उद्यमीहरुको जीवनी कतिको पढ्छौं ?

जीवनी कसको पढिन्छ ? तपाईँले कस्तो वक्तित्वहरुको जीवनी पढ्नु भएको छ ?

हाम्रो कथा २०७६ वैशाख २१ गते १६:०५

राजनीतिज्ञ, राजा र प्रजाका जीवनमा आधारित केही पुस्तकहरू हामी सबैले पढेकै छौँ I तर, हामी मध्य कतिले उद्यमीहरूको जीवनीमा आधारित पुस्तक पढेका छौँ I यदि, कुशल उद्यमी बन्नु छ भने सफल उद्यमी गुरुहरूको जीवनी पढ्नु निकै उपलब्धिमूलक हुन सक्छ I

विश्वजगतमा ठुलो प्रभावकारी उद्यम सुरु गर्ने उद्यमीहरूको जीवनी पढे, आफ्नूलाई पनि आफ्नो समाज, समुदायमा प्रभाव पर्ने काम गर्न ऊर्जा थपिन्छ भन्ने विश्वासका साथ केही उद्यमीको जीवनी पढ्ने सुझाव प्रदान गर्न चाहन्छौँ I

१) इलोन मस्क

पे-पल र टेस्लाका संस्थापकको जीवन कथा I यसको उदाहरणीय कथा जसले विश्वको समसामयिक समस्या बुझ्यो र समाधान पेस गर्‍यो I ग्लोबलाईजेसनको जमानामा- विश्वभर आफ्नो व्यापासको दायरा बढाउन- पैसा पठाउने मध्यम पे-पल सुरु गरे I फेरी विश्वमा ऊर्जाको समस्यालाई सम्बोधन गर्दै वैकल्पिक ऊर्जालाई संस्थागत गर्न टेस्लाको सुरुवात गरे I यस्तो पो उद्यम I

२) द मार्था रुल्स

विज्ञानले प्रमाणित गरेको छ कि पुरुष र महिलाको मस्तिष्क केही भिन्नै हुन्छ I दुवैको आ-आफ्नो मौलिक क्षमता हुन्छन् I त्यसैले, कति पुरुष उद्यमीको मात्र पढ्नु ? रिटेल बिजनेस, ई – कमर्स र पत्रपत्रिका प्रकाशनबाट स्थापित महिला उद्यमी मार्था स्टीवर्डको जीवनीले उद्यमशीलताका निकै फरक पत्ताहरू बुझ्न सहयोग पुर्‍याउन सक्छ I

३) मेड ईन अमेरिका

विश्वको सबैभन्दा ठुलो कम्पनी, ‘फरचुन 500’ वालमार्ट का संस्थापक स्याम वाल्टनको जीवनी I यो किताबमा कसरी वालमार्ट एक सामान्य रिटेल स्वरूप सुरु भएर अहिले अमेरिका भित्र मात्र ४००० भन्दा धेरै चेन सुरु गर्न सबल भयो भन्ने साम वालटनको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गर्दछ I

यस्तै, स्टीव जब्स , हार्ड ड्राइभ- बिल गेटसको जीवनी, द स्नोबल, वारेन बफ्फेको कथा पनि पढ्न सक्नुहुन्छ I

यसैसँग एक रोचक कुरा जोड्दा, याद गर्नु भएको छ कि सबै जीवनी उद्यमी आफैले लेख्छन् भन्ने छैन है, अन्य कुनै लेखक/ प्रसंशकले पनि लेख्छन् I

नेपालीमा पनि प्रशंसायोग्य उद्योगपति, उद्यमी धेरै छन् तर ती सफल उद्यमीहरूको कथा भने धेरै छैनन् I

नेपालीमा चर्चित, विनोद चौधरीको जीवनी र कर्ण शाक्यको सोच, खोज र मोज पुस्तक भन्दा हामीले खासै अरू जीवनी पढ्न पाएका छैनौँ I सायद, अब छिट्टै अन्य लेखकले उद्योगपतिको जीवनी लेख्ने र अङ्ग्रेजी लगायत अन्य भाषामा अनुबदन गर्ने अवसर पनि कसैको लागी राम्रो व्यवसाय बन्न सक्छ I

 

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ दिन अगाडि १ मिनेटमा पढिने

आज कामको पहिलो दिन

२ दिन अगाडि ४२ सेकेन्डमा पढिने