नेपालकी सिलाई बुनाई ‘क्वीन’

सबिता महर्जनको किर्तिपुर होजेरी इण्डस्ट्रिज

एउटा सानो कोठा र ५० हजार रुपैयाँबाट सुरु भएको व्यवसायमा अहिले डेढ करोड रुपैंया लगानी भएको छ । रोजगारीको अवसर बढ्दै छ । एउटा उद्यमीका लाग यो भन्दा ठूलो खुशीको कुरा अरु के हुन सक्छ र !

हाम्रो कथा २०७६ वैशाख २७ गते १६:५५

उद्यमी सबिता महर्जनले रोजेको यो उद्यमको बाटो; जसले उनलाई कठिन संघर्षको गोरेटो हुदै फराकिलो आत्मविस्वास र सफलताको फाटमा पुर्यायो I

उद्यमी सबिताको कथा उनकै मुखबाट, “घरमा बस्दा काम गर्दा परिवारले समय नदिएका कारण अलि असहज भयो I त्यहि भएर घर पनि छाडे, त्यो समयमा म संग दुइ वटा विकल्प थिए I एउटा व्यवसाय र अर्को घर I यी विकल्प मध्य मैले व्यवसायलाई रोजे I

आफुले सिकेको सिपलाई मार्न चाहिन I त्यस समय आफ्नो सिपमा म विश्वस्त थिए I  आफै कमाएर खान सक्छु भन्ने विषयमा निर्धक्क थिए I घरबाट बाहिर निस्केर पनि बस्न सक्छु भन्ने आत्माबिस्वास ममा थियो I यहि सोचका साथ म एक सरो लुगामा घर छाडेर निस्के I

जीविका चलाउन अन्य काम पनि गरिरहेकी थिए I घर छाडे संगै ती सबै काम पनि छाडे र आफ्नो एउटा छोरा बोकेर माइती पुगे I एक महिना मईती बसे I माइतीले पनि मलाई बुज्न सक्नु भएन I छोरी मान्छे घर भन्दा बाहिर निस्केर केहि गर्नु हुदैन I घरको स्याहार र रेखदेख नै छोरिको जिम्मेवारी हो भन्ने उहाँहरुको सोच थियो I सधै माइतीमा बस्न पनि उचित नगालेर कोठा लिएर बस्न थाले I मलाई सानै उमेर देखि काम गर्ने बानी बसिसकेको थियो I केहि नगरी बस्ने नसक्ने I

८/९ कक्षा मै हुदाँ टोपी, स्विटर लगायत सिलाइ बुनाइको काम सिकी सकेको थिए I घरमा आमा, बुवा र भाइबहिनीहरुलाई बनाइदिने गर्थे I”

किर्तिपुरमा सिलाई बुनाईको काम ज्यालामा बनाउने काम पाईन र गर्न थाले I सबिताले गरेको देखेर यहाँका टोलका अन्य दिदि, बहिनिहरुले पनि हामी पनि गर्छौ भन्न थाले I उहाँहरुले हामीलाई पनि सिकाउ भन्न थाले र आफ्नो कोठामै राखेर गाउँका दिदिबहिनीहरुलाई पनि सिकाउन थालिन् I

उनी संघर्षका सुरुवाती दिनहरु सम्झन्छिन्, “जुन स्कुलमा मैले दश कक्षा सम्म अध्यन गरेकी थिए; त्यहि स्कुलमा शिक्षिकाको रुपमा तिन बर्ष पढाउने अवसर समेत प्राप्त गरे I कलंकी एउटा मिट वयरमा दुइ बर्ष सम्म डिजाइनरको रुपमा काम गर्ने अवसर पनि प्राप्त गरे I त्यस पछि त्यहिको काम ल्याएर घर मै बसेर अन्य आफुसंगै बसेर गर्ने दिदिबहिनीहरुलाई पनि काम दिन थाले I संगै बच्चा पनि हेर्नु पर्ने I त्यसरी काम गर्ने दिदिबहिनिहरु करिब दुई जना हुनुहुन्थियो I”

उनले आफु मध्यस्तकर्ता भएर चौध वर्ष सम्म काम गरिन I अरुको काम गर्दिने भएका कारण त्यो समयको माग अनुसार मात्र काम गर्न पर्ने हुन्थ्यो I त्यहि क्रममा सबिताले करिब डेढ लाख जति पर्ने सामान आफ्नो मौलिक डिजाइन मै बनाईन र त्यही समय आफ्नो वेवसाइड पनि बनाईन I

एक जना स्पेनिस डिजाइनर संग दुई दिन काम गर्ने मौका पाईन I अर्का एक थाइल्याडका डिजाइनरसँग विभिन्न गुडिया ‘डल’हरुको डिजाइन गर्न सिकिन I पछी पूर्ण गार्मेन्डका निम्ति तिन महिना जति काम सिक्ने मौका प्राप्त गरिन् I त्यसरी व्यवसाय संगै विभिन्न तालिम पनि लिने मौका प्राप्त भयो I काम गर्ने क्रममा आफुलाई चाहिएका बिभिन्न मेशिनहरु थप्दै गईन I हाल चालिसवटा मेसिनहरु जम्मा भईसक्यो I

उद्यमी सबिता महर्जनको व्यवसायीक सफलताको यो यात्रा काम प्रतिको विश्वास र मेहनत नै हो । व्यवसायको सुरुवाती चरणमा ज्यालादारी काम बाट सुरु भएको उनकोे आजको यो यात्रा करिव २५ वर्षको हो । उनी र उनका सहकर्मीका हातबाट बुनिएका ह्याण्ड निटिङका स्वेटर, टोपी, मोजा, पञ्जा, ब्याग, स्कार्फ तथा सजावटका विभिन्न सामानले आफ्नै स्तरवाट बजार बनाएका छन । गार्मेन्ट उद्योगबाट बन्ने ज्याकेट, टिर्सर्ट, ट्राउजर लगाएतका सामान पनि यतिकै लोकप्रिय छन ।

शेर्पा एड्भेञ्चर गियरको अन्तराष्ट्रिय ब्राण्ड शेर्पाका लागि समेत उनीहरुले स्वेटर लगाएतका धेरै सामान उत्पादन गरे । यसले पनि उनलाई व्यवसायमा उकालो लाग्न थप प्रेरणा मिल्यो । आफैमा आत्माविश्वास बढ्यो ।

सबिता व्यक्त गर्दछिन्, “हाम्रो परिवार, समाजले महिलाले गर्न सक्दैनन् भन्छन तर त्यो सोचले गर्दा नै महिला पछाडी पर्ने हुन् I मैले पनि मेरो परिवार, माइतीको कुरा मानेकी भए आज त्यहि घरको रेख-देख मै अल्झी रहिकी हुन्थे होला I तर आज स्वदेशी मात्र नभए बिभिन्न बिदेशी युवाहरु समेत काम दिन सफल भएकी छु I आज यहाँ भारतीय , बंगालीहरु आउनु हुन्छ I उहाँहरुलाई काम दिन सफल भएकि छु I हिजोलाई सम्झिदा; पकेटमा एक पैसा थिएन I व्यवसाय पनि ऋणमा चलाए I ब्याज समयमा तिर्न नसक्दा बैंकको दबाब , सहयोगी तथा कर्मचारीले समयमा पैसा दिन नसक्दा, आफ्नो भार सम्झिदा निकै नै नरमाइलो लाग्थियो I बेकारमा घर छाडेछु, कतै नहुने काम पो गरि रहेकी छैन जस्तो पनि लाग्थियो I तर निरन्तरता भने दिए र आज भने सन्तुष्ट छु I आफै संग गर्व महसुस पनि हुन्छ I”

मुल्यको कुरा गर्नु पर्दा किर्तिपुर होजेरीमा ३० रुपैयाँ देखीको मास्क पनि बन्छ I पुराना कपडा पेलेर चकटीहरु पनि बन्छ I बुजाईको उत्पादनहरूको मुल्य ३ सय रुपैयाँबाट सुरु हुन्छ I ३० हजारसम्मको गार्मेन्ट यहाँ बन्छ I

एउटा सानो कोठा र ५० हजार रुपैयाँबाट सुरु भएको व्यवसायमा अहिले डेढ करोड रुपैंया लगानी भएको छ । रोजगारीको अवसर बढ्दै छ । एउटा उद्यमीका लाग यो भन्दा ठूलो खुशीको कुरा अरु के हुन सक्छ र ।

व्यवसाय भनेको मेहनत, लगनशीलता र निरन्तरता हो । अनि काम गर्ने बानीले पनि हामीलाई सफल बनाउने रहेछ । एउटा व्यक्तिले आफुले सिकेको सिपलाई कसरी उद्यममा परिणत गर्न सक्छ ? काम गर्ने बानीले कसरी सफल भईदो रहेछ भनेर बुझ्न उद्यमी सविता महर्जनको किर्तिपुर होजेरी राम्रो उदाहरण बनेको छ । सबिता महर्जन आफै पनि भन्नुहुन्छ कि उनी काम नगरी बस्ने सक्दिनन् I उनलाई सानै देखी काम गरिरहने बानी लागेको I तयसैले पनि उनलाई काम धेरै भयो, कामको छाप बढ्यो भन्ने कुराको कहिल्यै वास्ता लाग्दैन I

उनी महिला दिदिबहिनीहरुलाई आफ्नु अनुभवमा यो भन्न चाहनछिन्, “गर्दै न गरेत केहि हुदैन I सजिलो भन्ने त के हुन्छ र ? सबै काम गाह्रो नै हुन्छन, संघर्ष गर्नै पर्ने हुन्छ I तर हिम्मत भने हार्नु भएन I गर्दै नगरे त केहि पनि हुदैन I गर्दै गए पछी सकिन्छ पनि जस पनि आउँछ  I त्यसलाई समय अनुकुल बनाउदै लैजाने अठोट गर्नु पर्छ I”

उद्यमी महर्जनको यो आट र हिम्मतकै प्रतिफल हो आजको किर्तिपुर होजेरी उद्योग । अव त यसको सपना पनि फराकिलो बन्दै छ । व्यवसायमा सफल हुन आफ्नो सामानको गुणस्तरमा कसरी बृद्धि गर्दै जाने भन्ने महत्वपूर्ण सन्देश पनि यसले दिएको छ ।

अब उनको एउटै सपना छ । आफ्नै ब्राण्डमा सामान उत्पादन गर्ने । अनि अन्तराष्ट्रिय बजारमा लैजाने ।

उद्यमी सबिता महर्जनको भोगाई केहि गरौंन भनेर आँट गर्न चाहने तपाई हाम्रो लागि एउटा प्रेरणाको स्रोत हो । हामी आफ्नो भलाई चाहन्छौ भने केहि काम गरौं । अल्छिपना त्यागौं । सफलताको महत्वपूर्ण सुत्र पनि यहि हो । काम छैन भनेर यतिकै नबसौं । आफूसँग भएको सिपको सदुपयोग गरौं । काम गरौँ । काम गर्ने बानीले पक्कै सफल बनाउछ ।

प्रतिक्रिया
लोकप्रिय