हस्तकला : ईतिहास, विश्वबजार र नेपाल

झन्डै ५००० वर्ष अघि सिन्धु घाँटी सभ्यतामा माटोका भाडा र काठका खम्बाहरुमा आवश्यकता अनुरुप काटकुट गर्न र बुट्टा भर्न सुरु भएको हो I हरेक वर्ष जुन महिनाको १० तारिक “विश्व हस्तकला दिवस” मनाईन्छ I अन्तराष्ट्रिय स्तरमा हस्तकलाको विशेष जमघट हुने मेला भव्य हुन्छन् I आर्तिस्ना मार्केट प्लेसका अनुसार, विश्वको उत्कृष्ट हस्तकला मेला भनेर ‘द अमेरिकन क्राफ्ट काउन्सील शो’ लाई चिनिन्छ I यहाँ ७०० भन्दा बढी हस्तकला र कलाकारहरुको प्रदर्शनी हुन्छ I यो मेला फेब्रवरी महिनामा लाग्ने गर्दछ I

हाम्रो कथा २०७६ जेठ ४ गते १६:३३

तस्वीरमा: सुपरीले बनेका आकृति

हस्तकला भनेको मुलत् कुनै औजार, मेसिन रहित हातले बनाएका कुनै पनि वस्तुलाई जनाउँछ, जसले आफ्नो देशको मौलिक संस्कार, परम्परा, सम्पदा र समस्त सभ्यता झल्कनु पर्छ I

समग्र अन्तरास्ट्रिय बजारमा साबुन, जनावरको हड्डी, जनावरका सिङ्ग, विभिन्न प्रकारका शंख, फलामी धातु, कागत, जनवारको छाला/ खालको प्रयोगले हस्तकलाको सामग्री बनाईने हो I

हस्तकलाको उत्पत्ति कसरी भयो त?

झन्डै ५००० वर्ष अघि सिन्धु घाँटी सभ्यता (इनड्स भ्याली सिभिलाईजेसन) मा माटोका भाडा र काठका खम्बाहरुमा आवश्यकता अनुरुप काटकुट गर्न र बुट्टा भर्न सुरु भएको हो I

त्यस पछी, तेस्रो सताव्दीमा भारतका प्रसिद्ध राजा आसोकको पालामा ८४ हजार काठ र अन्य फलामका स्तम्भहरु निर्माण भएका हुन् I

हरेक वर्ष जुन महिनाको १० तारिक “विश्व हस्तकला दिवस” मनाईन्छ I अन्तराष्ट्रिय स्तरमा हस्तकलाको विशेष जमघट हुने मेला भव्य हुन्छन् I आर्तिस्ना मार्केट प्लेसको अनुसार, विश्वको उत्कृष्ट हस्तकला मेला भनेर ‘द अमेरिकन क्राफ्ट काउन्सील शो’ लाई चिनिन्छ I  यहाँ ७०० भन्दा बढी हस्तकला र कलाकारहरुको प्रदर्शनी हुन्छ I यो मेला फेब्रवरी महिनामा लाग्ने गर्दछ I

विश्वको हस्तकला र तिनीहरुसँग गासिएको ईतिहास

— भारतका धेरै भूभागमा सुपारीको दानाबाट हस्तकलाका समान बनाईन्छ I

— ओरिग्यामी भनेको कागजलाई ओल्टाई-पल्टाई गरी विभिन्न आकार, आकृति दिने हो I यो सरल कला जापानबाट सुरु भएको हो I तर, हेर्नुस त विश्व भर सबै विद्यालयमा ओरिग्यामी सिकाईन्छ I हामी सबैले पनि कागजको डुंगाबनाउँन स्कुलमै सिकेका हौँ I

— अर्को रोचक कुरा भेतनाममा ८ प्रशिद्ध हस्तकला गाउँ बनाएका छन् I

१) हो नाई, माटोको भाडाको गाउँ

२ ) वान फुक सिल्, बुनाई/ कडाईको गाउँ

३) ठो हा, अर्को माटोको भाडाको गाउँ

४) दोंग हो, चित्र कलाको गाउँ

५) ते हो- फु वांग, चुच्चे टोपी बनाउने गाउँ

६) माई नेफ-छुंग, कपडाको बुन्ने गाउँ

७) छाउ ज्याङ्ग, कपडाको ब्याग बनाउने  गाउँ

८) त्योंग बिंग हिम्प, काठमा रंग भरिएको हस्तकलाको गाउँ

हस्तकलाको अनलाइन किन-बेच

हस्तकलाको अनलाईन बजार सबै भन्दा ठुलो अमेरिकाको एस्टि (Esty) बजार हो I  त्यसपछि मात्र पालो आउछ अमेजन (Amazon) को बजारको I त्यसपछि बल्ल तेश्रो नम्बरमा आउँछ ई-बे (Ebay) को बजार I

यसले हामी यो बुझ्न सक्यौं कि हस्तकलाको व्यापार हुने बजार अलि भिन्नै हुने रहेछन् I

नेपाल हस्तकलालाई विश्व बजारमा जोड्ने सम्भावना कत्तिको छ ?

नेपाल हस्तकला महासंघको तथ्यांक अनुसार नेपालमा ५५ हजार परिवार हस्तकला क्षेत्रमा कार्यरत रही आफ्नो जीवीकोपार्जन गरेका छन् I ५५ हजार परिवार मध्येबाट ८० प्रतिशत जनशक्ति महिलाहरु छन् I  नेपालमा साना र मझौला उद्योग गरी करीब ३०० हस्तकला उद्योग दर्ता छन् I

हस्तकलाको क्षेत्रमा वार्षिक रुपमा नेपाललाई ५.४ बिलियन डलर आम्दानी भित्रिएको छ I यस्तो सकारात्मक परिस्थिति रहँदा, नेपालको हस्तकलालाई अन्तराष्ट्रिय मेला, महोत्सवमा राम्रो सहभागीता रहेको छ I तुलनात्मक हिसाबमा डिजिटल च्यानलमा चाहिँ हस्तकला प्रबर्द्धनको बजार सम्भावना र अवसरलाई सदुपयोग गर्ने प्लेटफोर्म जति पनि छन् I

प्रतिक्रिया

सम्बन्धित