्डरोईड र ई-ओयसमा ठेगाना एप डाउनलोड हुने रहेछ I

२०७६ सालको पहिलो दिन सार्वजनिक गरिएको यो एप, अहिले एक महिनाको अवधीमा १००० भन्दा बढि प्रयोगकर्ताले डाउनलोड गरि सके I

ठेगाना एप कसरी बन्यो ?

हामी सबैले नियमित प्रयोग गर्ने गुगल म्यापलाई नेपालको सन्दर्भमा अझ वृस्तित बनाएको छ I हरेक ठेगानालाई अन्य म्याप भन्दा ठुलो र फरारिलो बनाउदा, नेपालका ठेगाना अझ स्पष्ट हुन जान्छ I सबै ठेगाना स्पष्ट भएकाले सबैलाई युनिक कोड प्रदान गर्न सम्भव हुन्छ I ठेगाना कोड यस प्रकार ‘KTM-P82746’ को हुन्छ I यस कोडले सुन्धाराको पोस्ट आफिस संकेत गरे जस्तै तपाई हाम्रो घर-अफिसको ठेगानाको पनि युनिक कोड उपलब्ध गराईन्छ I

प्राकृतिक प्रकोपको समयमा ठेगाना एप मार्फत आफ्नो लोकेसन र असहजताको कुरा आफ्नो घर-परिवार, स्थानीय निकायमा तुरुन्तै पुर्याउन सकिन्छ I

अहिलेको समय वित्तीय संस्थाहरुले हाम्रो जानकारी राख्नको लागी ‘KYC’ भराउने प्रविधिको विकल्प पनि ठेगाना सर्भिस बन्न सक्छ I ‘KYC’ को समस्त आवश्यकता ठेगाना एप मार्फत नै परिपुर्ती हुन सक्छ I

भावी दिनहरुमा ठेगाना मार्फत स्थानीय, प्रादेशिक निकायहरुलाई पनि वृस्तित ठेगानाबारे जानकारी उपलब्ध गराउने क्षमता विकास गर्दै छ I मात्र केहि महिनामा ठेगाना सेवाहरुले तीव्रता लिए पछी, ठेगाना टीम यस कामका लागी पनि तयार हुनेछ।

अहिलेको समयमा बौद्ध वडा ६ को स्थानीय निकायसँग साझेदारी गर्दै ठेगानासँग सम्बन्धित समस्याहरु समाधान गर्न सुरु भई सकेको छ I

यस्तै, ठेगाना सर्भिसेसले प्रदान गरेको डिजिटल ठेगाना कोड संगै ठेगानाको एउटा पोस्टर पनि हरेक डिजिटल ठेगाना कोडहोल्डरलाई प्रदान गर्ने योजना छ I यसरी हामी सबैले डिजिटल ठेगानाका साथ साथै भौतिक ठेगाना पनि अझ स्पष्ट हुन्छ I

डिजिटल ठेगाना मार्फत साथीको अफिससम्म पुग्ने अनि त्यहाँ भएको ठेगाना कोडको पोस्टर मार्फत साथीको अफिस पुग्ने I

जुन दिन नेपालमा अस्पष्ट ठेगानाका कारण बिहोर्नु पर्ने सबै समस्याको अन्त्य हुन्छ, त्यहि समय ‘ठेगाना सर्भिसेस्’ को उद्देश्य पुरा हुन्छ I

प्रतिक्रिया