सङ्घर्ष एक पहिचानको, सुरुवात एक मेहनतको

राज श्रेष्ठको व्यवसायिक कथा !

"फाइदा भए पनि आफ्नो र घाटा भए पनि आफ्नो, ‘मेहनत पनि आफ्नो मेवा पनि आफ्नो"

हाम्रो कथा २०७६ जेठ १ गते १६:२९

जब हामी बिस वर्ष उकाल्लो लाग्छौँ, जीवन को यस्तो कठिन चुनौतीबाट गुज्रनु पर्ने हुन्छ I त्यो समय हामी अधिकांशका निम्ति जीवन एउटा अभिशाप पूर्ण नियति झैँ लाग्छ I पृष्ठभूमि जे जस्तो होस I फरक प्रकृतिका तर सबैका समस्या समान हुने गर्छन I ती समस्याको सामना कसरी गरिन्छ त्यो कुराले चाहिँ जीवनको दिशा निर्धारण गर्छ I त्यस्तै यो एक युवाको प्रतिनिधि मूलक कथा हो I जो आफ्नो जीवनले सुम्पिदिएको चुनौतीबाट बिचल्लित भएन I बरु त्यो चुनौतीलाई आशामा रूपान्तरण गर्दै उत्साह पूर्वक जीवनलाई क्रियाशील बनाउँदै भोलिको जीवन उत्सवमय बनाउने दिशा तर्फ केन्द्रित बनेको छ I

राज श्रेष्ठ रोजगार निम्ति भारत पुग्छन् I त्यहाँको पाँच तारे होटेलमा प्रबन्धकका रूपमा काम गर्छन् I उनी केही समय त उक्त काममा रमाउँछन् I मानिसको मन र मौसम समान हुन्छन् I कतिखेर मन कस्तो प्रकारले बदलिन्छ स्वयम्लाई पत्तो समेत नहुदो रहेछ I उनी राम्रै सँग काम गरिरहेका थिए I तर आफ्नो देशमा स्वतन्त्र रूपले काम गरेर खानु जस्तो सन्तुष्टि के मा मिल्ने रहेछ र ?

उनको मन बिस्तारै आफ्नो देश तर्फ फर्किन थाल्छ I यो परिवार र साथी भाइको को सुझाव सँगै उनले पनि महसुस गर्न थालेको कुरा हो I भारतको पाँच तारे होटेलबाट कार्यकारी प्रबन्धकको अनुभव बटुले पश्चात् नेपालमा किन राम्रै काम नपाईएला र ? संजोक नै मान्नु पर्छ उनलाई मिल्ने साथीको बुवा द्वारा नयाँ अवसरको प्रस्ताव आउँछ I काम थियो गार्मेन्ट उद्योगका निम्ति बजार व्यवस्थापनको जिम्मेवारी समाल्नु पर्ने I उनलाई यो प्रस्ताव चित्त बुझ्यो I काम गर्न थाले I करिब डेढ वर्ष पश्चात् त्यहाँ बाट पनि उनी सन्तुष्ट रहन सकेनन् I उनले गार्मेन्ट कम्पनीमा बजार व्यवस्थापकको काम पनि छाडिदिए I


अब आफै गार्मेन्ट सम्बन्धी व्यवसाय गर्ने आँट गरे I केही समय पश्चात् एक जना भारतीय नागरिक सँगको सहकार्यमा आफ्नै व्यवसाय सुरु गरे I करिब एक वर्ष पश्चात् व्यवसाय देखी निराश नै भए I उनलाई अनुभुती हुन थाल्यो कि उनका सहकर्मीले उनलाई अन्याय नै गरेका थिए I अब उनले सबै सहेर बस्नुको कुनै अर्थ देखेनन् I जे जस्तो भए पनि आफ्नो व्यवसाय भनेको आफ्नै नै हो I जहाँ फाइदा भए पनि आफ्नो र घाटा भए पनि आफ्नो, ‘मेहनत पनि आफ्नो मेवा पनि आफ्नो’ यही सोचले आफू बस्ने नजिक शान्तिनगरमा एउटा सानो कोठा लिजमा लिएर गार्मेन्ट कै काम सुरु गरे I एउटा सिलाई मेसिनबाट काम सुरु गरेका राजले केही समय भित्रै अन्य दुई वटा मेसिन थप गरेर तीन वटा बनाए I

बजार व्यवस्थापनको राम्रो ज्ञान हासिल गरिसकेका उनी अब आफ्नै व्यवसायलाई स्थापित गराउन तर्फ लाग्छन् I बिस्तारै बिस्तारै उनी आफ्नो व्यवसायको बिस्तारका निम्ति अगाडि बढ्न थाल्छन् I तीनकुनेको एउटा कोठाबाट सुरु गरेको आफ्नो गार्मेन्ट व्यवसायलाई तिनकुने हुँदै बुद्दनगरसम्म पुर्याउदै श्रेष्ठ इन्टरप्राइसेस एन्ड गार्मेन्टको रूप दिन पुग्छन् I आज ‘श्रेष्ठ इन्टर प्राइसेस एन्ड गार्मेन्ट’ सँग एघार वटा सिलाई मेसिन रहेका छन् I यो उद्योग सँगै राज श्रेष्ठले बाह्र जना भन्दा बढी घरेलु महिला र युवा लाई रोजगार दिएका छन् I श्रेष्ठ इन्टर प्राइसेस एन्ड गार्मेन्टले मुख्य त विभिन्न विद्यालयका पोसाकको ठेक्का लिएर काम गर्ने गरेको छ I ‘सङ्घर्ष एक पहिचानको, सुरुवात एक मेहनतको’ यही भनाइलाई मुख्य नारा बनाएर अघि बढेको यस उद्योग का संस्थापक राज श्रेष्ठले आफ्नो उद्योगलाई यहाँ सम्म ल्याई पुर्‍याउनु सम्म मानसिक र आर्थिक धेरै संगर्ष गर्नु पर्‍यो I अनेकौँ बैङ्कहरूले समेत ऋण दिन मानेनन् I आफू भन्दा अग्रज व्यवसायीले सहयोग भन्दा निराशा युक्त प्रतिक्रिया दिए I तर उनी हर हालतमा आफ्नो व्यावसायिक यात्रालाई निरन्तरता दिई नै रहेका छन् I

युवाहरूलाई श्रेष्ठ इन्टर प्राइसेस एन्ड गार्मेन्ट का संस्थापक राज श्रेष्ठको सुझाव,

अहिलेको समय भनेको ‘आफूले गर्ने, कमाउने, आफू अगाडी बढ्ने’ सबैको सोच यहि हो I हाम्रो उमेरको कोही मान्छे छ भने; उसले मात्र हैन I उसको परिवारले, साथी सबैले यही नै भन्ने हो; ह्या त किन यहाँ बसेको ? बाहिर तिर गयो भने २/४ लाख यत्ति कै आरामले कमाइन्छ I नेपालमा त महिना भर मरेर काम गरे पनि यति कमाउन सकिन्न I हो; हाम्रो उमेर समूहका सबै युवाको भन्ने नै यही हो I हामी सबैको सोच नै यही हो I तर यसले गर्दा हामी आफै पछाडि परिरहेका छौँ I हामी अरूको देशमा गएर काम गर्छौँ, रगत पसिना चुहाएर मेहनत गर्छौं I त्यसले त अरूको देश नै अगाडी बढ्ने हो र बढी पनि रहेको छ I यो सोच परिवर्तन नभए सम्म हाम्रो देशको केही कुरा पनि परिवर्तन हुने वाला छैन I यस कारण म सम्पूर्ण युवालाई अनुरोध गर्दछु कि यो समय हाम्रो हो I केही गर्न खोज्ने जो कोही युवालाई साथ र सहयोग गर्नुहोस् I यसो हुन् सके सकारात्मक नजिता आउँछ कुनै युवा विदेश जानै पर्दैन I यही बाटोले नै देशलाई संमृद्धिको गन्तव्यमा पुर्याउछ I

प्रतिक्रिया

सम्बन्धित

अल्छी – सृजनशीलताको प्रतिबिम्ब !

१५ घन्टा अगाडि २ मिनेटमा पढिने

बिजनेस लिडरको हातमा किताब !

३ दिन अगाडि ५८ सेकेन्डमा पढिने