उद्यमीले कागजको ठेली बोकेर कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य !

नेपालमा उद्योग संञ्चालन गर्न चाहने उद्यमीले आवश्यक प्रकृया पुर्याउन कागजको ठेली बोकेर करिव ३ दर्जन निकाय धाउनुपर्ने अवस्थाको एकलविन्दु सेवा केन्द्रले अन्त्य गर्ने छ । यस सेवा केन्द्रमा तत्कालका लागि उद्योग दर्ता, वातावरण, विदेशी विनियम सहजीकरण, भिसा सहजीकरण,पूर्वाधार, जग्गा प्रशासन, भन्सार तथा राजश्व र प्रशासन तथा कानून गरी ८ वटा एकाई रहने छन् ।

हाम्रो कथा २०७६ जेठ ६ गते १६:३४

नेपालमा उद्योग संञ्चालन गर्न चाहने उद्यमीले आवश्यक प्रकृया पुर्याउन कागजको ठेली बोकेर करिव ३ दर्जन निकाय धाउनुपर्ने अवस्थाको एकलविन्दु सेवा केन्द्रले अन्त्य गर्ने छ । लगानीका सम्बन्धन लिन विभिन्न निकाय धाउनुपर्ने वाध्यता हटेको छ ।

एकलविन्दु सेवा केन्द्र बारे बुझौं !

एकलविन्दु सेवा केन्द्र सञ्चलनमा आए संगै उद्योग तथा लगानीसंग सम्बन्धित सबै काम एकै ठाउँबाट सेवाग्राहीले प्राप्त गर्ने भएका हुन । लगानीलाई प्रवद्र्धन तथा कानूनी प्रकृया सहजीकरणका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उद्योग विभागमा यस्तो सेवा केन्द्र स्थापना भएको हो ।

यस सेवा केन्द्रमा तत्कालका लागि उद्योग दर्ता, वातावरण, विदेशी विनियम सहजीकरण, भिसा सहजीकरण,पूर्वाधार, जग्गा प्रशासन, भन्सार तथा राजश्व र प्रशासन तथा कानून गरी ८ वटा एकाई रहने छन् ।

यदि कुनै प्रक्रिया, कागजात मन्त्री, सचिव कि त मन्त्री परिषदलाई नै पेश गर्नु पर्ने भए पनि कार्यालयका प्रतिनिधिहरुले नै मन्त्री, सचिवसँग सम्पर्क गरी सरकारी प्रक्रिया सहजीकरण गरि दिने छन् भन्ने जानकारी उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहले दिएका छन् I

उद्योग दर्ता अथवा लगानीका लागि सम्वन्धित रहेका १४ वटा निकायहरुको एकल विन्दु सेवा केन्द्रमा प्रतिनिधित्व रहनेछ । आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा जेठ १ गतेदेखि एकलविन्दु सेवा संञ्चालन गर्ने उल्लेख भएबमोजिम केन्द्रले आजदेखि काम सुरु गरेको हो । नेपालको औद्योगिक अभियानलाई गतिशिल बनाउने लक्ष्य सहित झण्डै ३ दशक अघिदेखि नै यस्तो सेवा केन्द्रको अवधारणा ल्याईए पनि यसले मूर्त रुप भने बल्ल पाएको हो ।

महानिर्देशक विनोद प्रकाश सिंहको मान्यता छ कि यस कार्यक्रमलाई प्रतिबद्ध रुपमा अघि लैजादा लगानीकर्ता र उद्यमीहरुलाई मात्र होइन समस्त राष्ट्रलाई नै फाईदा हुने हो I देशमा सहज प्रक्रियाले उद्योग संचालन हुँदा, उद्यमहरुको वृद्धि हुदाँ – देशको बिकास हुने हो I

 

 

प्रतिक्रिया