जिन्दगीबाट अपेक्षा राख्ने बानी : फाईदाजनक कि हानीकारक ?

“मेडिटेसन्स्" किताबको एक महत्वपूर्ण अंशको सारंश

हाम्रो कथा २०७६ जेठ १ गते १५:५७

अरिस्टु (एरिस्टोटल)ले दर्शन शास्त्रको जग बसाए पछि मार्कस औरेलियसको सिद्धान्त र उनको किताब “मेडिटेसन्स्” अर्थात् चेतानात्मक ध्यान विधिलाई दर्शन शास्त्रको अर्को उपयोगी ज्ञानको श्रोत मानिन्छ I

किताबमा थुप्रै गहन सिद्धान्तहरुको चर्चा गरिएको छ I त्यसमध्ये अहिलेका लागी हामी ‘स्टोईसिजम’ (निम्न अपेक्षा) को सिद्धान्त र यस सिद्धान्तलाई जीवनमा कसरी उतार्न सकिन्छ भन्ने बारे मात्र चर्चा गर्नेछौँ I

एउटा उदाहरणको सहायताले बुझौँ,

मासिक ४ हजार कोठा भाडामा तपाईँको घरबेटीले तपाईँलाई कोठा दिने सम्झौता भएको छ I तर, हरेक वर्ष तपाईँका घरबेटी भन्छन्, “अब नयाँ वर्ष लग्यो I यो वर्षबाट कोठाको मूल्य १ हजार बढ्यो है I” त्यसको गर्दा तपाईँलाई एक दिन रिस उठ्छ I केही समयको लागी घरबेटीसँग बोल्न मन लाग्दैन I घरबेटी प्रतिको श्रद्धा नै केही कम हुन थाल्छ I

तर यदि घरबेटीले तपाईँलाई सुरुवातमा यसो भनेका भए,

मासिक कोठा भाडा ४ हजार हो I तर, वार्षिक रूपमा १ हजारले कोठा भाडा वृद्धि हुन्छ है ! यति भने पछि तपाईँलाई कोठा भाडा बढ्दा रिस उठ्दैन I तपाईँ र घरबेटीको सम्बन्ध पहिले जस्तै रहन्छ I

दुवै स्थितिमा भाडा बढेकै हो I तर, तपाईँको प्रतिक्रिया फरक आयो I दोस्रो स्थितिमा तपाईँलाई पीडा भएन किनकि तपाईँ मूल्य वृद्धिका लागी तयार हुनुहुन्थियो I

‘स्टोईसिजम’को मर्म भनेको यही नै हो I हामीले जिन्दगीमा केही अपेक्षा राख्न मिल्दैन I जिन्दगीमा कहिले के आइपर्छ भन्ने कुरा थाहा हुँदैन I समस्या, रोग, धोका, अन्यायको सामन हामीले जुन बेला पनि गर्नु पर्ने हुन सक्छ I

‘स्टोईसिजम’को अर्थ यो होइन कि सधैँ सचेत रहनु पर्छ I कसैको विश्वास गर्नु हुँदैन I

विश्वासमा त दुनियाँ कायम छ I सबैका यस्ता साथी-भाइ हुन्छन् जसलाई ढुक्कसँग विश्वास गर्न सकिन्छ I

यसको अर्थ यो हो कि हामी जुन पनि परिस्थितिको सामना गर्न सक्नु पर्छ I र, परिस्थितिको सामना गर्न सक्ने क्षमता त्यति बेला विकास हुन्छ जब हामीले आफू वा अन्य कोहिबाट केही अपेक्षा नै राख्दैनौँ I

केही अपेक्षा नराखी जीवन जिउन सके पछि थाहा हुन्छ कि हामी त आफूले कल्पना गरे भन्दा धेरै बलियो पो रहेछौँ I

मानवमा भएको यही असीमित बल/क्षमता बारे मानिसलाई बुझाउन वा मानिसको चेतनामा ल्याउनु ‘स्टोईसिजम’ दर्शनको उपलब्धि हो I

 

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ दिन अगाडि १ मिनेटमा पढिने

आज कामको पहिलो दिन

२ दिन अगाडि ४२ सेकेन्डमा पढिने