आईटी कम्पनीलाई दक्ष जनशक्ति सँग जोड्दै !

आईटी क्षेत्रका रोजगारदाता र कामदारहरु बीच सहजीकरणको मध्यम बन्दैछ - काठमाडौँ जब्स डट कम

आई.टि क्षेत्र का निम्ति ‘फोकस अन योर स्किल’, योग्यता र दक्षता कै खोजी हुने गर्छ I

हाम्रो कथा २०७६ वैशाख २९ गते १८:०१

‘काठमाडौँ जब्स डट कम’ को औचित्य बुझ्न ‘आईटी जब्स भ्याकेन्सी’ नाम गरेको फेसबुक समूहको पृष्ठभुमी बुझ्नु पर्छ I

जुन समय आईटी क्षेत्रमा देखिएको एउटा समस्या; आई टी कम्पनीहरूलाई कामकार नपाउने र जो काम गर्न इच्छुक हुन्छन् , क्षमतावान हुन्छन् उनीहरूलाई आई टी कम्पनीसम्म पुग्न गाह्रो हुने I यो समस्या चलिरहेको अवस्थामा त्यो किसिमको आईटी क्षेत्रको समस्यालाई समाधान गर्न सहयोग होस् भन्ने उद्देश्यले ‘आईटी भयाकेन्सी’ नामको ग्रुप सन् २०१४ मा सुरु भएको थियो I

फेसबुक ग्रुप मार्फत योग्य मान्छेहरूको जमघट हुन थाल्यो I ग्रुपमा ४०,००० सदस्य पुगे I ग्रुपमा नेपालमा सञ्चालित धेरै आईटी कम्पनीहरूले आफ्नो भ्याकेन्सी पोस्ट गर्ने क्रमले आजसम्म पनि निरन्तरता लिइरहेको छ I ग्रुपबाट आईटी विषय अध्ययन गरेर वा यस क्षेत्र सम्बन्धी क्षमता विकास गरे पश्चात् यसै क्षेत्रमा आउन खोजिरहेका युवाहरूले त्यस्ता पोस्टहरूमा रिप्लाई गरिरहेका हुन्छन् I जुन अवस्था देखेर यस ग्रुप का सञ्चालकलाई यो सोच आयो कि; अब नेपालका आईटी कम्पनीहरूलाई यस किसिमको प्रयासको आवश्यकता छ I फेसबुक ग्रुपको एक प्रकारको निश्चित सीमा/ हद भएका कारण ग्रुप औचित्य अझ बिस्तार गर्न यसले ‘काठमाडौँ जब्स डट कम’ लिनु समयको आवश्यकता जस्तै थियो I काठमाडौँ जब्स डट कम एउटा अनलाइन जब पोटल हो I

अन्य अनलाइन जब पोटल भन्दा ‘काठमाडौँ जब्स डट कम’ कसरी पृथक छ ?
यसका संस्थापक महेश पाठकका अनुसार, “अन्य आईटीकम्पनीहरू बिच एक प्रकारको समानता देखिन्छ I सबै क्षेत्रमा आफै काम गर्नु पर्ने अवस्थाका कारण धेरैलाई दक्ष जनशक्ति सप्लाई गर्न गाह्रो भइरहेको छ I किनकि आईटी क्षेत्रमा हामी मा सबै दक्ष कामदारको शैक्षिक प्रमाणपत्र छै I काम गर्ने सीप, क्षमता भएको जनशक्ति मात्र खोजी गरिन्छ I त्यसकारण यस क्षेत्रको मापदण्ड पनि अलि भिन्न प्रकारको छ I भ्याकेन्सीले के भनेको बुझ्नलाई पनि  आईटी क्षेत्र राम्ररी बुझेको मानिस चाहिन्छ I हाल हामीले आईटी सँग सम्बन्धित भ्याकेन्सी मात्रराख्ने गरेका छौँ I अन्य कम्पनीका उम्मेद्वार (क्यान्डीडेड)का निम्ति हामी काम गर्दैनौं I

यस कम्पनी आवश्यकता कसरी महसुस भयो ?
महेश पाठक बताउँछन्, “हामी धेरै अगाडी बाट यही क्षेत्रमा छौं I ‘काठमाडौँ जब्स डट कम’ को प्याटेन्ट कम्पनी स्मार्ट टेक नामको कम्पनी हो I उहाँहरूलाई पनि  कामदारको सधैँ समस्या हुने गर्दियो I यसै पक्षलाई सहि तरिकाले सम्बोधन तथा समाधान गर्न गाह्रो भई रहेको अवस्थामा त्यसको विकल्पका रूपमा हामीले जुन फेसबुक समूह बनाएका थियौ I त्यसमा पनि ४०,००० भन्दा बढी मानिस जोड्डी सके पश्चात् , पोस्टहरू पनि एकदमै धेरै आउने अनि ती पोस्टहरू धेरै भएका कारण मान्छेलाई देख्नै पनि गाह्रो हुने I यस्तो अवस्था आए पश्चात् एउटा निर्दिष्ट तवरबाट यसको निवारण गरौँ भन्ने भयो I जसका निम्ति अनलाइन प्लेटफर्म प्रयोग गरौँ भन्ने सोच आयो I

जहाँ आईटी क्षेत्रका युवाले अवसरको खोजी गर्ने स्थान पाउन, जहाँ विभिन्न आई.टि कम्पनीले आफ्नो जानकारी / विवरण राख्न पाए I जहाँबाट त्यस्ता आईटी कम्पनीसँग सजिलै अवसरको खोजीमा रहेका युवा जोडिन सके I यी कुराहरूले समग्रमा क्यान्डीडेड र कम्पनीलाई जोड्ने काम गर्‍यो I यसले सजिलो बाटो बनाइदियो I यी सबै कुरा निःशुल्क सँग गर्न सकियो I करिब दुई महिनाको अन्तरालमा १०० भन्दा धेरै आईटी कम्पनीलाई हामी सँग जोड्न सफल भएका छौँ I सँगै १ हजार भन्दा धेरै क्यान्डीडेड पनि जोड्डी सक्नु भएको छ I दुई महिनाको यति छोटो समयमा जसरी हाम्रो विकास देखिएको छ यसले हामीलाई के महसुस हुन्छ भने; यहाँको बजारलाई काठमाडौँ जब्स जस्तो आईटी कम्पनीको आवश्यकता रहेछ I हामीलाई हाम्रै बजारलले स्वागत गरेको महसुस गर्दैछौँ I”

यस क्षेत्रको सम्भावना
आईटी क्षेत्रमा अहिले पनि मान्छे पाउनको लागि यति समस्या देख्खिएको छ कि; हामीलाई यहाँ यति फोन आउँछ I उहाँहरुको भनाइ हुन्छ,  सही क्यान्डीडेड खोजिदिनु पर्‍यो I भर्खर कलेज सकेका विद्यार्थीमा अनुभव र सिप हुँदैन I उपयुक्त सिप बिना उनीहरूलाई हामीले राखेर पनि केही गर्न सकिँदैन I”

सायद कम्पनीलाई आवश्यक परेको दक्ष जनशक्ति कलेजहरूले उत्पादन गर्न सकिरहेका छैनन् I एउटा आईटी कम्पनीलाई मान्छे पाउन अझ पनि धेरै गाह्रो छ I यस क्षेत्रमा एक प्रकार दक्षता हासिल गरे पश्चात् धेरै जसो व्यक्तिहरू विदेशीनु हुन्छ I जसले गर्दा जहिले पनि यहाँ भ्याकेन्सीको दर उच्च रहिरहने अवस्था छ I

यसकारण राम्रो बजारमा दक्षता हासिल गर्न सक्यो भने नेपालमा आईटी कम्पनी जस्तो राम्रो अवसर र सम्भावना अरू कुनै क्षेत्रमा छैन I तर केवल कलेजमा पढेको भरमा मात्र चाहिँ हुँदैन I

‘काठमाडौँ जब्स डट कम’ को व्यवस्थापकीय पक्षमा कसरी काम भई रहेको छ ?
महेश पाठकका अनुसार, “हाम्रो भित्री काम गर्ने वातावरण सामुदायिक रूप कै छ I हामी सँग ४० हजार बढी सदस्य रहेको फेसबुक समूह छ I हामी आफै समुदायमा राम्रो भिजेका मान्छेहरू छौँ I हामीले काम सुरु गर्नु पूर्व ५० वटा जति कम्पनीहरू हामीसँग सहकार्य गर्न तयार भई सक्नु भएको थियो I हामीले काम सुरु गरे लगतै उहाँहरू हामी सँग जोडिनु भयो I नेपालका उच्च स्तरीय कम्पनीका सी.ई.यो पनि हाम्रै समूहमा रहेर काम गरिरहनु भएको छ I हाम्रा सल्लाहकारहरू पनि हुनुहुन्छ I उहाँहरूले निरन्तर हामीलाई सल्लाह सुझाव दिई रहनुहुन्छ I त्यही अनुरूप यहाँ हाम्रो सानो टीमबाट काम गर्न सम्भव भयो I

तत्कालका निम्ति ‘जब पोस्ट’ लाई सहज बनाउने I कम्पनीहरूका आवश्यकता अनुरूप क्यान्डीडेडलाई सहजै अप्लाई गर्ने वातावरण बनाइदिने I कम्पनी र क्यान्डीडेड बिच एकदमै सहज अवस्था सृजना गर्न नै केन्द्रित भएका छौँ I हाम्रो सुरुवाती चरण हो I अब केही समयमा हामी अर्को चरणमा पुग्छौँ I त्यस अवस्था चाहिँ हामीलाई अहिलेको भन्दा ठुलो टीम पनि चाहिने हुन्छ र व्यवस्थापकीय पक्षका कामहरू पनि चुस्तता पस्किनु पर्ने हुन्छ I”

‘काठमाडौँ जब्स’ का भावी योजना के कस्ता छन् ?

महेशका अनुसार ‘काठमाडौँ जब्स डट कम’ भविष्यमा पनि एउटा अनलाइन जब पोटल कै रूपमा रहनेछ I सँग यसले गर्ने अन्य काममा आईटी सम्बन्धी विभिन्न क्षेत्रबाट बाहिर निस्किएका विद्यार्थीहरू जो; जब मार्केटमा छिर्न चाहन्छन् उनीहरूलाई बुट क्याम  लगायतका माध्यमबाट छोटो समयको ट्रेनिंग द्वारा उनीहरूको क्षमतामा निखार ल्याउनका निम्ति ‘काठमाडौँ जब्स डट कम’ ले काम गर्ने छ I यो कम्पनी एच.आर सोलुसनका रूपमा पनि प्रस्तुत हुने छ I आगामी दिनमा आईटी कम्पनीलाई आवश्यक एच.आर सोलुसन पनि ‘काठमाडौँ जब्स डट कम’ उपलब्ध गराउने छ I

यस सम्बन्धी पढिरहेका रहेका वा आईटी क्षेत्रमा आउन खोजी रहेका युवाका निम्ति महेश पाठक को सुझाव !
यस क्षेत्रमा आउन चाहने सबैका निम्ति महेश भन्छन् कि आईटी क्षेत्रमा काम गर्नका निम्ति केवल किताबी ज्ञान र डिग्री मात्र पर्याप्त छैन I आईटी क्षेत्रका निम्ति ‘फोकस अन योर स्किल’, योग्यता र दक्षता कै खोजी हुने गर्छ I यदि तपाईँमा व्यवहारिक ज्ञान छ भने प्लस २ नै गरे पनि काम गर्न सक्नुहुन्छ I तपाईं सँग व्यवहारिक ज्ञान छैन तर सैद्धान्तिक रूपमा डिग्री नै भएता पनि त्यसको कुनै अर्थ रहँदैन I

तस्वीरमा : महेश पाठक

प्रतिक्रिया
लोकप्रिय