ढाकाले ढकमक्क परेको ‘बुटिक’ !

ढाका व्यवसायमा रमाएकी नारी निर्मला आङ्बुङ् 'निरु'

हाते तुंगबाट बनाइने तेह्रथुमे ढाका एक हस्तकलाको उत्पादन अर्थात् हातले बुनिएको ढाकाको उत्पादन हो I ढाकाले नेपालको मौलिक संस्कृतिको लामो इतिहास समेत बोकेको छ I

हाम्रो कथा २०७६ वैशाख १२ गते १६:०५

तेह्रथुम कि  निर्मला आङ्बुङ् ‘निरु’ ले आज भन्दा पाँच वर्ष अघि ललितपुरको नखिबोटमा “तेह्रथुमे ढाका बुटिक” सुरु गरेकी हुन् I आफ्नै घर गाउँमा उत्पादित ढाकाको उत्पादनलाई नै उनले ललितपुर सम्म ल्याएर त्यसमा केही स्वरूप दिन मिले सम्म दिएर त्यसलाई व्यावसायिक रूपमा बिक्री गर्ने गरेकी छिन् I

निरु आङ्बुङ्ले व्यवसाय कसरी र के उद्देश्यका साथ सुरु गरिन त ?

अध्ययनका निम्ति करिब ६ वर्ष पहिले राजधानी छिरेकी निरुले यहाँको महँगी र जीवन शैलीमा भिजी सके पश्चात् पढाइ सँगै केही न केही त गर्नै पर्ने रहेछ भन्ने महसुस गरिन I के गर्ने त भनेर धेरै सोचिन I अन्त्यमा उनको मन आफ्नै गाउँ-घर सम्म पुगेर रोक्कियो I त्यही समय आफ्नै स्थानीय ढाकाको लोकप्रियता बुझिन I अनि निरुलाइ लाग्यो कि; यति लोकप्रिय र आफ्नै गाउँ-घरको उत्पादनलाई प्रवर्द्धन हुने किसिमले किन व्यवसाय नगर्ने ? यही सोचका साथ उनले आजभन्दा पाँच वर्ष अघि तेह्रथुमे ढाका बुटिक सुरु गरिन I हाते तुंगबाट बनाइने तेह्रथुमे ढाका एक हस्तकलाको उत्पादन अर्थात् हातले बुनिएको ढाकाको उत्पादन हो I ढाकाले नेपालको मौलिक संस्कृतिको लामो इतिहास समेत बोकेको छ  I

निरुले यस प्रकारले मौलिक संस्कृति बोकेको आफ्नो स्थानीय उत्पादनको प्रवर्धन द्वारा आफ्नो मौलिक पोशाकको जगेर्ना गर्ने, आजका पुस्तालाई आफ्नो पहिचान बोकेको ढाकाको महत्त्व बुझाउँदै नयाँ पुस्तालाई ढाकाबाट निर्मित पोशाक प्रयोगका लागि प्रोत्साहन गर्ने , अन्तर्राष्ट्रिय बजारमा ढाकाको प्रवर्धन तथा प्रचार प्रसार गर्ने, ढाका प्रयोग गरी विभिन्न डिजाइनका आकर्षक पोशाकहरु तयार गर्ने लगायत लक्षका साथ काम गरिरहेकी छिन I

ढाकाको उत्पादन कसरी तयार हुन्छ त ? अनि के कारणले गर्दा अन्य कपडाको तुलना ढाका महँगो हुने गर्दछ ?

निरु आङ्बुङ्का अनुसार ढाका कुनै मेसिनबाट नभएर हातबाट बुनिने कपडा हो I धेरैमा एक  व्यक्तिले एक दिनमा दश इन्च सम्म ढाकाको कपडा बुन्न सक्छ I धागो सँग काम गर्नु पर्ने हुन्छ I धागो लाई  तान लगाएर बनाइने कपडा हो I तान छुट्टै लगाइन्छ, यसको बुट्टा छुट्टै भरिन्छ I यसको बुट्टाहरूमा पनि फरक  हुन्छ, ठुलो किसिमको बुट्टा छ भने अलि चाँडो बनाउन सकिन्छ तर अलि सानो किस्किमको बुट्टा भयो भने अलि बढी समय लाग्ने हुन्छ I

यही कारणले गर्दा नै यो अन्य कपडाको तुलना केही महँगो पर्न जान्छ I

तेह्रथुमे ढाका बुटिक ढाकाका के-के उत्पादनहरू उपलब्ध छन् त ?

तागा, मेख्ली, कोट, साडी ( विशेष गरी बुट्टे र आराधारे ), टोपी, टाई, पछ्यौरा, मफलर, रुमाल, वेस्ट कोट, जुवारी कोट, दाउरा सुरुवाल, सिलामसाक्मा,सर्ट, लङ कोट (पुरुष र महिला दुवै का निम्ति), लेहेंगा चोली, वन पिस, कुर्ता सलवार, गाउन, आउटर, ढाका बोर्डर जर्जेट सारी, मेख्ली गाउन, कि-रिङ, सिलामसाक्मा प्रिन्ट टेड उनिको झोला,ढाका प्रिन्ट टेड सारी लागत उत्पादन तेह्रथुमे ढाका बुटिक मा उपलब्ध छ I

निरु आङ्बुङ् आफ्ना ग्राहकहरूको सम्बन्धलाई कसरी व्यवस्थापन गरेकी छिन त ?

तेह्रथुमे ढाका बुटिकमा एक पल्ट आएको व्यक्ति फेरी पनि फर्केर आउने गुणस्तर आफूले दिएका कारणले आफ्ना ग्राहक सँग भावनात्मक सम्बन्ध कायम गर्न सफल भएको निरुको भनाइ छ I उनी भन्छिन्, “आफूले क्वान्टिटीलाई भन्दा पनि क्वालिटीलाई जोड दिएकि छु I फिनिसिंग राम्रो होस ताकी; एकपल्ट आएका ग्राहक फर्केर फेरी पनि आउन I” निरुका अनुसार आफ्नो उत्पादन बाट आफ्ना सम्पूर्ण ग्राहक पनि सन्तुष्ट रहेका छन् I आफ्नो उत्पादनमा कलर, कम्बिनेसन र क्वालिटी का विषयमा ग्राहकको सकारात्मक प्रतिक्रिया रहने गरेको उनको प्रतिक्रिया छ I यसै कारणले आफ्ना नियमित ग्राहकहरू  बनेको उनको बुझाइ रहेको छ I

गुणस्तरलाई मुख्य जोड दिएकी निरुले यहीँ का केही व्यापारीले पसल ढाका उत्पादन ल्याइदिन्छु भन्दा पनि उनी आफ्नै तेह्रथुम कै उत्पादन ल्याउने गरेकी छिन I किन भने अन्य तथा आफ्ना आँखाले नदेखेका उत्पादन प्रति उनलाई विश्वास नै छैन I त्यस्तो उत्पादन सस्तो त होला तर त्यो उत्पादनको रङ्ग खुइल्यो भने वा यस प्रकारका अन्य कुरा समस्या आयो भने आफू प्रतिको ग्राहकको विश्वास हराउने विषय निरु सजक छिन I

 निरु आङ्बुङ् ले मार्केटिङलाई चाहिँ कात्तिको महत्त्व दिएकी छिन त ?

निरुले बिशेष गरी मार्केटिङलाई पनि महत्त्व दिएकी छिन I मिस लिम्बुको अफिसिय ड्रेस डिजाइन निरुले नै गर्दै आएकी छिन I यस बाहेक विभिन्न विभिन्न फेसन सो, ब्युटी प्याजन काम गर्ने गरेकी छिन I

उनी अहिले केही गर्न खोज्दै गरेका युवाहरू लाई भन्छिन् कि तपाईँ पढेर विदेश जाने सोच बनाउँदै हुनुन्छ भने त्यसको विकल्प नेपालमा पनि केही गर्न सकिन्छ I जस्तै उदाहरणका निम्ति यही मेरो ढाकाको व्यवसायलाई हेर्न सक्नु हुन्छ I यसमा अझै धेरै गर्न सकिने ठाउँहरू छन् I

प्रस्तुती : ईश्वर लुइटेल

प्रतिक्रिया