आईटी क्षेत्रका सबल महिला जनशक्ति मध्ये ईशु सुवेदीको कथा

ईन्फ़ोर्मेसन एज म्यागेजिनका अनुसार आई. टी क्षेत्रमा कार्यरत जनशक्ति मध्य १७ प्रतिशत जनशक्ति मात्र महिला हुन् I त्यसैले ईशु सुवेदीको कथा प्रस्तुत गर्दैछौँ I

हाम्रो कथा २०७६ वैशाख २५ गते १७:२७

यो एक साधारण कथा हो I साधारण जिन्दगीको असाधारण कथा I

ईन्फ़ोर्मेसन एज म्यागेजिनका अनुसार आई. टी क्षेत्रमा कार्यरत जनशक्ति मध्य १७ प्रतिशत जनशक्ति मात्र महिला हुन् I त्यसैले ईशु सुवेदीको कथा प्रस्तुत गर्दैछौँ I

ईशु सुवेदी मास कम्युनिकेसनको विद्यार्थी थिइन I उनलाई कम्प्युटर देखी डर लाग्थियो I घरमा पनि दिदीको निगरानीमा मात्र कम्प्युटर चलाउने आँट आउथियो I

कलेज अगाडी भेकेन्सी टाँसेको थियो I एक आई.टी कम्पनीमा जागिरको प्रस्ताव I प्लस २ पास गरेका विद्यार्थीका लागी पार्ट टाइम जागिर I तलब रु.८००० प्लस I आज भन्दा १०/ १२ वर्ष अघि त्यो काम र तलबले ईशु लगायत उनका अन्य साथीहरूलाई उत्साहित गर्‍यो I कलेजबाट १२/ १५ जना सँगै कामको चाहमा कम्पनी पुगे । ईशुलाई भने भित्रैबाट रुचि थिएन I प्राविधिक काम कसरी गर्नु भन्ने अन्योल थियो I तर, काम चल्दै गयो I बरु अन्य साथीहरूले काम छोडे तर ईशुले निरन्तरता दिइन I

सुरुवाती दिनहरूमा उनले वेबसाइटहरू बेच थिइन् I उनले ४ / ५ वर्ष त्यही काम गरे I उनले वेबसाइट र टेक्नोलोजीको डिमाण्ड बुझिन् I

तस्वीरमा: दायाँ तर्फ ईशु सुवेदी

ईशु आफ्नो करियरको सुरुवाती दिनको घटना सम्झन्छन्, “केही समयसम्म कम्प्युटर नचलाउँदा डेस्कटपमा स्क्रीन सेभर आउँदा, म डराउँथे I कम्प्युटर बिग्रियो भनेर साथीहरूलाई मद्दत गर्न बलाउँथे I साथीले एउटा बटन दबाएर मलाई जिस्काउँथे I मलाई कम्प्युटर सँग कति पनि परिचित थिइन I” आई.टी कम्पनीमा करियर यसरी सुरुवात भयो I

केही वर्ष जागिर गरेपछी उनले सानै उमेरमा कम्पनी खोले I उनको पहिलो सुरुवात थियो, कम्पनी ‘ड्रीम्स वर्कस’ I पहिलो व्यवसायले गति लिन सकेन I उनले फेरी जागिर खाइन I केही समय काम गरेपछी उनले आफ्नो प्रबल बिजनेस पार्टनर तथा जीवन साथी भेटिन I फेरी आफ्नै बिजनेस गर्ने बलियो आधार बन्यो I

एउटा सानो कोठामा टेबल र दुई वटा चकटी बिछ्याएर आफ्नै काम गरु गरे I त्यति बेला इशुका आमाबुबाले पनि राम्रो साथ दिनु भयो I काम सकेर मध्य रातमा घर फर्कने अवस्थामा हुँदा पनि साथ दिनु भयो I समाज र छरछिमेकको कुरालाई भन्दा आफ्नो छोरीको हुर्कँदो बिजनेसलाई साथ दिनु भएकोमा ईशु अहिलेसम्म पनि आभारी महसुस गर्दछिन् I सक्षम छोरीहरूले आमाबुबाको साथ पाए मात्र पनि महिलाहरूलाई अघि बढ्न धेरै उत्साहित हुने भाव उनले व्यक्त गरिन् I कम्पनीलाई तीव्रता लिन केही समय नै लागेन I केही महिनामा नै कम्पनी व्यवस्थित बन्दै गयो I विस्तार हुँदै गयो I

अहिले उनको ‘भुफ डिजाइन स्टुडियो’ मा डिजाईनिङ्ग सम्बन्धित कामहरू व्यवस्थित, विस्तार गतिमा भई रहेको छ I ईशु बताउँछिन्, ‘मेरो श्रीमानको प्राविधिक सीप निकै राम्रो छ I शान्त स्वभावको पनि हुनुहुन्छ I प्राविधिक कामहरूको जिम्मेवारी श्रीमानले र व्यवस्थापनको पाटो मैले सम्हाल्दा धेरै सजिलो भएको छ I कामको वाडफाड व्यवस्थित छ I”

वुफ वेब स्टुडियोका अधिकांश ग्राहक विदेशी कम्पनीहरू हुन् I विदेशी कम्पनी जसलाई नियमित रूपमा डिजाइनहरूको आवश्यकता पर्दछ I त्यस्ता दर्जनौँ कम्पनीहरूले वुफ वेब स्टुडियोबाट आफ्नो डिजाइनहरूको आवश्यकता पुरा गर्दछ I

प्रविधिसँग चित परिचित हुनु र आफुलाई आई.टी उद्यमीको परिचय बनाउन सक्नु भनेको नै उनलाई आफ्नो उपलब्धी जस्तो लाग्छ I

वर्तमान अवस्था उनलाई महसुस हुन्छ कि उनी आर्थिक रूपमा आत्मनिर्भरता त भइन अब बिस्तारै उनी युवा समुदाय, समाज र आफ्ना केही इच्छाहरू पुरा गर्न चाहन्छिन् I

अहिलेको आधुनिक समय भनेको डिजिटल युग हो I रोजगार उन्मुख तालिम लिएर काम गर्न चाहने नेपाली युवा जमात ठुलो छ I ती मध्य पनि विपन्न समुदाय र आर्थिक वर्गका युवालाई वेब डिजाइनमा दक्ष बनाउन चाहन्छिन् I निम्न शुल्कमा प्रशिक्षण र तालिमको व्यवस्था गर्ने थलो सिर्जना गर्न चाहन्छिन् I नेपालको सन्दर्भव सूचना प्रविधिको क्षेत्रमा काम गर्न सक्ने दक्ष युवाहरू आवश्यकता अझै पनि बजारमा पूर्ति हुन नसक्दा यस्तो थलो आफै निर्माण गर्ने सपना बुन्दै छिन् I

अहिले करिब ३२ वर्षीय ईशु – काम गर्दै कलेज पढेको हुँदा ईशुलाई कलेज पढ्ने धीत अझ मरेको रहेनछ I  उनलाई आरामले विधार्थी जीवन जिउने सहर पनि छ I कुनै पनि प्रगतिशील नेलोशीप प्रोग्राम, नेतृत्व विकासको शिक्षा वा शैक्षिक सत्र फेरी गरेर आफ्नो पुरा समय पढाई समर्पित गर्ने इच्छा बोकेकी छिन् I हुन त यस्तो इच्छाहरूबारे विरलै सुन्न पाइन्छ I

अन्त्यमा उनी सबै हुर्किँदै बढ्दै गरेका युवतीहरूलाई आफ्नो सपना व्यक्त गर्द छिन्, “मेरो १ वर्षको छोरी छ I छोरी बुझ्ने हुँदासम्म छोरीको लागी प्रेरणादायी पात्र हुन सकूँ I नेपाली समाजमा आत्म-निर्भरताको उदाहरण बन्न सकूँ I महिला सशक्तीकरण र स्वतन्त्रताको लागी केही योगदान गर्न सकूँ I”

 

प्रतिक्रिया