युवाहरुमा पढ्ने संस्कार विकास गर्दै : ‘बन्डल बुक्स नेपाल’

पुस्तक सँग सरोकार राख्ने सबैका निम्ति यो कथा !

विशेष गरी कक्षा ९, १० तथा +२ सम्मका विद्यार्थी अन्य उमेर समूह भन्दा बढी रूपमा पुस्तक खरिद गरेर पढ्ने गरेको तथ्य “बन्डल बुक्स नेपाल” को रहेको छ I विशेष गरी पुरुषहरू व्यवसाय, नेतृत्व सँग सम्बन्धित पुस्तक र महिलामा काल्पनिक रचना, कविता पढ्नेको सङ्ख्या उच्च रहेको छ I पछिल्लो समय इन्टरनेटको माध्यमको इ-बुक भने महिलाले नै धेरै पढ्ने गरेको पाइएको छ I साथै अनलाइन पुस्तक खरिद गर्नेमा पनि पुरुष भन्दा महिला नै अगाडि छन् I “बन्डल बुक्स नेपाल” का अडियन्स पनि ६७% भन्दा बढी महिला नै रहेका छन् I उनीहरूको अध्ययनलाई आधार मान्दा विवाहित उमेर समूहमा पढ्ने बानी निक्कै कम रहेको तथ्य पाईएको छ I

हाम्रो कथा २०७६ जेठ ८ गते १७:०५

तपाईं किताब कत्तिको पढ्नु हुन्छ ? यदि तपाईं पुस्तक सँग रमाउनुहुन्छ भने यो कथा तपाईं कै लागी हो I पुस्तक सँग सरोकार राख्ने सबैका निम्ति यो कथा !

तस्वीरमा : दायाँ तर्फ अनमोल पौडेल र बायाँ तर्फ अनिल भट्टराई

सन् २०१७ देखी अनलाइन माध्यम द्वारा बजारमा सहज उपलब्ध नहुने पुस्तक या भनौँ विश्व प्रसिद्ध लेखकका कृतिहरू नेपाली पाठकको पहुँचमा सहज माध्यम बाट पुर्‍याउने अभियान ‘बन्डल बुक्स नेपाल’ले गरी रहेको छ I

अनिल भट्टराई पुस्तक प्रेमी युवा, उनमा उमेर सँगै पुस्तक सँगको लगाव पनि बढ्दै गयो I कहिले कहीँ त पढ्न मन लागेको पुस्तक किन्न उनी सँग पैसै नहुने I यस्तो बेला सार्वजनिक पुस्तकालयमा छिरेर पुस्तक खोज्थे I तर आफूले खोजेको किताब त्यहाँ कहाँ हुने र ?

कुनै एउटा पुस्तक छानेर हेर्थे विषय बस्तु चित्त बुझे पढ्थे I नभए अर्को किताब छान्न थाल्थे I यसरी नै पुस्तक सँगको लगाव उनमा दिन प्रति दिन बढ्दै गयो I यो गति सँगै उनमा यो क्षेत्र सँगको लगाव पनि बढ्दै गयो I नेपालमा नेपाली पाठकले खोजेका अन्तर्राष्ट्रिय स्तरका पुस्तक सहज पाउन मुस्किल अवस्थालाई सम्बोधन गर्ने सोच र आँट अनिलमा विकास भयो I

सुरुवाती दिनमा सोझै बजारमा हात हाल्नु भन्दा पनि बजार र पाठकको मनोभाव बुझ्न सामाजिक सञ्जाल र अनलाइन माध्यमबाट पाठकले खोजेको पुस्तकको माग गरे I यो एउटा बजार र पाठकको रुचिको अध्यन समेत थियो I सोचेको भन्दा धेरै माग आयो I उक्त मागलाई सम्बोधन गर्न अनिल आफै भारत गएर माग बमोजिमका पुस्तक लिएर आए I त्यसरी चाहे अनुरूप पुस्तक ल्याउन भने सहज थिएन I उनले त्यसरी २/३ वटा भन्दा बढी सङ्ख्यामा पुस्तक ल्याउन सम्भव थिएन I तर यो चरणबाट उनले बुझे कि नेपाली समाजमा पनि पढ्ने व्यक्तिको समूह निकै राम्रो रहेछ I सँगै अर्को चुनौती उनमा लगानीका निम्ति पैसा पनि थिएन I विभिन्न वितरक सँगको समन्वय बाट पुस्तकहरू लिएर सामाजिक सञ्जालको माध्यमबाट बिक्री गर्न थाले I यसरी काम गर्ने क्रममा स्वस्थ समस्याका कारण भारत गई रहनु पर्ने अवस्था आयो I सँगै उक्त कामलाई समेत निरन्तरता दिन सकेनन् I

परिवारले पनि “यसरी दौडिने काम नगर !” भन्न थाल्यो I अब; उनी आफै पनि यसरी काम गर्न सकिएला र ? भन्ने द्यद सोचमा पुगे I यही मनोभावमा रोम्मल्ली रहेको अवस्थामा अनिलको बाहिर रहेको मिल्ने साथी अनमोल नेपाल फर्के I अनिल र अन्मोलले यहि काममा सहकार्यमा  सल्लाह गरे I कुरा मिल्यो I पूर्ण अनिलले अगाडी बढाउन् नसकेको कामले अब भने गति नै लिन थाल्यो I पाठक सँगको सम्बन्ध विस्तार  मजबुत बन्दै गयो I अब; अनिल र अनमोल यस्तो अवस्थामा पुगे उनीहरूले हैन पाठक हरूले उनीहरूलाई खोज्न थाले I पाठकको माग बमोजिम पुस्तक उपलब्ध गराउन पो मुस्किल पर्न थाल्यो I एकै पटकमा पाँचौँ वा दशौँ हज्जारको पुस्तक खरिद गर्ने पाठक समेत बन्न थाले I उनीहरुलाई पाठकको माग पूर्ति गर्न समेत मुस्किल हुन् थाल्यो I चाहे अनुरूप का पुस्तक भारत पुगेर ल्याउन पनि सोचे जस्तो सहज रहेनछ भन्ने बुझे I पुस्तक वितरणमा पनि वितरक हरूको एकाधिकार (सिन्डिकेट ) व्याप्त रूपमा रहेको पाए I जसको मारमा उनीहरु पनि परे I आफ्नू क्षमता भन्दा निकै ठुलो तागतको चलखेल त्यहाँ हुदोरहेछ भन्ने कुरा समेत महसुस गरे I

नेपालमा किताब पढ्ने संस्कार कस्तो छ त ?  पाठकहरुले कस्तो पुस्तक रुचाउदा रहेछन् ?
अनिल भट्टराई र अनमोल पौडेलको करिब दुई वर्षे अनुभवको बुझाई – नेपाली पठन संस्कार निकै राम्रो रहेको छ I विशेष गरी कक्षा ९, १० तथा +२ समूहका विद्यार्थी अन्य उमेर समूह भन्दा बढी रूपमा पुस्तक खरिद गरेर पढ्ने गरेको तथ्य “बन्डल बुक्स नेपाल” को रहेको छ I

पछिल्लो समय त इ-किताब पढ्ने नेपाली सङ्ख्या पनि निकै राम्रो रहेको उनीहरूको बुझाई रहेको छ I विशेष गरी पुरुषहरू व्यवसाय, नेतृत्व सँग सम्बन्धित पुस्तक र महिलामा काल्पनिक रचना, कविता पढ्नेको सङ्ख्या उच्च रहेको छ I पछिल्लो समय इन्टरनेटको माध्यमको इ-बुक भने महिलाले नै धेरै पढ्ने गरेको पाइएको छ I साथै अनलाइन पुस्तक खरिद गर्नेमा पनि पुरुष भन्दा महिला नै अगाडि छन् I “बन्डल बुक्स नेपाल” का अडियन्स पनि ६७% भन्दा बढी महिला नै रहेका छन् I अफिसहरूबाट केही सङ्ख्यामा पुस्तकहरू माग हुने गरेको “बन्डल बुक्स नेपाल” को भनाइ रहेको छ I उनीहरूको अध्ययनलाई आधार मान्दा विवाहित उमेर समूहमा पढ्ने बानी निक्कै कम रहेको तथ्य पाइएको छ I

“बन्डल बुक्स नेपाल” हाल अनलाइनलाई मुख्य प्लेटफर्म बनाएर काम गरिरहेको छ I भविष्यमा भने पुस्तकालय नै स्थापना गर्ने सोच यसका सञ्चालक अनिल र अनमोलको रहेको छ I भनिन्छ; कुनै किसिमको सफलताका निम्ति हरेक दिन केही न केही नयाँ कुरा सिक्नु आवश्यक छ I त्यसैले हरेक जसो सफल व्यक्तिमा दैनिक जसो केही समय भए पनि पढ्ने संस्कार विकास भएको हुन्छ I यही मान्यतालाई स्विकार्दै पढ्न चाहनेहरूको लागि एउटा राम्रो पढ्ने वातावरण सृजना गर्ने तथा नेपालीमा पढ्ने संस्कारलाई समेत सुधार गर्ने “बन्डल बुक्स नेपाल” को लक्ष्य रहेको छ I यही आशाका साथ “बन्डल बुक्स नेपाल” सबै सँग हातेमालो गर्दै क्रियाशील छ I

प्रस्तुती : ईश्वर लुईटेल

प्रतिक्रिया

सम्बन्धित