सफलताका वैधानिक नियमहरु बुझौं !

नेपोलियन हिलको किताब ‘थिंक एण्ड ग्रो रिच’ को सारांश

२० वर्ष लगाएर ५०० धनाढ्य व्यक्तित्वहरूको अन्तर्वार्ता लिएपछी तयार भयो ‘थिंक एण्ड ग्रो रिच’ किताब अर्थात् सफलताका वैधानिक नियमहरूको सङ्ग्रह

हाम्रो कथा २०७६ वैशाख २४ गते १७:५५

नेपोलियन हिल एक पत्रकार तथा लेखक थिए I एक पटक उनले अन्डरी कार्नेगीको अन्तर्वार्ता लिने अवसर पाए I अन्डरी कार्नेगी त्यस समयका सबैभन्दा धनाढ्य व्यक्तिहरू मध्य एक थिए I अन्डरी कार्नेगीले उनलाई बताए कि सफलताको सूत्र बुझ्न विश्वभर मानिसहरू भौतारीरहका छन् I तर, सफलताका पनि वैधानिक नियमहरु हुन्छन् I यी नियमहरु विश्वभरका व्यक्तिहरुलाई समान रुपमा लागु हुन्छ I

अन्डरी कार्नेगीले नेपोलियन हिललाई एक प्रस्ताव गरे I सफलताका सूत्र वैधानिक नियम हुन्छन्, त्यसैले यदि नेपोलियन हिलले ती सबै मान्छेहरूलाई भेटेर, उनीहरूको सफलताको सूत्र लेखिदिए भने आगामी दिनहरूमा मानिसलाई सफल हुन निकै सजिलो हुने थियो I नेपोलियन हिलले निर्णय लिन समय लगाएनन् I प्रस्ताव तुरुन्तै स्वीकार गरे I किताब लेखे बापत नेपोलियन हिललाई यातायात खर्च मात्र भुक्तानी गर्ने सर्त थियो I नेपोलियनलाई सर्त स्वीकार्य थियो I

२० वर्ष लगाएर ५०० धनाढ्य व्यक्तित्वहरूको अन्तर्वार्ता लिएपछी तयार भयो ‘थिंक एण्ड ग्रो रिच’ किताब अर्थात् सफलताका वैधानिक नियमहरूको सङ्ग्रह I

‘थिंक एण्ड ग्रो रिच’ किताबमा सफलताका मुख्य पाँच नियमहरू बताइएको छ I

१) आकाङ्क्षा – जल्दो बल्दो आकाङ्क्षा

आकाङ्क्षा भनेको इच्छा भन्दा केही फरक छ I इच्छामा केवल सपना हुन्छ I सपना साकार गर्ने अठोट हुन पनि सक्छ नहुन पनि सक्छ I आकांक्षामा कार्य सम्पादनको अठोट निकै बलियो हुन्छ I एउटा उदाहरण लियौँ I सन् १५९० को कुरा हो I यात्री हर्मन कोर्टेक्स कुनै नयाँ ठाउँ अधिन गर्ने आकांक्षाका साथ ५०० जना सेनालाई जहाजमा लिएर नयाँ भूमिको खोजीमा निस्के I नयाँ भूमिमा पुग्दा उनले देखे कि त्यहाँ त ५०० भन्दा कयौँ गुना बढी सेनाहरू सँग लड्न सके मात्र त्यो ठाउँ माथि विजय प्राप्त हुन सकिने रहेछ I अब हर्मन कोर्टेक्सलाई जनशक्तिको अभाव भयो I विजय प्राप्त गर्ने आधार काम थिए I उनले लडाई भन्दा पहिला एउटा काम गरे I आफ्ना जहाजहरू जलाई दिए I यसो गरे पछि उनीहरूसँग केवल एक विकल्प थियो I कि त लडेर जित्नु पर्‍यो नत्र त्यही मर्नु पर्‍यो I अन्य कुनै विकल्प नभए पछि, उनीहरूले नयाँ राज्य जिति छाडे I

आफ्नो आर्थिक आकांक्षालाई जल्दो बल्दो बनाउन ६ क्रमिक चरणहरू अपनाउन सकिन्छ I

(१) तपाईँलाई कति पैसा कमाउनु छ भनेर उल्लेख गर्नुपर्छ I

(२) यो रकम/ पैसा बापत तपाईँले आफ्नो समुदाय, समाजलाई के प्रदान गर्नु हुन्छ भन्ने कुरा उल्लेख गर्नु होस् I संसारको एक नियम छ कि यही पाउनका लागि केही दिनु पर्छ I

(३) आफ्नो आकाङ्क्षा पूरा गर्ने मिति टोक्नुहोस् I

(४) आफ्नो योजनाको खाका तयार गर्नुहोस् I

(५) यो सबै कुरा एउटा कागजमा लेख्नुहोस् I

(६) आफूले लेखेको कुरा दैनिक पढ्नुहोस् I आफ्ना संकल्पहरु दोहोराउने काम जति गर्‍यो, त्यति नै हाम्रो संकल्प बलियो हुँदै जान्छ I

२) विशिष्ट ज्ञान

हामीलाई सानैबाट सिकाइन्छ कि सामान्य ज्ञान राम्रो हुनु पर्छ I सफल हुनका लागि सबै क्षेत्रको सामान्य ज्ञान चाहिँदै चाहिँदैन I कुनै विशेष क्षेत्रमा विशिष्ट ज्ञान चाहिन्छ I एउटा उदाहरणबाट बुझौँ I एक पटक कुनै मिडियाले  हेनरी फोर्डलाई अज्ञात निराशावादी व्यक्ति भन्ने आरोप लगायो I हेनरी फोर्डलाई आरोप स्वीकार्य थिएन I उनले त्यस आरोप विरुद्ध कोर्ट केस लगाए I कोटमा आरोपबारे छानबिन गर्न हेनरी फोर्डलाई अनेकौँ युद्ध, इतिहास, भूगोलका प्रश्नहरू सोधियो I उनलाई उत्तर आएन I उनले जवाफ दिएँ कि उनीले यस्तो यन्त्र निर्माण गरेका छन् जसको एउटा बटन दाब्ने बित्तिकै यी प्रश्नहरूको उत्तर जान्ने व्यक्ति हाजिर गराएर सजिलै उत्तर पत्ता लगाउन सकिन्छ I यो केही बटनको आविष्कार भनेको हेनरीलाई आफूले जानेको ज्ञान हो भन्ने विश्वास थियो I हेनरी फोर्डको उत्तर सर्वसाधारणलाई निकै घत लग्यो र उनलाई लगाइएको आरोप गलत प्रमाणित भयो I

सफलताका लागी हामीले यो बुझ्न जरुरी छ कि सबै कुराको ज्ञान हुन आवश्यक छन् I कुनै विशेष क्षेत्रमा भरपुर ज्ञान भए हामी सफल हुन सक्छौँ I साधारण कुराहरू बारे जानकारी चाहिए विश्वमा उपलब्ध अन्य स्रोतहरू मद्दत लिन सकिन्छ I

३) कल्पना गर्ने शक्ति

सफलताका लागी हामीले अर्को एउटा सत्य स्वीकार गर्न सक्नु पर्छ कि हामीले जे-जति कल्पना गर्न सक्यो हामीले त्यो भन्दा धेरै उपलब्धि हासिल गर्न सक्दैनौँ I उदाहरणका लागी हामीले इतिहास पल्टाएर हेर्न सक्छौँ I विगत १५० वर्षमा जति आविष्कार भएका छन्, विश्व इतिहासमा कहिल्यै भएका छैनन् I यदि कसैले हवाई जहाजको कल्पना नगरेको भए, आज हामी हवाई जहाजबाट टाढा रहेका भूमिहरूसम्म पुग्ने थिएनौँ होला I

यदि कसैको कल्पना टन्न खान पुग्ने स्थितिमा हुने, आराम गर्न पुग्ने घर र मनोरञ्जन भन्दा माथि जाँदै जाँदैन भने उनले सफलता प्राप्त गर्न सकेन बनेर गुनारो गर्नु व्यर्थ हो I आफ्नो भविष्य कस्तो चाहिन्छ भनेर त पहिला कल्पना गर्न सक्नु पर्छ I हाम्रो कल्पनाले नै हाम्रो मस्तिष्कलाई सफलता उन्मुख बनाउने हो I कल्पनाले नै क्रमिक रूपमा सफलताको बाटो तर्फ अघि बढाउँदै लाने हो I

४) दृढता (अङ्ग्रेजीमा भन्दा – पर्सिसटेन्स)

आकांक्षामा दृढता थप्दा सफलताको प्रवलता अझ बढ्दै जान्छ I एउटा उदाहरणको सहायताले बुझौँ I थोमस एडिसनलाई मानसिक सुस्तीका कारण स्कुल नपठाउन व्यर्थ हो भनेर उनको स्कुलबाट खबर आउँदा उनको आमाले प्रण गरिन कि उनी आफै छोरालाई पठाउ छिन् र छोरोलाई सक्षम बनाउँछिन् I अन्त्यमा एडिसनमा यही दृढता विकास भएछ कि उनले आविष्कार गरेको उपकरणलाई सयौँ पटक सम्म पनि अस्वीकार गर्दा पनि उनले हार मानेनन् I सयौँ असफल प्रयास पछि मात्र उनको बल्ब बनाउने प्रयास सफल भएको हो I त्यस्तै, कोलोनेल हार्डल्याण्ड स्यान्डको चिकेन रेसेपी १००९ पटक सम्म रिजेक्ट भए पछि १०१० औँ मा पल्ल उनको के.एफ.सी चिकेनले वैधानिकता पाएको हो I

५) आफ्नो संगतको शक्ति

अर्को नियम यो हो को हामीले सङ्गत गर्ने सरदर ५ व्यक्तिले हामी लक्ष्य र कार्यशैलीमा प्रभाव पार्ने हो I त्यसैले हामी कस्तो समूहको सङ्गत गर्छौँ भन्ने कुराले पनि सफलता निर्धारण गर्छ I आफ्नो वरिपरिको सङ्गत कस्तो हुन्छ भन्ने कुरा हामीले पुरै निर्धारण गर्नु सम्भव नहोला I त्यसको विकल्पमा हामीलाई प्रभावकारी लाग्ने, हामीले सम्मान गर्ने केही व्यक्तित्वहरूलाई आफ्नो सल्लाहकार मानेर नियमित रूपमा भेटघाटको वातावरण सृजना गर्नु पर्छ I

कतिपय व्यक्तिले भन्दछन् कि उनीहरू धेरै पढ्छन् तर पढेको कुराको वास्तविक अभ्यास भने गर्न सक्दिन I यस समस्याबाट माथि उठ्नलाई पनि हाम्रो राम्रो संगतले मद्दत गर्ने सक्छ I अरूको कार्यशैलीलाई राम्रो सँग निहालेर आफ्नो जिन्दगीमा सजिलै उतार्न सकिन्छ I किताबमा पढेको भरमा मात्र आफ्नू व्यक्तित्वमा परिवर्तन ल्याउन गाह्रै पर्छ I

(‘थिंक एण्ड ग्रो रिच’ किताबको नेपाली सारांश)

 

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ दिन अगाडि १ मिनेटमा पढिने

आज कामको पहिलो दिन

१ दिन अगाडि ४२ सेकेन्डमा पढिने