आफु र अरु बीचको सन्तुलन !

सेट गडिनको संदेश

दुई वटा लिस्ट बनाऔं

हाम्रो कथा २०७६ वैशाख २८ गते १८:०६

एउटा सुची ‘लिस्ट’ मा सबै गुनासो, चित्त दुखाई, मनको शंका र गलत निर्णयहरुको पहिचान गरौँ I

– धेरै मान्छेले मलाई मन पराउँदैनन् I

– कामकाजको सिलसिलामा लिईएको गलत निर्णय I

-केहि कठोर अपेक्षाहरु I

-अप्रिय घटनाहरु I

-दुर्भाग्यवस नतिजाहरु I

-अन्यायहरु I

यी सबै वैधानिक नै हुन् I यी सबै यथार्थ हुन् I लिस्टमा केहि नछुट्याउनुस् I सहि गलत केहि हुँदैन I मन खोलेर लिस्ट बनाउनुस् I

अब दोश्रो लिस्टमा आफ्नो बलियो पक्षहरु, अवसरहरु, फाईदाहरु पहिचान गरौँ I

– आफुसँग रहेका श्रोत साधनहरु I

– आफुले विश्वास गर्ने व्यक्तित्वहरु I

– अहिलेको अवस्थामा के काम राम्रो हुदैंछ I

– अरुको तुलनामा तपाईंको नवीन समता के-कस्ता छन् ?

त्यो पहिलो लिस्ट आफ्नो दराजको घर्रा राख्नुस् I अर्को लिस्ट चाहिँ आफ्नो बाथरुमको ऐनाको कुनै एउटा कुनामा टास्नुस् I पहिलो लिस्टलाई महिनाको एक पटक घर्राबाट निकालेर पढ्नुस् I लिस्ट आफ्नो ठाँउमा छ कि छैन भनेर विश्वस्त हुनलाई मात्र त्यो लिस्ट समय-समयमा पल्टाएर हेर्ने हो I बाथरुमको ऐनामा रहेको दोश्रो लिस्ट चाहिं दैनिक रुपमा पढ्नुहोस् I

यो लिस्टले सधैँ सम्झाई रहन्छ कि तपाईको जीवनले कस्तो गति लिदैं छ I के ३ महिना पहिलेका समस्याहरु आज पनि समस्या नै हुन् ? वा अहिले ती कुराले खासै महत्व राख्दैन I आफ्नो जीवन कहानी कस्तो गतिले अघि बढ्दैछ भन्ने कुरा बारे बुझ्नको लागी यो अभ्यास हितकारी हुन सक्छ I

तस्वीरमा : सेट गडिन

प्रतिक्रिया