रिसलाई नियन्त्रण र सदुपयोग गरौँ !

अरू बाट जस्तो सम्बन्ध या व्यवहार चाहन्छौ, आफूले पनि उसलाई ठिक त्यही अनुरूप व्यवहार गर्न सिकौँ I

हाम्रो कथा २०७६ जेठ ५ गते १६:५८

हजारौँ वर्ष अघि होस या आज हामी सबैमा एउटा समस्या छ I त्यो हो रिस ! रिस भावना व्यक्त गर्ने एक उपाय हो I जुन हरेक प्राणीको जन्मसिद्ध हतियार हो I जीवनमा यसको समय शापेक्षित प्रयोग गर्ने सके हाम्रो ठुलो हतियार हो I तर आज हामीले आफ्नै हतियार आफै विरुद्ध प्रहार गर्दै छौँ I जसले आज हाम्रा निम्ति यसका फाइदा भन्दा बेफाइदा नै धेरै छन् I हामीले प्रत्येक दिन, प्रत्येक क्षण तथा जीवनका अनेक खण्डमा रिसका कारण अनेकौँ उपलब्धिहरू गुमाउन पुग्छौ I के आफै लाई घात गर्ने यस प्रकारको रिस मानव सभ्यताका निम्ति सही छ ?

तर वास्तवमा हामी जीवनमा केही उपलब्धि गर्न चाहन्छौ भने रिस लाई नियन्त्रण गर्नु अत्यावश्यक छ I यद्यपी; रिसले तपाईँलाई नियन्त्रण गर्न नपाओस् I यसका लागि सबैभन्दा पहिला हामीले रिसलाई बुझ्नु आवश्यक छ I

रिस हामी भित्र रहने चिज हो I जस जाग्नका निम्ति बाहना मात्र आवश्यक र यसको जिम्मेवार पनि हामी स्वयम् नै हौ I हामीले आफ्नो विवेकलाई कसरी प्रयोग गर्छौ I हाम्रा भावनाहरू त्यसकै आधारमा आफ्नो काम गर्ने हुन् I यसमा बाहिरी कुनै व्यक्ति जिम्मेवार हुन् सक्दैन I कतिपय अवस्थामा रिसालु व्यक्ति मनको स्वच्छ त हुन्छ तर उसको रिस जहाँ भावना व्यक्त भई रहेको हुन्छ I यसमा नियन्त्रण हुन् सक्दैन I कसैले उसको बारेमा मिठो/राम्रो कुरा गरिदियो उ खुसीले गद-गद बन्छ र कसैले उसको बारेमा केही नराम्रो भनिदियो रिसले उ मुर्मुरिन्छ I

यसको मनोविज्ञानलाई एउटा कथाका माध्यमले बुझौँ I एक धनाढ्य व्यक्ति थियो I उसको सम्पन्न परिवार थियो I परिवारमा श्रीमती, भाइ र काम घरको काम गर्ने व्यक्ति समेत राखेको थियो I परिवारमा केही कमी थिएन I त्यो व्यक्ति कहिले खुसी रहँदैन थियो I परिवार प्रति असन्तुष्ट रहेकै कारण परिवार का सदस्य सँग निकै कम बोल्ने गर्दियो I यही समस्याको हल खोज्न एक दिन निकै नाम चलेको ज्योतिषको मा पुग्यो I ज्योतिष को अगाडी बसेर आफ्नो समस्या सुनाउन थाल्यो I गुरु सबै कुरा ले पूर्ण भए पनि म परिवारमा कहिले खुसी हुन सकिन I मेरी श्रीमती यति अल्छी छे कि; बाहिर बाट थाकेर घर पुग्दा मेरो लागि कहिले एक ग्लास पनि समेत कहिले सोददीन I मेरा नोक्करहरु सबै काम चोर छन् I मेरो भाइ पनि मलाई मान्दैनन् / मलाई बुझ्दैन I आफ्नो खुसी हिँड्छ I आफूलाई मन लागेको कुरा मात्र गर्छ I यसको हाल के होला ? मलाई किन परिवारले बुझ्न नसकेको ? ज्योतिषीले त्यो व्यक्तिको चिना हेरेर भन्यो; यसको केही उपाय छैन I उक्त व्यक्तिले निकै कर गर्न थाल्यो I केही त होला नि ! कृपया मलाइ यो समस्याबाट बाहिर निस्कने उपाय बताईदिनुहोस I निराश मुद्रामा ज्योतिषले भन्यो ‘तपाईँको यस दुन्यामा जीवित रहने समय केवल दश दिन छ I मृत्यु त अन्तिम सत्य हो I हरेक व्यक्ति जन्मे पछि उसको मृत्यु पनि निश्चित नै हुन्छ I अब आफ्नो बचेको समय लाई कसरी सदुपयोग गर्नु हुन्छ त्यो तपाइको कुरा हो I’

ज्योतिषको कुरा सुनिसके पछि त्यो व्यक्ति केही नबोली चुप चाप घर तिर लाग्यो I

नवौँ दिनका दिन पूर्ण उक्त व्यक्ति ज्योतिष कहाँ पुगेर भन्छ I अस्ति त हतारमा हजुरलाई दक्षिणा पनि दिन भुलेछु I आज मेरो जिवानको अन्तिम दिन I हजुरलाई त्यही दक्षिणा दिन आएको I व्यक्तिको कुरा सुनिसके पश्चात् ज्योतिषले भन्छ ‘अहिले तपाइको परिवारमा कस्तो सम्बन्ध छ ?

उक्त व्यक्तिले भन्छ अहिले त सबै राम्रो छ I फेरी ज्योतिषले सोध्छ I श्रीमतीले कत्तिको ख्याल राख्छिन् ? भाइ ले माया गर्छ कि गर्दैन ? व्यक्तिले भन्छ ‘अहिले त सबै ठिक छ I श्रीमती ले मेरो निक्कै ख्याल राख्छिन् I भई ले पनि मेरो कुरा सुन्छ I तर मेरो दिन त अहि सक्यो I मेरै कारणले गर्दा परिवारमा दुख छाइरहेको रहेछ I म आफैले बुझ्न नसकेको रहेछ I तब; ज्योतिषले भन्छ ‘ त्यसो भए अहिले त सबै कुरा मिल्यो नि ? मलाई केही थाह तपाईँ को मृत्यु कहिले हुन्छ ? अनि मसँग अरू केही उपाय पनि थिएन I

यो कथाको मनोविज्ञान लाई बुझ्न सक्नु भने हामी आफ्नै कारणले दुखी रहने गर्छौ I अब; यसको विकल्प के त ?
यी बुदाहरु लाई बुझ्ने प्रयास गरौँ I

१) अरू बाट जस्तो सम्बन्ध या व्यवहार चाहन्छौ, आफूले पनि उसलाई ठिक त्यही अनुरूप व्यवहार गर्न सिकौँ I

२) कुनै काम गर्दै अपेक्षा राख्ने बानी त्यागौँ I अपेक्षाले संगर्ष जन्माउँछ यदि अपेक्षा पुरा भएन भने रिस पैदा र त्यस बाट अन्य प्रति नकारात्मक सोच जन्मिन सुरु हुन्छ I
३) आफूलाई मन पर्ने मनोपरामर्स दाताहरूको प्रवचन सुन्ने बानी बसालौँ I समय समयमा आफू लाई आत्म-आलोचना गर्ने गरौँ I

४) आफूले रिसले नै गर्दा आफैलाई भएका हानिको सुची बनाउनुहोस् I निकै सामान्य हानि समेत हुन् सक्छ I जस्तो; तपाईँ रिसाएर साथीको चित्त दुखेको नै किन नहोस् I

५) दैनिक दश मिनेट जति लामो सास फेर्ने गर्नुहोस् I यसले तपाइको मस्तिष्कको अक्सिजन पूर्ण स्वस्थ बनाउँछ I

६) दैनिक खाने खाना विशेष ध्यान दिनु होस् I फलफुल, हरियो सागपात खाई रहनुहोस् I पर्याप्त मात्रामा पानी पिउनुहोस् I

प्रतिक्रिया

सम्बन्धित

हाम्रा बानीहरू पनि व्यावसायिक हुन्छन् !

२२ घन्टा अगाडि २ मिनेटमा पढिने