कम्पनीमा ‘खुसीको उब्जनी’

खुसी रहनु : सफलताको पहिलो पूर्वाधार

कडा परिश्रम भन्दा पनि खुसीमा केन्द्रित रहे कामकाजी जगतको संस्कारमा निकै ठुलो परिवर्तन आउँछ I कम्पनीमा खुसीयाली माहोलको आवश्यकता बारे वैज्ञानिक प्रमाण जति भए पनि कम्पनी म्यानेजमेन्टमा अझ पनि ‘खुसी’ को आवश्याकतालाई राम्रो बुझ्न सकेका छैनन् I मान्छे ‘खुसी’ रहे मात्र अन्य कुनै कार्य सम्पादन सम्भव हुन्छ I

हाम्रो कथा २०७६ जेठ ५ गते १६:३९

तस्वीर : Business Insider

के हामी पनि यही अनुमान गर्छौँ – “लामो समय काम गरे सफल भइन्छ I व्यस्त रहे नै उत्पादकता बढ्छ I” तर अहिलेको समयको असल चुनौती भनेको थोरै समयमा सही रणनीति अपनाएर काम गर्न सक्नु हो I

अधिकांश व्यक्तिले सफलतालाई कडा परिश्रम, परीक्षामा राम्रो नम्बर, प्रसिद्ध स्कुलमा भर्ती हुनु, राम्रो जागिर खानु, आफ्नो जागिरको टार्गेटहरु प्राप्त गर्नु सँग जोड्छौँ I फेरी कम्पनीका म्यानेजमेन्टहरूले हाम्रो मूल्याङ्कन गर्ने पद्धती पनि केही हदसम्म यस्तै छ I अहिलेको समस्या – हामी सबैलाई “सफलता” को चाहना छ I तर सफलताको खोजी गर्ने क्रममा हाम्रो उत्पादकता बढेको भने छैन I मात्र तनाव, डर र कमजोरी बढेको छ I हामीले कतिपय अवस्थामा बिर्सन्छौँ कि सफलताको लागी खुसी रहनु एक अपरिहार्य मापदण्ड नै हो I

बुद्धिमानी हुनु र पारिश्रमिक हुनु पर्याप्त हुँदैन I स्व एन्कर, द ह्यापिनेस एड्वानटेज पुस्तकका लेखक हुन् I उनले मानव क्षमता वृद्धिका लागी दशकौँ काम गरेका छन् I उनको अनुसन्धानले बताउँछ कि सकारात्मक सोचको प्रभाव मस्तिष्कमा पर्दछ I तटस्थ वा नकारात्मक समाचारले भन्दा सकारात्मक समाचारले हाम्रो उत्पादकत्व ३१ प्रतिशतले बढाउँछ I एउटा सेल्सम्यानले ३७ प्रतिशत बढी सेल्स गर्छ I एउटा डाक्टरको १९ प्रतिशत छिटो रोग पत्ता लगाउन सक्छ I त्यसको अर्थ – सफलताको सूत्र भनेको खुसी रहनु पनि हो I

खुसीले उत्पादकता र सफलतालाई असर पार्दछ

यदि हामीले सकारात्मक व्यक्ति बन्ने प्रयत्न गर्‍यौँ भने, हाम्रो मस्तिष्कले आफै सफलता तर्फ दोहोर्याउछ् I काम छिटो सकिन्छ I

हाम्रा स्कुल, कलेज, कम्पनीहरूले कार्यान्वयन गर्ने सफलताको विधि भनेको – कडा परिश्रम गरे, सफल भइन्छ I सफल भएपछि, मान्छे स्वतः खुसी हुन्छ I तर वैज्ञानिक अध्ययनहरूले ठिक विपरीत कुरा बताउँछ I अध्ययनहरूले बताउँछन् कि मस्तिष्क त्यति बेला उत्पादक रहन्छ जब मान्छे खुसी हुन्छ I हाम्रो मस्तिष्कको बनावट नै त्यस्तै रहेछ I त्यसैले अहिलेको वैज्ञानिक युग जता आफूलाई चाहिने सबै जानकारी हामीलाई सजिलै उपलब्ध छ – हामीले बुझ्नु पर्चा कि कम्पनीका कर्मचारी कसरी खुसी राख्ने ? कर्मचारी खुसी राख्नु म्यानेजमेन्टको लक्ष्य बन्न सक्नु पर्छ I यति भएपछि कम्पनीका नयाँ लक्ष्य त कर्मचारीले पुरा गरी हाल्छन् नि !

कम्पनीमा खुसीयालीको उब्जनी कसरी गर्ने?

भर्जिन ग्रुपका संस्थापक रिचर्ड ब्रान्सन बताउँछन्, “आफ्नो टिम कसरी उत्प्रेरिक रहिन्छ ? उत्प्रेरणाको लागी आधारभूत आवश्यकता भनेको अफिसको संरचना, अफिस भित्र प्राकृतिक घाम छिर्ने माहौल, पर्याप्त पुरस्कारको व्यवस्था र उत्तेजना जगाउने कामहरू हुन् I” अध्ययनहरूले यो पनि बताउँछ कि यदि काम गर्ने जनशक्ति खुसी छन् भने – उनीहरू बिरामी कमै पर्दछन् I यही अध्ययनलाई आधार मानेर रिचर्ड ब्रान्सनले खुल्ला कार्यशैली नीति (flexible working policy) प्रतिपादन गरेका छन् I

खुल्ला कार्यशैली नीतिको मान्यता यो हो कि – कर्मचारीहरूले आफ्नो काम गर्दा सम्म, उनीहरूले काम जहाँ -जसरी बसेर गर्दा पनि हुन्छ र आफ्नो स्व-विवेवक अनुरूप जे गरे पनि हुन्छ I

यो कार्यशाली अपनाउन रिचर्ड ब्रान्सनलाई पनि गाह्रै परेको हो I रिचर्ड स्वीकार गर्छन् कि – हाम्रो टिमले यो कार्य विधि लागु गर्नु अघि धेरै अनुसन्धान, परीक्षण, छलफल गर्नु परेको थियो I टिमका सबै सदस्यहरूको सहमति पछि मात्र अफिसको नयाँ कार्यशैली अपनाइएको हो I”

रिचर्ड ब्रान्सनलाई थाहा थियो कि उनले आफ्नो टिमको सम्मान गरे, उनीहरूलाई विश्वास गरेर नै टिम खुसी रहने हो I खुसी भएपछि उत्पादकता बढ्छ, सृजनशीलता बढ्छ I

टिमलाई खुसी राख्न बिजनेस लिडरहरूको सुझाव

पारदर्शी रहनु

सन् २०१३मा टाईनी पल्समा गरेको सर्वेक्षणले बताउँछ – पैसा र प्रमोसन (बढुवा )ले महत्त्व राख्छ I तर टिमका सदस्यहरूलाई आफ्नो कम्पनीको स्थिति र यथार्थ बुझे इच्छा सधैँ रहिरहन्छ I कम्पनीलाई पारदर्शी बनाउनका लागी आर्थिक लगानी एक रुपैयाँ पनि लाग्दैन I पारदर्शिताका लागी आवश्यक पर्ने भनेको म्यानेजमेन्ट र टिमका अन्य सदस्यहरू बिच नियमित अन्तरक्रिया हो I

आफ्नो टिमलाई कम्पनीको बृहत् चित्र देखाउन सक्नु पर्छ

“कुनै कम्पनीले आफ्ना कर्मचारीहरूलाई अवसर प्रदान गर्नु छ भने उसलाई योगदान गर्ने अवसर देऊ, समाज/समुदायमा प्रभाव पर्ने अवसर देऊ I – एन्थोनी स्मित, ईन्स्लाईट्लीका कार्यकारी अधिकृत

सकारात्मक व्यक्तित्व निर्माण गर्न आफ्नो मस्तिष्कलाई कस्तो तालिम दिने ?

अध्ययनहरूले बताउँछन् कि नियमित २ मिनेट, निरन्तर २१ दिन केही उपयुक्त अभ्यास गरे, हाम्रो मस्तिष्कको बनावटमा नै परिवर्तन हुन थाल्छ I  स्व एन्कारले जति पनि कम्पनीसँग काम गरे, ती सबै कम्पनीमा यही २१ दिने परीक्षण गरे I आफूलाई सकारात्मक बनाउन केवल २१ दिन पर्याप्त हुन्छ I

दैनिक रूपमा कृतज्ञता व्यक्त गर्नु

आफू आभारी भएको केही ३ कुरा, विषय/ वस्तुलाई नियमित २१ दिन सम्झने अनि एउटा कागजमा लेख्ने I यसो गर्दा हाम्रो दिमागमा सकारात्मकताको एउटा प्याटन बन्न थाल्छ I केवल २१ दिनको अभ्यासले ६ महिनामा हाम्रो व्यक्तित्वमा ठुलो प्रभाव पर्छ I

दैनिक एउटा सकारात्मक घटनाको वर्णन गर्ने

दैनिक २ मिनेट समय निकालेर आजको दिनमा घटेको कुनै एक सकारात्मक घटनालाई लेखेर वर्णन गर्ने I नियमित यो अभ्यास गर्दा २१ फिनमा हाम्रो मस्तिष्कले हाम्रो जीवनको अर्थ बुझ्न थाल्छ I

दैनिक शारीरिक व्यायाम

दैनिक १० मिनेट शारीरिक व्यायाम गरे हाम्रो मस्तिष्कले राम्रो बानीको अर्थ र महत्त्व बुझ्छ I दिनभर पुग्ने ऊर्जा केवल १० मिनेटमा सिर्जना हुन्छ I

दैनिक ध्यान गर्ने

दैनिक २ मिनेट समय आफ्नो श्वास भित्र र बाहिर गरेको ख्याल गर्दै बिताउने I ध्यान गर्ने भनेको यही हो I एकै पटक धेरै वटा काम ‘मल्टी टास्किङ्ग’ गरेको तनाव ध्यानले कम गर्छ I अध्ययनले बताउँछ कि एकै समयमा धेरै कार्य गर्नु भन्दा एउटा समयमा एउटा मात्र काम गरे मान्छे बढी उत्पादक र खुसी रहन सक्छ I

आफ्नो टिम प्रति रहेको कृतज्ञता व्यक्त गर्ने

अहिलेको वर्तमान समय कोही प्रति कृतज्ञ  छौँ भने उसलाई धन्यवाद व्यक्त गर्दै एउटा इमेल पठाउने I एन्कारले हावर्ड विश्व विद्यालयमा गरेको अध्ययनले बताउँछ कि यसले सामाजिक सहयोग र सुरक्षाको भावनामा वृद्धि ल्याउँछ I मुख्यतः विद्यार्थीहरूलाई कृतज्ञताले निकै खुसी दिन्छ I

निष्कर्ष

कडा परिश्रम भन्दा पनि खुसीमा केन्द्रित रहे कामकाजी जगतको संस्कारमा निकै ठुलो परिवर्तन आउँछ I कम्पनीमा खुसीयाली माहोलको आवश्यकता बारे वैज्ञानिक प्रमाण जति भए पनि कम्पनी म्यानेजमेन्टमा अझ पनि ‘खुसी’ को आवश्याकतालाई राम्रो बुझ्न सकेका छैनन् I मान्छे ‘खुसी’ रहे मात्र अन्य कुनै कार्य सम्पादन सम्भव हुन्छ I

तस्वीर : Fortune.com बाट

(‘द ह्यापिनेस एड्वानटेज’ किताबबाट साभार गरिएको।)

के यस्ता लेखले तपाईको जीवनलाई सहज बनाउन मद्दत गर्छन ? प्रतिक्रिया दिनुस न ! [email protected] मार्फत ।

प्रतिक्रिया

सम्बन्धित