गरिवी र संघर्ष बीच टुसाएको सपना अनि सफलता !!

हेनरी फोर्ड को जीवन कथा

हेनरी फोर्ड को मान्यता छ कि; बाधा त्यस्तो तर्साउने चिज हो जसलाई तपाईँ त्यति खेर देख्न हुन्छ जब तपाईँ लक्ष बाट आफ्नो आँखा हटाउनु हुन्छ I

हाम्रो कथा २०७६ वैशाख २३ गते १६:५७

जब सबै कुरा तपाइको विरुद्ध मा भइरहेको छ  I तब, याद राख्नुहोस्  I हवाई जहाज हावाको विरुद्धमा उडान भर्छ  I हावाको साथ हैन  I यो भनाइ हेनरी फोर्ड को हो I जसलाई आधुनिक कारका आविष्कारक पनि भनिन्छ I

हेनरीले कार’लाई संसार भरि नै यति लोकप्रिय र यति सस्तो बनाइदिए कि; जसले  गर्दा आज एक साधारण व्यक्तिले पनि सहजै कार किनेर चढ्न सक्छन् I आज आम मानिसले यसको फाइदा र काइदा दुवै लिन सक्छन् I तर यो काम सहज भने अवश्य थिएन  I

३० जुलाई सन् १८६३ का दिन  अमेरिकाको ग्रिनफिल्ड मा जन्मिएका हेनरी फोर्ड एकदमै गरिब परिवामा जन्मिएका थिए I उनका पिता विलियम फोर्ड साधारण किसान थिए I बाल्यकालमा हेनरी का  खेलौना अन्य बच्चाका भन्दा भिन्न हुने गर्थे I उनलाई खैलाउना भन्दा फलामका औजार चलाउँदा रमाइलो लाग्थ्यो I पाँच वर्षको उमेरमा गाउँको एक स्थानीय स्कुलमा हेनरीलाई भर्ना गरियो I जहाँ उनले आफ्नो प्राथमिक शिक्षा लिए I पैसाको अभाव का कारण अगाडिको पढाइ लाई निरन्तरता दिन सकेनन् I यसैले उनका पिता चाहन्थे कि; उनी पनि एक राम्रो किसान बनुनन I तर हेनरी लाई खेतको काम गर्ने रुचि पटक्कै थिएन I हेनरी फोर्ड बिना घोडा बाट चल्ने गाडी बनाउन चाहन्थे I जसका निम्ति उनी रात भर नसुती परीक्षण गर्थे I यद्यपि त्यस समय गाडीहरू त बन्न सुरु भई सकेका थिए तर ती गाडी यति महँगा हुने गर्थे कि; आम मानिसका निम्ति आकाशको फल आँखा तरी मर झैँ बनेको थियो I पैसा वाल व्यक्तिका निम्ति समेत धेरै सोच्ने विषय थियो I कुरा रह्यो साधारण व्यक्तिका निम्ति त कार  सपनै थियो I हेनरी लाई गाडीको परिक्षका निम्ति पैसाको आवश्यकता पर्न थाल्यो I यसै कारणले सोह्र वर्षको उमेर मा उनी घर छाडेर डेडट्राइड पुगे I जहाँ उनले स्ट्रिम इन्जिन कम्पनीमा काम गर्न थाले I उनी भन्ने गर्थे कि; उनलाई यो काम गर्न धेरै रमाइलो लाग्छ I किन कि; यो काम पनि औजार सँग सम्बन्धित नै काम थियो I केही वर्ष उक्त कम्पनीमा काम गरे पश्चात् उनी त्यस कम्पनीको उच्च प्रबन्धक पद मा नियुक्त भए I जस बाट उनलाई राम्रो तलब पनि मिलन थाल्यो I तर उनको पुरै तलब कारको परीक्षण मै सक्किने गर्दथियो I यसैले उनी अरू पैसाको निम्ति अतिरिक्त काम पनि गर्दथे I हेनरी एक साधारण व्यक्ति भन्दा दुई गुणा बेसी काम गर्दथे I

अन्तत: उनको मेहनत र लगले एउटा रङ्ग ल्यायो I अनेकौँ परीक्षण पश्चात् सन् १८९६ मा उनले आफ्नो पहिलो कार बनाउन सफल बने I जब उनको कारको इन्जिन सुचारु भयो त्यतिखेर बिहानको तिन बजेको थियो र पानी पनि बेस्सरी परिरहेको थियो I तर उनमा उत्साहको उत्तेजना यति चरम उचाइमा उम्लिएको थियो कि उनी त्यही झरीमा कार लिएर घर बाहिर निस्किए I तब कारको ठुलो आवाज सुनेर सबै मानिस घर बाहिर निस्किए I  र उक्त कार लाई देखेर अचाम्बित भए I त्यस पछि हेनरीको सफलता लाई देखेर सबै ले उनको आत्मबल लाई उच्च पर्ने काम गरे I केही दिन पश्चात् हेनरीले उक्त कार बेचे I उक्त कार बिक्री गरेर आएको पैसामा आफू सँग रहेको अन्य केही पैसा मिलाएर सन् १८९९ मा एक कम्पनी खोले I जुन कम्पनीको नाम डीट्रोयड अटो मोबायल थियो I यस कम्पनीले पच्चिस वटा कार बनाएर बिक्री पनि गर्‍यो I अवसोच पैसाको कमी का कारण उक्त कम्पनी बन्द गर्नु पर्‍यो I हार नमानी किन ३० नोभेम्बर सन् १९०१ मा उनले आफ्ना केही धनी साथी सँग मिलेर पूर्ण अर्को कम्पनी खोले I जसको नाम ‘हेनरी फोर्ड’ थियो I साथीहरू सँगको मतभेदका कारण उनले यो कम्पनी पनि बन्द गर्नु पर्‍यो I उनका साथीहरूको सोच केवल धनी व्यक्तिलाई महँगोमा कार बेच्नु थियो तर हेनरीको सोच सुरु देखि नै केही भिन्न थियो I उनी हरूको यही दुई विचार नमिलेका कारण उक्त कम्पन बन्द गर्नु परेको थियो I

यस पश्चात् अगाडीका सम्पूर्ण कमजोरी बाट पाठ सिक्दै १६ जुन सन् १९०३ मा हेनरीले फोर्ड नामक अर्को कम्पनी खोले I यस कम्पनी लाई संसार सामु ल्याउन हेनरीले आफ्नो एक कार लाई रेसिंगमा खडा गरे I जुन कारको मोडल ९९९ थियो I यस कारले त्यस समय धूम नै मच्चाई दिएको थियो I यो कार उक्त दौडमा पहिलो बन्यो I यस पछि हेनरी फोर्ड र उनको कम्पनी लाई मानिसले चिन्न थाले I सन् १९०९ मा उनको कम्पनीले पी मोडल कार बनायो I जुन कार धेरै प्रसिद्ध बन्यो I यस पश्चात् भने हेनरीको जीवनमा पैसाको त वर्षा नै भयो I हेर्दा हेर्दै फोर्डले हज्जारौ कार बिक्री गर्‍यो I उनको सफलताको एक राज यो पनि थियो कि; उनका प्रत्येक मेकानिक कुनै एक काम प्रति प्रोफेसनल थिए I र त्यो मेकानिकले त्यही काम गर्थियो जुन काम मा उसले महारथ हासिल गरेको छ I  सस्तो कार बाट मानिसको जीवन शैली बदलिए पश्चात् ७ अप्रिल सन् १९४७ मा हेनरी फोर्डले यो संसार बाट बिदा लिए र सधैँ का निम्ति गए I

हेनरी फोर्ड को मान्यता छ कि; बाधा त्यस्तो तर्साउने चिज हो जसलाई तपाईँ त्यति खेर देख्न हुन्छ जब तपाईँ लक्ष बाट आफ्नो आँखा हटाउनु हुन्छ I       

प्रस्तुती: ईश्वर लुइँटेल

प्रतिक्रिया