नेपाल घुम्न र घुमाउन कसैले रोक्न सक्दो रहेनछ !

रमेश खत्रीले पर्यटकहरुलाई सगरमाथा बेस क्याम्पसम्म पुर्याए

त्यो क्षणलाई रमेश शब्दमा व्यक्त गर्नै सक्दैनन् I यति मात्र भन्छन्, "यदि त्यहाँ कोही नभएको भए बेस्सरी चिच्याउने थिए, कराउने थिए अनि रुने थिए I"

हाम्रो कथा २०७६ वैशाख २४ गते २०:०५

रमेशको जीवन धेरैका  निम्ति प्रेरणाको गतिलो उदाहरण बन्न सक्छ I २०७२ साल वैशाख १२ गते बिहानीको मन्द सूर्योदयलाई मध्यान्नको प्रचण्ड किरणका कणले काबु गर्नै लाग्दा; अचानक कयौका निम्ति काल बनेर आएको अकल्पनीय विध्वंसकारी कम्पनले कुनै भूगोल त छाडेन, उ त केवल आम मान्छे I हाँसी खुसी चली रहेको उसको जीवन I जीवनमा कुनै ठुलो चाह थिएन I न त जीवन प्रति कुनै गुनासो नै ! जीवनको अध्याय कहाँ कुनै सिनेमा झैँ गतिशील हुदोरहेछ र ? त्यस भूकम्प सँगै रमेशको जीवनले एउटा अकल्पनीय मोड लियो I कसले कसरी अस्पताल सम्म पुयार्यो उसलाई केही चेत छैन I केवल याद छ त आफूले काम गर्ने सात तले गेष्ट हाउस सँगै आफू पनि ढलेको ! जब अस्पतालको सैयामा रमेश अखा खोल्छ I हतासिंछ, आत्तिन्छ I आफ्नै शरीर सँग अपरिचित झैँ बन्छ I हिजो सम्म हिँडिरहेका, दौडिरहेका आफ्ना सग्ला दुवै खुटा आज खोइ त ?

अब; रमेशको जीवनले नयाँ मोड लिनु पर्ने छ I अब रमेशको जीवनले नयाँ अध्याय लेख्नु पर्ने छ I अब रमेशको जीवनले लाखौका निम्ति प्रेरणाको गाथा बन्नु पर्ने छ I

आज बर्षौ भइसक्यो I हरेक बिहानको मिर्मिरेलाई प्रत्येक साझाको अन्धकारले पुरे झैँ I हिजोका रमेशका हरेक पिडाहरूले विश्राम लिई सकेका छन् I हिजो त केवल मस्तिष्कको कुनै कुनामा स्मृति बनेर थन्की सकेको छ I

आज त उसको जीवन उत्साहको पर्याय बाची झैँ लाग्छ I केही गर्छु भन्नेहरूका निम्ति उत्प्रेरणाको सागर झैँ लाग्छ I जसको जीवनले सगरमाथा झैँ उच्च साहस बटुलेको छ I त्यसैलेत उनी दुवै खुटा बिनै सगरमाथाको आधा शिविर सम्म बेदेशी पाहुनालाई घुमाउन पुग्छन् I

रमेश नेपालको सुन्दरतालाई यसरी पोख्छन्, “ अवश्य पनि नेपाल विदेशीहरूका निम्ति धुम्नलाई धेरै राम्रो ठाउँ छ I मलाई पनि थाह थिएन कि; लुक्ला माथि पनि त्यति धेरै राम्रो ठाउहरु छन् I त्यो ठाउँमा बाटो जति अप्ठ्यारो भए पनि त्यहाँ पुगे पछि छुटै अन्नद आउँदो रहेछ I मलाई लाग्छ त्यस्तो दृश्य देख्न पाउँदा विदेशी पर्यटकले पक्कै पनि रमाइलो लिनुहुन्छ I यस सँगै यो धरै राम्रो कुरा हो I  उहाहरुले यहाँ आएर आफ्नै आँखाले हाम्रो देशलाई देख्नुहुन्छ, तब; थाहा पाउनुहुनेछ, “हाम्रो देश कति सुन्दर छ भनेर I यसले गर्दा हाम्रो देश प्रतिको उहाहरुको दृष्टि कोण पनि बदलिछ अनि हाम्रो देशलाई उहाहरुले माया गर्न थाल्नु हुन्छ I”

जब रमेश आफै सगरमाथा बेस क्याम्प पुग्दा कस्तो महसुस भयो त?

त्यो क्षण त म शब्दमा व्यक्त गर्नै सक्दिन I यति भन्न सक्छु, “त्यहाँ कोही नभएको भए बेस्सरी चिच्याउने थिए, कराउने थिए अनि रुने थिए I”

शारीरिक रूपमा दुवै खुटा नभएर के भयो त? रमेश दुवै खुट्टा हुनेलाई समेत मात खुवाउने साहस पस्किन पछि हट्दैनन् I हाल बि.आई.ए फाउन्डेसन मा बसिरहेका रमेशले खगेन्द्र नवज्योति स्कुलबाट एस.ई.ई सम्मको अध्यन समेत पुरा गरिसकेका छन् I यो सँगै स्विमिंग (पौडी), बास्केट बल, क्रिकेट, डान्स (नृत्य) जस्ता अतिरिक्त क्रियाकलापमा समेत सक्रिय रूपमा सिप हासिल गरिरहेका I उनलाई पौडीमा त राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय अभ्यास (ट्रेनिङ) प्राप्त गर्ने अवसर समेत जुर्‍यो I रमेशले नेसनल पारा ओलम्पिक कमिटी बाट जापान, इन्डोनेसिया,कोरिया, चिन लगायत मुलुकमा पुगेर विभिन्न सिप मूलक अभ्यास तथा पर्तिसपर्दा हरूमा समेत सहभागिता जनाइ सकेका छन् I

आज खगेन्द्र आफू जस्तै अन्य शारीरिक रूपमा अशक्त मात्र हैन हरेकाका निम्ति राम्रो प्रेरणा बनेका छन् I

यो विषयमा के भन्छन् त उनी आफै ? “ म जसरी भर्खरै बेस क्याप पुगे I मलाइ केही थाह थिएन, बाटो कस्तो छ ? कस्ता समस्या को सामना गर्नु पर्ने हुन आउँछ ? कहाँ उक्कलो छ, कहाँ ओरालो छ ? त्यहाँ कसरी हिँड्नु पर्छ ? यद्यपि म त्यहाँ जान सक्छु भन्ने विषयमा विश्वस्त भने थिए,मेरो आत्म बल उच्च थियो I अन्त्यमा त्यहाँ पुगे र जीवनमा प्राकृतिक सुन्दरताको अनुपम दृश्य सँग सक्षयातकार हुने अवसर समेत प्राप्त गरे I” शारीरिक रूपमा सबल व्यक्तिलाई उक्त बाटो पार गर्न एक दिन लाग्दियो भने मलाई त्यही बाटो पार गर्न दुई दिन लाग्थियो I यही मात्र हो I समय भने लिनु पर्ने हुन सक्छ तर गर्न सकिसदैन या असम्भव भन्ने कुरा यो दुन्यामा केही छैन I अहिले त झनै आधुनिकरणले गर्दा अनेकौँ कुरामा निकै सहज भएको छ I सबैभन्दा ठुलो कुरा आफ्नो आत्मबललाई बल्लियो बनाउनु आवश्यक छ I जीवन त आफैमा एउटा सङ्घर्ष हो I परिस्थिति जे जस्तो होस, प्रयास गर्ने हरू नै सफल हुने हुन I

[यो सकारात्मक कथा निर्माणमा काठमाडौं स्कुल अफ लले सहयोग गरेको छ । समाजका यस्तै अन्य सकारात्मक कथाहरु निमार्णका लागि काठमाडौं स्कुल अफ लले जस्तै तपाई पनि सहयोग गर्न सक्नुहुन्छ । समाजकै सहयोगमा समाजकै सकारात्मक कथा भन्ने हाम्रो प्रयत्न छ ।]

 

प्रतिक्रिया

सम्बन्धित

अल्छी – सृजनशीलताको प्रतिबिम्ब !

१५ घन्टा अगाडि २ मिनेटमा पढिने

बिजनेस लिडरको हातमा किताब !

२ दिन अगाडि ५८ सेकेन्डमा पढिने