विस्तार हुदैछ – सानो सोचमा ठुलो सपना !

पंकज खड्काको कथा हामीले केही महिना अगाडी प्रस्तुत गरेका थियौ I जो युवाले आधुनिकताले सम्ल्पन मुलुक अस्ट्रेलिया बाट आफ्नै देश फर्केर रेस्टुरेन्ट व्यवसाय सुरु गरे I नेपाल फर्के पछि पंकजले व्यवसायका सुरुवाती दिनमा व्यावसायिक असफलता र सङ्घर्ष कति सम्म गर्नु पर्‍यो त यो पक्षलाई अगाडीको कथामा हामीले समेटेका छौ I

हाम्रो कथा २०७६ वैशाख १५ गते १७:३४

सानो सोचमा ठुलो सपना’ यही नाराका साथ सञ्चालित ‘माइकल ग्रिल’ ले मध्यबानेश्वोर स्थित आफ्नो पहिलो शाखाको उद्घाटन गरेको छ I
सञ्चालक पंकज खड्का भन्छन्, “एउटा सपना छ I त्यही सपनाको लागि काम गरिरहेको छु I दैनिक रूपमा जसरी आफ्ना कमजोरीलाई पहिलाउदै र सम्भावनालाई केलाउँदै निरन्तर कामको प्रतिफलका रूपमा आज हामी ‘माइकल ग्रिल’ को आउट लेट सम्म आइपुग्न सफल भएका छौँ ” I


सुरु बाटै नेपाली स्थानीय खानालाई प्राथमिकतामा राखेर काम गरिरहेको यस रेस्टुरेन्टले आफ्नो पहिलो शाखामा पनि यसलाई नै जोड दिएको छ I समय र परिस्थिति अनुकूल चल्नु पर्ने कुरामा पनि पंकज सहित उनको समूह सचेत छ I मुख्य रूपमा सेकुवालाई आफ्नो व्यावसायिक प्राथमिकताका साथ स्थापित ‘माइकल ग्रिल’ ले ग्राहकहरूको अथक साथ मात्र नभएर निरन्तरको सुझाप, सहयोगका कारण नै ग्राहक कै माग अनुरूप शाखा बिस्तार गरिएको पंकजको भनाइ रहेको छ I उनका अनुसार पहिलो ‘माइकल ग्रिलमा’ परिवार र कर्पोरेट क्लाइन्ट लाई बस्ने र स्मोकिंग जोनहरू सँगै भएका कारणले परिवार र बच्चाका निम्ति केही असहज अवस्था थियो I यस शाखामा भने नंस्मोकिंग जोनको व्यवस्था गरिएको छ I पहिले माइकल ग्रिलमा बच्चाका निम्ति त्यति रमाइलो माहौल दिन नसकेको अवस्थामा अब को शाखाले बच्चालाई खेल्ने गार्डेन, फेमिली रुम र नेपानी स्न्याक्स मात्र नभएर नेपाली खानालाई पनि जोड दिइएको छ I यस किसिमका थप विशेषताका साथ ‘माइकल ग्रिल’ ले आफ्नो पहिलो शाखा बिस्तार गर्दै छ I

पहिलो ‘माइकल ग्रिल’ बाट पंकजले के कुरा सिके त ?
पंकज भन्छन्; “ हामीले के गर्दै छौँ र कसको लागि गर्दै छौँ भन्ने कुरा चाही हामीले सबैभन्दा पहिला दिमागमा राख्नु पर्छ I सायद ग्राहक नै नभइदिएको भए ? आज हामी यहाँ हुने थिएनौ I ‘माइकल ग्रिल्स’ को प्राथमिकतामा सधैँ पहिलो ग्राहक,दोस्रो काम गर्ने टिम र तेस्रोमा चाहिँ लगानी कर्ता हुन् I त्यस कारण हाम्रो पहिलो प्राथमिकता भनेको ग्राहकका निम्ति रहन्छ I किनकि हामी जे गर्छौ, भोलिको दिनमा जे सुधार्छौ यी सबै काम गर्ने भनेको ग्राहकको कारण र ग्राहक को निम्ति नै हो I द्रोस्रो हाम्रो समूह; जसले यहाँ; दिन रात मेहनत गर्छन् I सेवाको होस् या भान्सामा होस, जो दिन रात खटेकै हुन्छ I अनि तेस्रोमा लगानी कर्ता रहन्छ I यही हिसाबले हामी आफ्ना महत्त्व अनुसारका विषयलाई प्राथमितामा राख्दै अगाडी बढेका छौँ I

पहिला हामी हल भित्र थियौं I अलि खुल्ला र बगैँचा भएको ठाउँ, अलि शान्त र पारिवारिक वातावरण भएको ठाउँ ग्राहकहरूको माग रहेको कारण हामीले यो लोकेसन (ठेगाना) मा आफ्नो पहिलो शाखा स्थापना गरेका छौ I सिक्ने कुरामा ‘माइकल ग्रिल’ले मलाइ सबैभन्दा धैर्य सिकायो र अर्को व्यवस्थापन सिकायो I व्यावसायिक सफलताको मुख्य आधार पनि यी दुइटा विषय नै हुन् भन्ने लाग्छ I सुरुका दिनमा हामी सँग पाँच जना कर्मचारी थिए I त्यसपछि हामी मेहनत गर्दै गयौ I कर्मचारीको सङ्ख्या दश पुग्यो I दश बाट बाह्र भयो I जहाँ; पाँच जना कर्मचारी बाट बाह्र जना लाई व्यवस्थापन गर्न सक्छु भन्ने भए पछि व्यवस्थापकीय पक्ष चाही मैले त्यहाँ सिके I त्यस कारण हिजो त्यो सिकेको कुराले गर्दा नै आज हामी यहाँ बिस जनालाई रोजगार दिँदै छौँ I हाल एक वर्षको अन्तरालमा हामीले ‘माइकल ग्रिल’ को मध्यम बाट तेत्तिस जना युवालाई रोजगार दिन सफल भएका छौँ I म आफू व्यक्तिगत रूपमा सबैभन्दा खुसी पनि यसै कारण छु I अर्को भनेको ग्राहकको मनास्तिती बुझ्ने अवसर मिल्यो I सुरुवाती दिनमा हाम्रो खानामा स्तरीय स्वाद थिएन I तर हाम्रो ब्यभाहार कै कारण ग्राहकले सर सल्लाह दिँदै, सहयोग गर्दै हामी लाई यहाँ सम्म ल्याईपुर्याउनु भयो I एउटा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न खानको स्वाद भन्दा पनि ग्राहक प्रतिको व्यवहारले फरक पार्ने रहेछ I यही कुरा पहिलो ‘माइकल ग्रिल’ले सिकायो I

पंकजको बुझाइमा व्यवसायी सफलका सूत्र चाहिँ के-के हुन त ?
सबैभन्दा प्रमुख त मेहनत नै हो I जहाँ सम्म मेरो बुझाई छ , अहिलेको पुस्तामा यो म देख्दिन I अहिले सबै टेक्नोलोजीको जमाना आएको छ I को लाटो छ, को बाठो छ भन्ने नै छैन I केवल यति मात्र हो कि; मेहनत र परिश्रम कत्तिको गरेको छ ? चलाख त सबै छन् I तर खट्न नसक्ने, मेहनत गर्न नसक्ने चुक्ने या असफल हुने भनेको नै त्यही हो I त्यस कारण मुख्य सूत्र भनेको आफूले जे काम गरिरहेको छ त्यो काममा समर्पित भएर मेहनत गर्नु पर्‍यो I यति गरिसके पछि असफलता भन्ने कुरा त छँदै छैन I

माइकल ग्रिलले व्यवस्थापकीय पक्षलाई कसरी व्यवस्थापन गरेको छ त ?
अब हामी सबैकुरा केन्द्रीकरण गर्दै छौ I जस्तो कि; कर्मचारी तालिम, हाम्रो लेखा, कमचारी छनोट तथा नियुक्ति, भान्साको खाना यी सबै कुरा हामी एउटा ठाउँ बाट मात्र पूर्ति गर्छौ I एक ठाउँकोको सेवा यस्ता अर्को ठाउको यस्तो तथा एक ठाउको स्वाद यस्तो अर्कोको यस्तो भन्ने नहोस् I यो कुराको नकारात्मक असर ग्राहकमा नपरोस भन्ने विषयमा हामी सजग छौ I त्यस कारण हाम्रो स्वादको सम्बेदंसिलता लगायत अन्य सम्पूर्ण एक ठाउँ बाट नियन्त्रण होस् I एक ठाउँबाट सबै नियन्त्रण गर्न का निम्ति सबै कुरा हामी केन्द्रीकरण गर्दै छौ I यसको मुख्य कारण भनेको हालको ‘माइकल ग्रिल’ र आगामी शाखा मा सेवा सुविधाको स्तर तथा खानको स्वादमा मा एक रुपता होस् I

माइकल ग्रिलका आगामी योजना
माइकल ग्रिलका सञ्चालक पंकज खड्का का अनुसार आगामी असार भित्र अन्य तिन वटा शाखा बिस्तारका योजना रहेका छन् I जसमा पोखरा, तीनकुने र बसुन्धारा मा एक वर्ष भित्र यी तिन वटा शाखालाई सञ्चालनमा ल्याउने र त्यसपछिको अर्को एक वर्ष भित्र मास्टर फेन्साइसको सोच रहेको पंकजले बताउनु I जस अन्तरगत; काठमाडौँ मा मात्र सीमित नरहेर देशका प्रमुख सहर सम्म माइकल ग्रिल लाई पुर्‍याउने योजना रहेको छ I ‘माइकल ग्रिल’ले आफ्नो पहिलो शाखा बिस्तार सम्म आहिपुग्दा;पोर्चुगल मै होटेल व्यवसाय सञ्चालन गरिरहेका नेपाली एन.आर.एन युवा नवीन आचार्य लाई पनि आफ्नो संस्थामा लगानी कर्ताका रूपमा भित्र्याएको छ I पंकज थप्छन्; आगामी दिनमा पनि यसरी नै बाहिर रहेका नेपाली ! जसले नेपालमा व्यावसायिक सम्भव देखेका छैनन्  I  यस्ता व्यक्तिहरू लाई लगानी कर्ताको रूपले भित्र्याउने हाम्रो लक्ष रहेको छ I यहाँ गर्न खोज्यो र गर्‍यो भने अपार सम्भावना रहेको उदाहरण हामी पस्किन्छौ I नेपाली युवालाई हामी निराशा खोँच बाट सम्भावनाको बाटो हुँदै सफलताको शिखर चुम्ने साहस र प्रेरणा दिन चाहन्छौ  I

प्रस्तुती: ईश्वर लुइँटेल

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ दिन अगाडि १ मिनेटमा पढिने

अफिसियल रुपमा ‘खुशी’ !

३१ साउन , २०७६ ४ मिनेटमा पढिने