नेपाली महिलाको महिनावारी सहज बनाउने उद्यम

‘द सी थिङ्ग’ को व्यवसायिक यात्रा

तत्कालको समय ‘द सी थिङ्ग’ ले सीमित वर्गका महिलाहरूलाई सुविधा प्रदान गरेता पनि दीर्घकालीन प्रभाव समाजमा विश्वास गर्न सकिन्छ I घर-घरमा पिरियड बक्स डेलिभरी हुने, श्रीमानले श्रीमतीका लागी पिरिएड बक्स खरिद गरिदिने, प्रेमीले प्रेमिकालाई उपहार दिने प्रचलन बस्दा प्रज्वलन स्वास्थ्य प्रति राम्रो ध्यान आकर्षण हुने भयो I पहिले महिलाहरु “मेरो पिरिएड आउँदै छ” भनेर चिन्ता गर्ने गर्थे I अब महिलाहरू “मेरो पिरिएड बक्स” आउँदै छ भनेर उत्साहित हुने दिन आएको छ I

हाम्रो कथा २०७६ वैशाख २३ गते १७:१८

नवीना सुवेदी र सृष्टि पहारी दबै सी.ए अध्ययनरत विद्यार्थी हुन् I सी.ए अध्ययन गर्ने क्रममा नवीना र सृष्टिले पाँच वर्ष भारतको नयाँ दिल्लीमा बिताए I अबको केही महिनामा उनीहरूको सी.ए फाइनलको पढाई पनि पुरा हुदैछ । केवल एउटा परीक्षा बाकिं छ ।

नवीना र सृष्टिले दिल्लीमा सी.ए फर्महरूमा काम गरे I तर, उनीहरूको रुचि उद्यमशीलतामा थियो । आफ्नो देश फर्के पछि आफ्नै केही काम सुरु गर्ने धोको थियो । ‘द सी थिङ्ग’ को आइडिया, कन्सेप्ट र अनुसन्धानका काम भई रहेको थियो I उनीहरू नेपाल फर्किए ।

नेपालमा जागीर र उद्यम सँगै लैजान सकिन्छ कि जस्तो लाग्यो। केही महिना जागीर पनि खाए, ‘द सी थिङ्ग’ को काम पनि अघि बढ्दै थियो । व्यवसाय र जागिर सँगै लैजान गाह्रो पर्ने रहेछ I यसरी व्यवसायलाई पुग्दो समय दिन सकिएन भनेर उनीहरूले जागिर छोडी र आफ्नो पुरा समय ‘द सी थिङ्ग’ लाई नै दिन थालेका छन् । ‘द सी थिङ्ग’ कम्पनी दर्ता गरेको भने ६ महिना भयो I स्टकमा सामान जम्मा गर्ने र रिसर्च लगायतका काम भने धेरै अघि नै सुरु भएको हो I ‘द सी थिङ्ग’ले हरेक महिना पिरिएड सब्सक्रिप्सन बक्स प्रदान गर्छ I

‘द सी थिङ्ग’ को लक्षित ग्राहक भनेको कामकाजी महिलाहरू हुन् I यस्ता महिलाहरूलाई आफ्नो प्रज्वलन स्वास्थ्यबारे सधैँ चिन्ता त रहन्छ तर महिनावारीको समय आफ्नो विशेष रेखदेख गर्ने फुर्सद चाहिँ खासै हुँदैन । यी महिलाहरूलाई महिनावारीको समय आवश्यक पर्ने सबै सामान ‘द सी थिङ्ग’को सब्सक्रिप्सनबाट आउँछ I

‘द सी थिङ्ग’ सब्सक्राईब गर्नु भनेको घरमा पत्रिका सब्सक्राईंब गरे जस्तै हो । हरेक महिना आफ्नो महिनावारी किट/ बक्स घरमै आई पुग्छ ।

तस्वीरमा : नवीना सुवेदी

निकै खुसीको कुरा !

पिरिएड बक्सको बजार सम्भावना र ग्राहक बारे कुरा गर्दा नवीना र सृष्टिले बताए कि पीरिएड बक्स सबैभन्दा धेरै बिक्री भएको समय पछिल्लो भ्यालेन्टाइन्स डे  थियो I थप उनीहरूले बताए कि; उनीहरूसँग प्रत्यक्ष खरिद गर्ने अधिकांश ग्राहक पुरुष नै छन् I आफ्नो श्रीमती, प्रेमिका, दिदी-बहिनी र भाउजूहरूको लागी पिरिएड बक्स सब्सक्रिप्सन लिई दिन पहल गर्ने अधिकांश पुरुष छन् I

यसरी महिनावारीको नियमित प्रक्रियामा पनि उत्सव मनाउने केही समय दुबै महिला र पुरुषले प्राप्त गरेका छन् I पहिले “मेरो पिरिएड आउँदै छ” भनेर चिन्ता गर्ने गर्थे I अब महिलाहरू “मेरो पिरिएड बक्स” आउँदै छ भनेर उत्साहित हुने दिन आएको छ I

तस्वीरमा : सृष्टि पहारी

महिनावारी (पिरिएड) बक्समा के-के समान पर्दछन् त ?

१) प्याड :- महिनावारीको आधारभूत आवश्यकता हो । प्याड बोक्ने झोला पनि प्याडसँग उपलब्ध गराइएको रहेछ ।

२) महिनावारीको दुखाई कम गर्ने प्याच :- महिनावारीको प्याच भनेको नेपालीका लागी नौलो उपकरण हो। महिनावारीको समय शरीरको जुन भागमा दुखाई महसुस हुन्छ, त्यही स्टिकर टाँसेको जस्तै गरी प्याच आफ्नो छालामा टाँसिदिने हो । प्याच प्रयोगकर्ता महिलाहरूको प्रतिक्रिया निकै नै उत्साहजनक छ। महिलाहरूले दुखी रहेको पेटमा वा ढाडमा प्याच लगाए पछि दुखाई निकै कम भएको बताएका छन्।

३) सौन्दर्यका सामान :- आफूलाई स्वच्छ र सुन्दर महसुस गरीरहनका लागी आवश्यक पर्ने वाईप्स, रुमाल, भित्री वस्त्र, फेस वास र क्रिम पनि यस बक्स समावेश गरिएको छ।

४) स्वास्थ्यबर्दक खानेकुरा :- तागतयुक्त केही अर्ग्यानिक खानेकुरा बक्समा समावेश गरिएको छ ।

५) एक सरप्राईज गिफ्ट :- सरप्राईज गिफ्ट भनेपछी यो नौलो समान चाहिँ हरेक महिना परिवर्तन हुन्छ I यसैको प्रतिक्षामा महिलाहरू हरेक महिना आफ्नो पिरिएड बक्स कहिले आउँछ भनेर उत्साहित रही रहन्छन् ।

तस्वीरमा: द सी थिङ्गको सुरुवाती दिनमा तयार गरिएको प्याकेज

उनीहरू बताउँछन् कि स्वच्छ र आरामदायी प्याड छनोट गर्न उनीहरूलाई निकै समय लाग्यो I उनीहरूले थरी थरीका प्याड आफै प्रयोग गरे I आफ्नो बक्सको लागी अन्तिममा, एक अन्तर्राष्ट्रिय ब्राण्डको प्याड राख्ने निदो भयो I सो प्याड नेपाल बाहिरबाट आउँछ । हुन् त सबैको शरीर छुट्टै हुन्छ । शरीरको आवश्यकता फरक हुन्छन् I तर, अहिले पिरिएड बक्स मार्फत बिक्री भई रहेको प्याड प्रति ग्राहकहरूको प्रतिक्रिया सकारात्मक छ।

‘द सी थिङ्ग’ पिरियड बक्सको मूल्य ६५० रुपैयाँबाट सुरु हुन्छ I कामकाजी महिलाहरूले आफ्नो शरीरको लागी मासिक रूपमा यत्तिको खर्च गर्नु जायज हो I तर पनि हाम्रो समाजमा महिनावारीमा प्याड पाउन मुस्किल बेहोरेका महिलाको जमात ठुलो हुँदा, के यस्तो व्यवसाय हाम्रो जस्तो समाजमा स्थापित गर्नु उपयुक्त हो त भन्ने कुरा आउँछ I

औसत नेपालीहरूको जीवन स्तर मध्य नजर गर्दै नवीना र सृष्टि, आफ्नो यो पिरिएड बक्सलाई निकै कम मूल्यमा उपलब्ध गराउने भावी योजना बनाउदैं छन् I

यस्तो व्यवसाय फस्टाउँदा समाजको उत्थान कसरी हुन्छ ?

तत्कालको समय ‘द सी थिङ्ग’ ले सीमित वर्गका महिलाहरूलाई सुविधा प्रदान गरेता पनि दीर्घकालीन प्रभाव समाजमा विश्वास गर्न सकिन्छ I घर-घरमा पिरियड बक्स डेलिभरी हुने, श्रीमानले श्रीमतीका लागी पिरिएड बक्स खरिद गरिदिने, प्रेमीले प्रेमिकालाई उपहार दिने प्रचलन बस्दा प्रज्वलन स्वास्थ्य प्रति राम्रो ध्यान आकर्षण हुने भयो I

-महिनावारीबारे खुलेर कुरा गर्ने वातावरण बन्ने भयो I

-कागजमा बेरी लुकाएर प्याड किनबेचको विकल्प सजावटले भरिएको पिरिएड बक्स बनाएर बेच्दा महिनावारीको आवश्यकताहरूलाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुन आउँछ I

-सहर बजारमा पिरियड बक्सको प्रचलनले प्रज्वलन स्वास्थ्य र महिनावारी सँग सम्बन्धित जनचेतनाको स्तरमा पनि सकारात्मक प्रभाव पर्न जान्छ I

-अबको भावी पुस्तामा महिनावारी सँग सम्बन्धित मानसिक र सामाजिक सङ्कोच कम हुन्छ I तपाईँ-हामीले महिनावारीलाई जति गम्भीर र जटिल हिसाबमा लियौँ अबका भावी पुस्ताले महिनावारीलाई त्यति नै स्वच्छ र प्राकृतिक हिसाबमा बुझ्ने सम्भावना पनि बढ्दै जान्छ I

नवीना र सृष्टिको भविष्यका लागी योजना

‘द सी थिङ्ग’ को भविष्यलाई नवीना र सृष्टिले उत्पादनको क्षेत्रमा दौडाउने परिकल्पना गरेका छन् I नेपालमा उत्पादन हुने प्याड, भित्री वस्त्रको गुणस्तर चित्त नबुझेर नै अहिले ‘द सी थिङ्ग’ ले विदेशबाट प्याड मगाउनु परेको हो I स्तरीय प्याड नेपालमै उत्पादन गर्न सक्षम हुनु उनीहरूको लक्ष्य बनेको छ I

अर्को कुरा, महिनावारीको दुखाई कम गर्ने प्याच प्रदान गर्ने मध्यम ‘द सी थिङ्ग’ मात्र हो I यो प्याच पनि नेपालमै उत्पादन गर्न सके ‘द सी थिङ्ग’ वा अन्य कुनै उद्यमका लागी व्यावसायिक अवसर बन्न सक्छ I

नेपालमा पिरिएड सब्सक्रिबसन बक्सको कन्सेप्ट नयाँ भए पनि अन्य देशहरूमा यो नियमित चलिरहेको व्यवसाय हो I विश्वका धेरै जसो देशमा यो सेवा दशकौँ अघि नै सुरु भई सकेको थियो I

नेपालीसँग मिल्दो जुल्दो संस्कार भएको भारत कै उदाहरण लिनु पर्दा, भारतमा पनि पिरियड बक्सको व्यवसाय स्थापित भई सक्यो I भारतको सन्दर्भ बुझ्न बिईन्ग जुलियट, पिंक बक्स  जस्ता कम्पनीहरू बारे थप अध्ययन गर्न सकिन्छ I

[यो सकारात्मक कथा निर्माणमा एपिकल वाव पपकोर्नले आर्थिक सहयोग गरेको छ । महिला उद्यमशीलता प्रवर्द्धनका एपिकल वाव पपकोर्नले हाम्रो कथालाई विश्वास गरेको छ । समाजका यस्तै अन्य सकारात्मक कथाहरु निमार्णका लागि एपिकल वाव पपकोर्नले जस्तै तपाई पनि सहयोग गर्न सक्नुहुन्छ । समाजकै सहयोगमा समाजकै सकारात्मक कथा भन्ने हाम्रो प्रयत्न रहनेछ। आउनुहोस् हातेमालो गरौं । ]

 

प्रतिक्रिया

सम्बन्धित

बिजनेस लिडरको हातमा किताब !

२ दिन अगाडि ५८ सेकेन्डमा पढिने