सेनाले सिकाउने विशेष ५ रणनीति !

“द आर्ट अफ वार” किताबको सारांश

हाम्रो कथा २०७६ वैशाख ११ गते १५:५७

करिब २५०० वर्ष अघि लेखिएको एउटा यस्तो किताब छ, जसलाई अहिलेसम्म निकै उपयोगी मानिन्छ I सेनाको तालिममा यो किताब विशेष गरी प्रयोग हुन्छ I किताबको नाम हो “द आर्ट अफ वार” अर्थात् ‘युद्ध लड्ने कला’ I

किताबमा सिकाइएको ‘युद्ध लड्ने कला’ का पाठ सेनामा मात्र प्रयोग नभएर बिजनेस र हाम्रो दैनिकीमा पनि प्रयोग हुन्छन् I हामीले आफ्नो दैनिक जिन्दगीमा पनि स-साना लडाइँहरू लडी रहेका हुन्छौँ I

किताबमा मुख्य सेनाका ५ रणनीतिबारे बुझाइएको छ I यो रणनीतिलाई हामीले सफलताको सिद्धान्त भनेर पनि अपनाउन सक्छौँ I

१) कुन बेला लडाई / झगडा गर्ने र कुन बेला लडाई / झगडा नगर्ने

यसो सोचौँ त, लडाई / झगडा गर्दा हाम्रो समय, पैसा र ऊर्जा कति खर्च हुन्छ ? हानी हुन्छ भन्ने कुरा थाहा हुँदा हुँदै पनि हिँड्दा हिँड्दै कसैले सानो ठेस लगाई दियो भने पनि हामी कराउन, चिच्याउन तत्पर हुन्छौँ I

यस्तो व्यवहार देखाएर आफू साहसी छु भनेर प्रमाणित गर्न खोज्छौँ I तर, यस्तो व्यवहार देखाउँदा हानी मात्र हुने हो I यसमा गर्व गर्नु पर्ने कुरा केही पनि छैन I त्यसैले, लडाई त्यति बेला मात्र गर्ने हो जति बेला लडाई अति आवश्यक बन्न जान्छ I जति बेला लडाई बाहेक अरू कुनै विकल्प नै हुँदैन I याद रहोस्, लडाई भनेको अन्तिम विकल्प हो I त्यसैले लडाइको समयलाई संक्रमणकाल पनि भनिन्छ I

२) यदि प्रतिपक्ष छिटै रिसाउँछ भने प्रतिपक्षको रिस उठाई दिए मात्र पुग्छ

रिस उठेको मान्छेले निश्चित रूपमा एउटा काम चाहिँ गर्छ I त्यो काम हो – उसले गल्ती गर्छ I रिस एक नकारात्मल्क भाव हो I रिसले हाम्रो शरीरलाई कुनै चापमा परेको अनुभूति दिलाउँछ र हामी कुनै सानो वा ठुलो गल्ती गर्न पुग्छौँ I

आधुनिक समयमा हाम्रो वरिपरि नकारात्मक भाव उजागर गर्ने विज्ञापन, समाचार, नेतामा भाषण धेरै सुन्न पाइन्छ I डर, त्रास, असुरक्षित हुनुको अनुभाती जस्ता भावनासँग खेलेर सजिलै उनीहरूले हाम्रो मन माथि जीत प्राप्त गर्दछन् I

त्यसैले, अरूले रिस उठाउँदा शान्त रहन सक्ने व्यक्तिले मात्र दिर्धकालिन सफलता हासिल गर्न सक्छ I

३) आफूलाई चिनौँ, आफ्नो प्रतिपक्षीलाई चिनौँ

एउटा उदाहरणको सहायताले बुझौँ I जागिरको अन्तर्वार्ता दिन जाँदा अति पय व्यक्तिलाई थाहा पनि हुँदैन कि उनीहरूले अन्तर्वार्ता दिदैं गरेको कम्पनीको उद्देश्य के हो ? कम्पनीले सर्वसाधारणलाई के-कस्तो सेवा दिन्छ ? हामीले त्यो कम्पनीमा काम गरेर के योगदान दिन सक्छौँ ?

अब अर्को पक्ष – अन्तर्वार्तामा आफ्नो बारे केही बताउन भनिन्छ I धेरै जनालाई आफ्नो बारेमा ५ मिनेट बोल्न पनि गाह्रो पर्छ I

त्यसैले, अरूसँग काम गर्नु छ भने आफ्नो बलियो पक्ष र कमजोर पक्षबारे आफूलाई ज्ञान हुनुपर्छ I आफ्नो बलियो पक्ष, आफ्ना गुणहरूबारे अरूलाई विश्वास दिलाएर नै हामीले सफलता हासिल गर्ने हो I थप, अरूको बलियो पक्ष र कमजोरीबारे आफूलाई ज्ञान भए नै हामीले उनीहरूको स्वभावलाई मेल खाने गरी आफ्नो काम-कुरा प्रस्तुत गर्न सक्छौँ I

४) अरूको ध्यान केन्द्रित गरेर छलकपट गर्न सकिन्छ

एउटा उदाहरणको सहायता बुझौँ I यो सारांश लेख्ने क्रममा यदि कोही बिचमा आएर किताबबारे तर्क गर्न थाल्छ, लेख्दा-लेख्दै बिचमा तोकेर शब्द संरचनामा टिप्पणी गर्छ, लेख्दा-लेख्दै चिया पकाउन लगाउँछ भने यस लेखले बोकेको लक्ष्य अन्तयसम्म फेरबदल हुन जान्छ I कतिपय अवस्थामा काम बिचमै छोड्ने सम्भावना पनि हुन सक्छ I

त्यसैले, आफ्नो काममा केन्द्रित रहन सक्नुपर्छ I लक्ष्यबाट दायाँ बायाँ पुर्‍याउने शक्तिहरू हुन्छन् तर आफ्नो लक्ष्यमा केन्द्रित रहने काम भने आफूले मात्र गर्ने हो I

५) पूर्वतयारी गरी रहनु पर्छ

हामीले अमिला र फट्याड़ग्रो कथा पहिले पनि सुनेका छौँ होला I गर्मीको समय फट्याड़ग्रो मज्जाले खादै, रमाउँदै बाचिरहेको थियो I त्यही बेला कमिला भने जाडोको समयमा काम लाग्छ भनेर खाना सङ्कलन गरी भण्डारण गर्दै थियो I कमिलाले फट्याड़ग्रोलाई खाना सङ्कलन गर्ने सुझाव धेरै पटक दिए पनि फट्याड़ग्रोले भने कमिलाको सुझाव मानेन I

जाडो आउँदा फट्याड़ग्रोलाई खाना खोज्न निकै कष्ट भयो I खानाको खोजी गर्ने क्रममा फट्याड़ग्रोको मृत्यु भयो I कमिलासँग भने जाडो भरी खान पुग्ने खानेकुरा भण्डारण भएको थियो I कमिला आनन्दले बच्यो I त्यसैले, अनुमान गर्न सकिने समस्याहरूसँग जुध्न पूर्वतयारी गर्नु निकै जरुरी हुन्छ I

तस्वीर : The Daily Reckoning

 

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ भदौ , २०७६ १ मिनेटमा पढिने

आज कामको पहिलो दिन

१ भदौ , २०७६ ४२ सेकेन्डमा पढिने