श्रमिकको आधारभूत चरित्र उद्यमीहरुमा झल्किन्छ

उद्यमीहरुले श्रमिकको परिभाषा र स्तरलाई केहि नयाँ दृष्टिकोण, केहि नयाँ स्वरुप दिएका छन्

हाम्रो कथा २०७६ वैशाख १८ गते १६:३२

तस्वीर : Tech Crush बाट

श्रमिक दिवस भन्दा कसैलाई फ्याक्ट्रीमा भरपुर शारीरिक श्रम गरिरहेको व्यक्तिको झझल्को आउन सक्छ I घण्टौ कुनै क्यास काउन्टर अघि उभिएर निरन्तर काम गर्ने व्यक्तिको झझल्को आउन सक्छ I दैनिक ज्याला दारीको भरमा दैनिक छाक तार्ने कुनै व्यक्तिको झझल्को आउन सक्ला I २१ औँ सताब्दीमा पनि श्रमिक अधिकार, लेबर युनियन, श्रमिक हड्तालको मुद्धा बारे समय समयमा खबर सुन्नमा आएकै छ I

कतिपय अवस्थामा दास प्रथाको अन्तयलाई श्रमिकहरुको विजय भनेर बुझिन्छ I श्रमिकहरुसंग सम्बन्धित झझल्को केहि हदसम्म हामी सबैको मन मस्तिष्कमा छ।

यद्यपी, यी विषय वस्तुलाई अहिले हामीले धेरै जोड नदिएको भए पनि यी विषय वस्तुको सान्दर्भिकता अहिलेको युगमा अझ ठुलो छ I दैनिक ८ घण्टा काम, हप्ताको ६ दिन काम, पर्याप्त सुत्केरी बिदा, बिरामी पर्दाको बिदा, न्युनतम पारिश्रमिकको आश्वासन, बिना विभेद महिला र पुरुषबीच पारिश्रमिक वितरण जस्ता कुराहरुबारे हामी अहिले पनि गहिरिएर सोच्दैनौं I परिणाम स्वरुप, अहिलेको औद्योगिक युगमा श्रमिकहरुको संघर्ष उत्तिकै कठोर हुन जान्छ I

सबै ग्लैमर, आत्म-सम्मान, आत्म-निर्भरता र स्ट्रगलले भरिपूर्ण बिजनेसको दुनियाँ – जहाँ प्रोफिट छ, काम गर्ने स्वतन्त्रता छ, कामको सम्मान छ त्यहि पनि हामी श्रमिक दिवस मनाईरहेका छौँ I विश्वको ८० भन्दा धेरै राष्ट्रहरुमा श्रमिक दिवस मनाईन्छ I सबै वर्गमा पर्ने कामदार – उद्यमी, डाक्टर, इन्जिनियर, व्यवस्थापक वा समाज सेवी, यी सबैले हाम्रो श्रम बजारको एक मुष्ट प्रतिनिधित्व गर्दछन् I

हामी किन काम ‘श्रम’ गर्दछौं ?

हामी सबैलाई विगतका यस्ता घटनाहरु याद छन् जहाँ स-साना केटाकेटीहरुले होटेल रेस्टुरेन्टको कुनामा भाडा माझि रहेका हुन्थे, खाना पस्कि रहेका हुन्थे I अहिले ती दृश्य बिरलै देखिन्छन I श्रमिक आन्दोलन “लेबर मुभमेन्ट” पछी सबै श्रमिकको समान दायित्व र सम्मान छ I

कुनै क्षण महसुस हुन्छ कि यो सबै त समय, प्रविधि, संस्कृति, शिक्षा, वैश्वीकरणको परिणाम हो I मानिस सभ्य भई सके I कामकाज व्यवस्थित भई सके I काम गर्ने हो, केहि फल लिने हो, आत्म-सम्मान खोज्ने हो I सबैको इच्छा, त्यति नै हो त ?

तर, अहिले धेरै जनसंख्या यस्ता छन् जसलाई काम र श्रमको मुल्य बारे असिमित प्रश्नहरु छन् । आफुलाई श्रमबारे धेरै कुराले पिरोलिदाँ आफ्नो काम र आत्म-गौरव, आफ्नो काम र आफु बीच भावनात्मक सम्बन्ध खोज्न थाल्छन्। उनीहरुलाई दैनिक ८ घण्टा कुनै गाडी मर्मत गर्नले मात्र सन्तुष्टी दिन छोड्छ I उनीहरुमा आफै गाडी बनाऊ, आफै गाडीमा रंग भरौं भन्ने भाव पलाउन थाल्छ I

श्रमको सम्मान

हामीले देख्दै आएका छौँ कि धेरै जसो उद्यमीहरु कामलाई सकारात्मक मानसिकता/ मनोभावले हेर्दछन् I उनीहरु आफ्नो सृजनशीलता प्रस्तुत गर्न सधैं आतुर देखिन्छन्, आफ्ना बौद्धिक क्षमताहरु बुझ्दै जान्छन् I ती क्षमताहरुलाई बढाउदै लैजान्छन् I आफ्ना सपना र परिकल्पनाहरुलाई राम्रो आकारमा ढाल्दै लैजान्छन् I

उद्यमीहरुको काम प्रतिको लगाव, दायित्व र वाध्यताहरुले गर्दा श्रमिकको आधारभूत चरित्र उद्यमीहरुमा पनि झल्किन्छ I परिणाम स्वरुप, उद्यमीहरुले श्रम र श्रमिकहरुको स्तर र परिभाषालाई केहि नयाँ दृष्टिकोण, केहि नयाँ स्वरुप दिएका छन् I श्रमिक र श्रम बीच गहिरो भावनात्मक सम्बन्ध गासेका छन् I रोजगारदाता र रोजगार बीचको अन्तर निकै कम गरेको छ I

कुनै खेलौना फ्याक्ट्रीमा पाट-पुर्जा मिलाउनु भन्दा आफ्नै हातले खेलौना बनाउँदा बढि गर्व महसुस हुन थालेको छ। स्वामित्वको भावनालाई हामीले सन्तुष्टीको उच्च मापदण्डमा राखेका छौँ  I साना उद्योगहरुमा कामको सम्मान, सीपको कदर र गुणस्तरको मुल्य उच्च देखिन थालेको छ ।

समाजमा उद्यमशीलताको मुल्यांकन उच्च हुदाँ, उद्यमशीलताको उच्च भावले श्रमिकहरुको स्तर र मुल्यांकनमा राम्रो टेवा पुर्याउने क्रम अझ बढ्दै गएको छ I त्यसै पनि भनिन्छ नि, ‘उद्यमीहरुले समाजलाई निरन्तर रुपान्तरण गर्दै छन्  I’

सायद कुनै दिन भविष्यमा श्रमिक दिवसलाई काम गरी खानेहरुको दिन वा उद्यमी दिवस भनी पर्यायवाची शब्द झैँ प्रयोग गर्ने दिन पनि छिटै आउला I

(यो लेख Your Story बाट नेपालीमा अनुबाद गरिएको हो I )

अंग्रेजीमा पढ्नको लागी :- https://yourstory.com/2015/05/entrepreneurs-international-workers-day?fbclid=IwAR0t-G2IsU-KRYg3ioIEvPzRijptXB3EyxYDOypgMes06ye4A_1Dp-Sz7V8

प्रतिक्रिया