संघर्षको गोरेटो हुँदै सफलताको राजमार्ग सम्मको यात्रा

रजनीकान्तको जीवन कथा !

रजनीकान्तले आफ्नो सफलता लाई आफू माथि कहिले हाबी हुन् दिएनन् I यही कारण हुन् सक्छ I उनका प्रशंसक उनलाई केवल माया मात्र गर्दैनन् कि; उनको पूजा समेत गर्छन् I

हाम्रो कथा २०७६ जेठ ९ गते १६:४६

भारतीय सिनेमा संस्कार अनुसार कुनै पनि फिल्म रिलिज गर्नु पर्दा मुख्य रूपमा कुनै चाडपर्वलाई केन्द्रमा राख्ने गरिन्छ I सरकार बाट कुनै पनि पर्वमा सार्वजनिक बिदा दिइने हुँदा उक्त समयमा अधिकांश दर्शकलाई फिल्म हल सम्म पुर्‍याउन सकियोस् भन्ने निर्माताको लक्ष्य हुने गर्छ I तर एक भारतीय हस्ती जसको सिनेमा आफैमा पर्व हुने गर्छ I जसको सिनमाले रिलिज हुने कुनै सार्वजनिक बिदा अथवा पर्व कुर्न पर्दैन I जसको सिनेमा रिलिज आफैले सिङ्गो देशमा उत्साह ल्याउँछ र सरकार समेतले मुलुक भर सार्वजनिक बिदाको घोषणा गर्छ I

रजनीकान्त जसलाई भारतीय नागरिकहरूले केवल एक कलाकार र सुपर-स्टार रूपले मात्र हेर्दैनन् I उनलाई भारतीय नागरिकले भगवानको दर्जा प्रदान गरेका छन् I

दक्षिण भारतमा त उनको नाममा केही मन्दिर समेत निर्माण गरिएको छ I जहाँ मानिस उनको पूजा समेत गर्ने गर्छन् I आज सम्म संसार भरि कुनै पनि कलाकारका निम्ति यस किसिमको सम्मान,सद्भाव र माया दिइएको उदाहरण छैन I के उनको यो अनुभूत सफलता के साधारण प्रयास बाट सम्भव भयो होला त ? पक्कै पनि रजनिकंतले यो सफलता सम्म पुग्नलाई अनेकौँ कठिन संगर्षको सहज सामना गरेका छन् I

१२ डिसेम्बर सन् १९५० मा बयाङ्लोर स्थित एक सामान्य मराठी परिवारमा जन्मिएका रजनिकांतलाई बाल्यकालमा उनका अभिभावकले उनको नाम मराठाबिर राजा छत्र पति सिवाजितको नामका आधारमा ‘सिभाजित राव गायक वाड’ राखिदिएका थिए I उनका पिताको नाम ‘रामोजी राव गायक वाड’ जो भारतीय प्रहरीमा कार्यरत थिए I उनकी आमाको नाम जिजाबाई थिए I उनी गृहिणी थिइन I परिवारका चार सन्तान मध्ये रजनीकान्त सबैभन्दा साना हुन् I सन् १९५६ मा उनका पिताको अवकाश पश्चात् उनको सम्पूर्ण परिवार व्यंगलोर जहाँ उनीहरूको आफ्नै घर थियो त्यही गएर बस्न थाले I ६ वर्षको उमेर पश्चात् औपचारिक शिक्षाका निम्ति विद्यालय पुर्‍याइएका रजनी अध्यनमा अब्बल त थिए नै त्यसका साथै अतिरिक्त खेलकुद पनि निकै खेल्थे I उनी परिवारमा मराठी भाषा बोल्ने भएका कारण उनको मराठी निकै राम्रो थियो I यसका साथै व्यंलोरको स्थानीय भाषा कन्नड पनि सिके I उनी करिब नौ वर्षको हुँदा उनकी आमाको मृत्यु भयो I त्यसपछि उनलाई परिवारबाट पढाइ का निम्ति रामकृष्ण आश्रम द्रारा सञ्चालित आश्रममा पाठाईयो I जहाँ बात राज्निकांत लाई पढाइ सँगै भारतीय संस्कृति र वेद को समेत ज्ञान भयो I त्यही रहँदा उनले विभिन्न नाटकमा पनि सहभागी हुन थाले I एक पल्ट उनले महाभारत नाटकमा एकलब्यको साथीको भूमिका गरेका थिए I उनको यस अभिनयलाई मानिसले खुब मन पराए I साथै त्यस नाटक हेर्न प्रसिद्ध भारतीय कवि डी.आर. वान्द्रे पनि उपस्थित थिए I तब उनले रजनीकान्त लाई भेटेर उनको अभिनयको खुब तारिफ गरे I जसले गर्दा उनमा अभिनयन प्रति रुचि झनै बढेर गयो I

अगाडीको शिक्षाका निम्ति उनलाई आचार्य पब्लिक पाठशालामा पुर्‍याइयो I यस पश्चात् उनी निरन्तर रूपमा विभिन्न नाटकहरूमा सहभागी भई नरहे I जसले गर्दा उनको लगाव रङ्गमञ्च तिर झनै बढी रह्यो Iअब; यही क्षेत्रमा लाग्ने सोच बनाउन थाले I तर उनको स्कुले समय सँगै उनको परिवारको आर्थिक अवस्था निकै खस्किँदै गयो I परिवारको आर्थिक सायता का निम्ति उनले स्थानीय स्तरका कार्पेन्टर, कुल्ली लगायत यस्तै सामान्य प्रकारका धेरै कामहरू गर्न थाले I यस सँगै उनले बस कन्डक्टरको काम हात पारे र उक्त काम गर्न थाले I यस पछि केही रूपमा भए पनि उनको परिवारको आर्थिक अवस्था सुध्रियो I यस समय सम्म उनले रङ्गमञ्च लाई त छोडी सकेका थिए I यद्यपि बसमा टिकेट काट्ने समय विभिन्न अभिनयका साथ मानिस लाई टिकेट काट्ने गर्थे I कन्डक्टरको रूपमा उनी काम त गर्दथीए तर उनको कलाकारिता प्रतिको चाह भने दिन प्रति दिन बढि रहेको थियो I यही क्रममा एक अखबारमा मद्रासी फिल्म इन्स्टिच्युटको विज्ञापन देखे I जुन इन्स्टिच्युटले फिल्म कोर्सहरू गराउने गर्दथियो I अनि उनी त्यस इन्स्टिच्युटमा भर्ना भए र घर पुगे तर आर्थिक रूपमा कम्जोर बन्दै गरेको परिवारले यही कारणले गर्दा साथ दिएन I

उनी सँगै काम गर्ने एक साथीले उनको फिल्मी भूत/चाहलाई देखेका थिए I र तिनै साथीले उलाई मद्रास फिल्म इन्स्टिच्युटमा भर्ना गर्न सहयोग गरे I अब उनले कन्डक्टरको काम पनि त्यागे I केवल अभिनय मै केन्द्रित हुन् थाले I पैसाका निम्ति उनी विभिन्न स्थानमा पुगेर अभिनयको काम गर्न थाले इच्छा I

एक पल्ट उनको नाटक इन्स्टिच्युटमा नाम कमाएका निर्देशक बालाचन्द्रले रजनिकांतको अभिनय देखे I ती निर्देशक राजनीकान्तको अभिनयमा यति प्रभावित बने कि; त्यही समय रजनीकान्त लाई उनको एक तमिल फिल्मका निम्ति साइन गराए I साथै उनलाई तमिल भाषा सिक्न सुझाव समेत दिए I बलाचंद्रको सुझाव अनुरूप उनले तमिल भाषा पनि सिके I

सन् १९७५ मा बलाचंद्र द्वारा निर्मित तमिल फिल्म ‘ फिल्म बाट रजनिकांतले आफ्नो फिल्मी जीवन सुरु गरे I जुन फिल्ममा उनले एक खलनायक (भुलेन) को भूमिका निभाएका थिए I त्यसो त उनको भूमिका उक्त फिल्ममा खासै त केही थिएन I तर यहीँ सिनेमाबाट मानिसले उनको अभिनालयलाई चिन्न थाले I उनले आफ्नो अभिनयको क्षमताका कारण त्यसै वर्ष अर्को सिनेमा मा अवसर प्राप्त गरे I उक्त फिल्म थियो ‘कथा सङ्गम’ र यस पछि आफ्नो जीवनमा यति गतिका साथ सफलताको राजमार्ग तिर हुइकिए कि; आफ्नो अगाडीको जीवनलाई कहिले फर्केर हेर्नु परेन I

आफ्नो अभिनयका कारण छोटो समय मै उनी तमिल सिनेमाका सुपर स्टार बने I ‘लता लङे चाली’ सँग भयो I जो आफ्नो कलेजको म्यागेजिनका निम्ति रजनिकांतको अन्तर्वार्ता लिन उनी समक्ष आएकी थिइन् I यही क्रममा रजनीकान्त लाई उनी सँग प्रेम भयो I २६ फेब्रेवारी सन् १९८१ मा तिरुपति, आन्द्रा प्रदेशमा यी दुई बिच बिभाह सम्पन्न भयो I यी दुई बिच दुई सन्तान (छोरी) समेत भए I ठुली छोरी एशोर्या रजनीकान्त र कान्छी छोरी स्वोंदर्या रजनीकान्त थिए I यी मध्य एशोर्या ले नाम चलेका कलाकार धनुष सँग विवाह गरिन I कान्छी छोरी सौन्दर्य हाल तमिल फिल्ममा निर्देशक र निर्माताका रूपमा काम गर्छिन् I तमिल फिल्मका सुपर स्टार बने पश्चात् रजनीकान्तले बलिउड तिर पनि कदम बढाए I आफ्नो पहिलो बलिउड फिल्म अमीताब बच्चन सँग गरे I जुन फिल्मको नाम ‘आन्ध्र कानुन’ थियो I यस पश्चात् उनले बलिउड फिल्ममा पनि धेरै काम गरे I

रजनीकान्तको सबैभन्दा महान् काम आज उनी यति महान् सुपर स्टार भएर पनि माटो सँग जोड्दिएका छन् I उनी वास्तविक जीवनमा यति साधारण रूपले रहन्छन् कि; भारतीको राष्ट्रिय पोसाक धोती र कुर्तामा बाहेक अन्य पोसाकमा देखिदैनन I एक साधारण व्यक्ति कै जीवन बाचेका छ I कोही उनीसङ सहयोग माग्न पुग्छ भने उसलाई कहिले खाली हात पाठाउदैनन I रजनेकान्तले आफ्नो सफलतालाई आफू माथि कहिले हाबी हुन् दिएनन् I यही कारण हुन् सक्छ I उनका प्रशंसक उनलाई केवल माया मात्र गर्दैनन् कि; उनको पूजा समेत गर्छन् I

प्रस्तुती : ईश्वर लुईंटेल

 

प्रतिक्रिया

सम्बन्धित

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ भदौ , २०७६ १ मिनेटमा पढिने