“जुत्ता दुई भिन्न रंगका छन्” कथाले सिकाउने पाठ

हाम्रो कथा २०७६ वैशाख २९ गते १८:११

एउटा उदारहणको सहायताले बुझौँ,

तपाईँले नियमित प्रयोग गर्ने जुत्ता लगाएर काममा जानु हुन्छ I तपाईँको एक जना साथीले तपाईँको जुत्ता हेर्दै प्रतिक्रिया दिन्छ , “तिम्रो एउटा जुत्ता कालो छ I अर्को जुत्ता सेतो छ I” उसले बारम्बार तपाईँलाई यही प्रतिक्रिया दोहोराई राख्छ I

यस्तो प्रतिक्रिया सुन्दा तपाईँलाई कस्तो लाग्छ ?

सम्भवतः तपाईँलाई यस्ता प्रतिक्रिया बेवास्ता गर्न गाह्रो हुँदैन I यसले जति पटक जुत्ताको रङ्ग फरक फरक छन् भने पनि तपाईँ आफ्नो साथीका कुरा विश्वास गर्नु हुँदैन I

साथीको कुरा तपाईँ किन विश्वास गर्नु हुँदैन होला ?

उसले जति किच किच गरे पनि तपाईँलाई वास्ता लाग्दैन I किनकि, तपाईँ केही महिना देखी नै नियमित त्यही कालो जुत्ता लगाएर अफिस जाने गर्नु भएको छ I नियमित रूपमा ती जुत्ताहरूमा कालो पोलिस पनि लगाउने गर्नु भएको छ I

यति चाहिँ हुन् सक्छ कि १/२ पटक सम्म तपाईँ तल आफ्नो जुत्ता तिर हेर्नुहुन्छ I विश्वस्त हुनुहुन्छ कि तपाईँका दुवै जुत्ता कालो रङ्गका छन् I

तपाईँ विश्वस्त हुनुहुन्छ कि समस्या तपाईँको साथीमा छ I सायद उसको हेराइमा समस्या हुन सक्छ कि त यसको दिमागमा समस्या हुन सक्छ I सायद उसले बारम्बार तपाईँलाई जिस्काउन् मात्र पनि एउटै कुरा बारम्बार भनेको हुन सक्छ I

यो कुराले तपाईँको चित्त दुख्दैन I तपाईँको कामको उत्पादकत्व यसले घट्दैन I तपाईँ भित्र नकारात्मक, पीडादायी भावनाहरू उत्पन्न हुँदैनन् I

हामीले बुझ्नु पर्ने कुरा,

यदि हामीलाई आफ्नो ज्ञान, सीप, दक्षता, संस्कारमा कुनै शङ्का छैन भने अरूको कुराले हामीलाई केही असर पर्दैन I हाम्रो चित्त दुख्दैन, पीडादायी भावनाहरूले हामीलाई सन्ताउदैन I

त्यसैले अरू कोही हाम्रो प्रगतिको बाधक बन्छ I हामीलाई अघि बढ्नबाट रोक्छ भन्ने र नसोचौं I हामीले आफ्नैले आफूलाई शङ्का गरेका मात्र हौँ I आफ्नो आत्म-विश्वासमा काम गरौँ I आफ्नो ज्ञान, सीप, दक्षता, संस्कार अर्थात् आफ्नो अस्तित्वलाई स्वीकार गरे, अन्य कोही व्यक्ति हाम्रो प्रगतिको बाधक बन्नै सक्दैन I हाम्रो चित्त अरू कसैले दुखाउन सक्दैन I

 

प्रतिक्रिया