कल्पना गरेभन्दा धेरै तिव्र गतिमा बन्दैछ धावनमार्ग

अहिले भईरहेको पुरानो यो धावनमार्ग सन् १९७५ मा बनाईएको थियो । अन्तराष्ट्रिय मापदण्ड अनुसार हरेक १० बर्षमा कालोपत्रे फेर्नुपर्छ । तर यति लामो अवधिमा मर्मतका भरमा मात्र धावन मार्ग सञ्चालनमा ल्याईएको थियो ।

हाम्रो कथा २०७६ वैशाख १९ गते १६:११

आजकल त्रिभुवन विमानस्थल विहानको ८ बजे खुल्छ । विमानस्थल खुल्नको लागि धावन मार्गको काम सकिएको हुनुपर्छ । यसको लागि कामगर्न जम्मा १० घण्टा दिईएको छ । बेलुकी १० वजे पिच खन्न शुरु राती ८ नबज्दै पूर्ण रुपमा फिटफाट ।

बिहानको ३ बजेको छ । कामदारहरु जोडतोडले काम गरिरहेका हुन्छन । निष्पट अध्यारोमा झलल्ल् बत्ति बलेको हुन्छ । त्यहि वत्तिको साहारामा काम भईरहेको हुन्छ । यो काम यति चुनौतिपुर्ण छ की काममा केही मिनेट मात्र पनि बिलम्व गर्न पाईदैन । बिलम्व हुँदा काम ढिलो हुन्छ । काम ढिलो भयो भने भोलिपल्ट काठमाण्डौको आकासमा प्लेन उड्दैनन् । किनकी देशकै एक मात्र अन्तराष्टिय विमानस्थलमा धावनमार्गको काम भईरहेको छ ।

त्यसैले यहाँ कामको गति तपाईहामीले कल्पना गरेभन्दा धेरै तिव्र गतिमा भईरहेको छ । सरकारी काम कहिले जाला घाम होईन । सरकारी काम, कहिले उदाँउला घाम भनेजसरी काम भईरहेको छ ।

करिब तीन सय मानिस काममा खटिएका थिए । कोहि पनि खालि छैनन् । सबै केहि न केहिमा व्यस्त छन् ।

मिलिङ मेशिनले धावन मार्गको पुरानो पिच काटिरहेको छ । काटिएको पिच ट्रिपरमा लोड भईसकेपछि तुरुन्तै अर्को ट्रिपर आईपुग्छ । न मेसिन मानिस सुस्ताउछन् । न राकिन्छ मेसिन । कामको गति अचम्म लाग्दो छैन त, छिनको छिनमैं पुरानो पिच उप्काईएको धावन मार्ग नयाँ पिच राख्न तयार भैसक्यो ।

आज ८० मिटर लम्बाईमा नयाँ पिच थपिदैछ । चौडाई २० मिटरको छ । धावन मार्गको मध्यभागबाट १० मिटर दायाँ अनि १० मिटर बायाँ ।बेलुकी १० बजे थालिएको काम बिहानको ३ बज्दा नबज्दै पुरा हुन्छ ।

विमानस्थलको धावनमार्ग हालसम्म ६ सय मिटर मर्मत भइसकेको छ । यहि गतिमा पुरै धावन मार्गमा नयाँ पिच राखिएपछि अन्त्यमा धावन मार्गको पुरै चौडाई ४५ मिटरमानैं एक लेयर पिच थपिनेछ ।

३ हजार ५० मिटर क्षेत्र रहेको धावनमार्ग निर्माणको काम चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेशनले गरिरहेको हो ।

अहिले भईरहेको पुरानो यो धावनमार्ग सन् १९७५ मा बनाईएको थियो । अन्तराष्ट्रिय मापदण्ड अनुसार हरेक १० बर्षमा कालोपत्रे फेर्नुपर्छ । तर यति लामो अवधिमा मर्मतका भरमा मात्र धावन मार्ग सञ्चालनमा ल्याईएको थियो ।

२०७२ सालमा आएको महाभुकम्पपछि धावनमार्गमा सबैभन्दा बढी समस्या देखिन शुरु भयो । निरन्तर पिचको पाप्रा उप्किरहने समस्या दोहोरिएपछि सरकारले पुरै धावनमार्ग परिवर्तन गर्न लागेको हो ।

विमानस्थलले पहिलोपटक रिह्यावसँगै धावनमार्गको विचमा सेन्ट्रल लाईट पनि राख्दैछ । यसअघि धावनमार्गको दायँबायाँ मात्र लाईटको व्यवस्था थियो ।

मर्मतपछि विमानस्थल २४ घण्टा नै सञ्चालन योग्य हुने छ । अहिले धावन मार्गको क्षमता १९६ टनसम्मको जहाज हो भने यसको निर्माण सकिएपछि ३ सय टनसम्मका जहाज ल्याण्ड गर्न सक्ने क्षमताको बन्नेछ । अहिले पिचकै कारण ठुला क्षमताका जहाजलाई उडान अनुमति दिन सकिएको छैन । अब यो समस्यााबाट समेत मुक्त भईन्छनैं पटक पटक पिच उप्किने समस्याको समेत अन्त्य हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित

बिजनेस लिडरको हातमा किताब !

३ दिन अगाडि ५८ सेकेन्डमा पढिने