कफी, पुस्तक र मस्तिष्क मन्थन !

शिल्पी संगै अब ‘डबली स्पेस’

“देश भरिका युवालाई पुस्तक पढ्ने र समसामयिक विषय प्रति सचेत गराउने उद्देश्यका साथ हामीले ‘डबली स्पेस’ को सोच लिएर आएका छौँ I”

हाम्रो कथा २०७६ वैशाख २२ गते १६:५७

“देशभरका युवालाई पुस्तक पढ्ने र समसामयिक विषय प्रति सचेत गराउने उद्देश्यका साथ हामीले ‘डबली स्पेस’ को सोच लिएर आएका छौं I”

 हाम्रो कथा : ‘डबली स्पेस’ भनेको के हो ?

प्रितम सुवेदी : यो एउटा भेटघाट गर्ने ठाउँ हो I जहाँ रमाइलो सँग बसेर चिया, कफी खाने I यहाँ किताब पढ्ने एउटा सामान्य पुस्तकालय पनि छ I जहाँ बाट आफूलाई पढ्न मन लागेको किताब झिक्ने, पढ्न सकिन्छ I किन्न मन लागे पुस्तक किन्न नि सकिन्छ I यो सँगै कुनै विषय केन्द्रित रहेर छलफल तथा अन्तरक्रिया पनि सञ्चालन गर्छौं I  यो स्थानलाई हामीले पूर्ण अन्तरक्रिया/छलफलको थलो बनाउने लक्ष्य राखेका छौँ I जस्तो; राजनैतिक अन्तरक्रिया हुन सक्छ, साहित्यिक अन्तरक्रिया हुन सक्छ, समसामयिक अन्तरक्रिया हुन् सक्छ I यस्तै सम्भावनालाई पूर्णता दिन नै हामीले यो ‘डबली’ खोलेका हौँ I

तस्वीरमा : प्रितम सुवेदी

हाम्रो कथा : ‘डबली स्पेस’ को सोच यहाँहरूमा कसरी आयो ?

प्रितम सुवेदी : करिब एक वर्ष अघि हामीले यो सोच देखि चितवन बाट बिस्तार गरेका हौँ I हरेक जसो व्यवसायको सुरुवात वा बिस्तार काठमाडौँ केन्द्रबिन्दु भएर सुरु भएर बाहिर फैलिन्छ I हामीले यो संस्कारलाई बदल्ने प्रयास गरेका छौँ I सुरुमा त विभिन्न किसिमका खोज नै गर्यौं I हाम्रो समुदाय मा के को कमी छ त ? अनि त्यसलाई पूर्ति का निम्ति के गर्न सकिन्छ ? यसै क्रममा यस्तो प्रकारको अवसर कमै मात्र पायौं I जहाँ भिन्न विषयमा अन्तरक्रिया तथा छलफलको वातावरण होस्, मान्छे आएर सान्त वातावरणमा कफीको स्वाद पाउन I किताब मा घुलमिल हुन् I यही सोच का साथ ‘डबली स्पेस’ लाई हामीले यहाँहरू माझ पस्केका हौँ I यो पढ्ने वा अध्ययनशील व्यक्तिका निम्ति निकै उपयोगी हुन सक्ने हाम्रो विश्वास रहेको छ I

हाम्रो कथा : तपाईँहरूले कुन उमेर समूहलाई लक्षित अन्तरक्रिया,गोष्ठी  योजना तथा सञ्चालन गर्नुहुन्छ ?

प्रितम सुवेदी : हामीले कुनै वर्ग लक्षित भन्दा पनि सबैका निम्ति साझा धारणाका साथ ‘डबली स्पेस’ को सुरुवात गर्दै छौँ I हामीले गोष्ठी कार्यक्रम आयोजना गर्छौ जहाँ सबैलाई स्वागत गर्ने छौँ I उदाहरण स्वरूप युवा बिच लोक प्रिय साहित्यकार सुबिन भट्टराई लाई हामीले निम्त्यायौ भने साहित्य सम्बन्धी कसैलाई चाह छ भने उहाहरु  आउन सक्नु भयो I हामीले सुशीला कार्की लाई निम्त्याएर कार्यक्रम आयोजना गर्‍यौ, कानुन सम्बन्धी बुझ्न चाहनेले आएर बुझ्न सक्नुहुने भयो I यस प्रकारले सबै क्षेत्रका व्यक्तिलाई निम्त्याएर  हामीले फोरमहरू सञ्चालन गर्छौं I

 

हाम्रो कथा : आफ्नो फोरममा युवाहरूलाई कसरी सहभागी गराउनुहुन्छ ?

प्रितम सुवेदी : अहिले तत्कालका निम्ति  अगाडी मैले भने जस्तै फोरम आयोजना मार्फत युवा सहभागिताको चाह हाम्रो छ I तर निकट भविष्य मा कुनै लक्षित समसामयिक शीर्षकमा पनि अन्तरक्रिया गर्ने सोच पनि रहेको छ I उहाँहरूलाई विभिन्न सामाजिक सञ्जाल, सञ्चार माध्यम लगायतबाट हाम्रा आयोजित कार्यक्रम बारे जानकारी युवाहरूले पाउनु हुन्छ र हामी सँग जोड्डीन सक्नु हुन्छ I यही शिल्पी मै नाटक हेर्न आउनु हुने हरूले यही बाट हाम्रा कार्यक्रम बारे जानकारी लिन सक्नु हुन्छ I

हाम्रो कथा : ‘खाली खल्ती र भोको पेट’ले केही गर्न सकिन्न भन्ने उक्तिलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

प्रितम सुवेदी : डबली डा. जीवन क्षेत्री , इन्द्रधोज क्षेत्री  र मेरो संयुक्त प्रयास हो I चितवनमा डा. जीवन क्षेत्री र इन्द्रधोज क्षेत्रीले नै सुरु गर्नु भएको हो I उद्यमशीलताका रूपमा आफ्नै लगानीमा व्यवसाय सुरु गर्नु आफै मा सोचे अनुरूप सहज भने रहेनछ I केही लगानी ऋण द्वारा जुटाउनु पर्‍यो I क्रमिक रूपमा यसलाई बिस्तार गर्दै जाने, अहिले नै यसबाट केही अपेक्षा पनि छैन र भविष्यमा यसलाई ठुलो सम्भावना बनाउने लक्ष का साथ हामीले काम गरिरहेका छौ I यो हाम्रो दीर्घकालीन सोच हो  I

हाम्रो कथा : ‘डबली स्पेस’ ले अहिले सम्म के कस्ता कार्यक्रम आयोजना गरी सकेको छ ?

प्रितम सुवेदी : अहिले सम्म चिवन मा चाहिँ कार्यक्रम भई सकेको छ I पूर्व प्रधानन्यायाधीश सुशीला कार्की सँगको छलफल सञ्चालन गरेका थियौ I पूर्व स्वास्थ्य मन्त्री गगन थापा सँगको अन्तरक्रिया पनि सञ्चालन गरी सकेका छौ I उदाहरणका निम्ति यी दुई नाम लिए I यस्ता अन्तरक्रिया गोष्ठी चितवनमा चाहिँ महिनाको दुई पल्ट सम्म सञ्चालन गर्ने गरेका छौ I यहा चाहिँ जेष्ठको पहिलो हप्ता बाट सुरु गर्दै छौ I पहिलो अन्तरक्रियामा हामीले पुष्पा बस्नेत लाई निम्त्याउँदै छौ I हाम्रो उद्घाटन दिन डा.तिर्थ श्रेष्ठ को  ‘नेपाल भू अध्यनन’ नामक पुस्तकको पनि विमोचन सम्पन्न भएको थियो I उक्त दिन करिब असी,नब्बे जना जति व्यक्तिहरू आउनु भएको थियो I यस्ता कार्यक्रमहरू भईरहेका छन् I हामी अझै आफ्ना कार्यक्रमहरूमा परिस्कृत गर्दै लैजाने सोचका साथ अघि बढिरहेका छौ I

हाम्रो कथा :शिल्पी थिएटर’ सँगै ‘डबली स्पेस’ सुरु गर्दै हुनुहुन्छ I कस्तो सहकार्य हो यो ?

प्रितम सुवेदी : अहिलेलाई उहाँहरु सँगै यो ठाउँ लिजमा लिएर काम सुरु गरेका छौँ I यसले यहाँ नाटक हेर्न आउने दर्शकले पनि कफी खाने र नाटक सम्बन्धी छलफल गर्ने अवसर पाउनु भएको छ I  यहीँका मानिसहरू खाजा खान हिजो बाहिर जानु पर्ने अवस्था थियो  I  तर हामीले त्यो अवस्थालाई केही सहज बनाउने प्रयास गरेका छौँ I यिनै विषय बिच हाम्रो कुरा मिल्यो र हामीले ‘डबली स्पेस’ सुरु गरेका हौँ  I

(‘डबली स्पेसका’ सह-सस्थापक प्रितम सुवेदी संग हाम्रो कथाका ईश्वर लुइँटेलले गरेको कुराकानीमा आधारित )

प्रतिक्रिया

सम्बन्धित

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ भदौ , २०७६ १ मिनेटमा पढिने