हरेक नेपालीको ‘बैंक खाता’ : हामीलाई के फाइदा ? देशलाई के उपलब्धी ?

अहिलेको अवस्थामा हाम्रो देशमा लगानी गर्ने रकमको अभाव छ I यहाँबाट आउने पुँजी निर्माणले लगानीको अभाव कम गर्छ I यसरी पुजी निर्माणले अर्थतन्त्रलाई पनि राम्रो सहयोग पुर्याउछ I

हाम्रो कथा २०७६ वैशाख ६ गते १७:५४

यस २०७६ सालमा समस्त बैंकहरुले सबै नेपालीको बैंक खाता खोलाउने उद्देश्य बोकेका छन् I यसो गर्दा हामी सर्व-साधारणलाई के फाइदा ? समस्त राष्ट्रले के-कस्तो उपलब्धी हासिल गर्छ त ?

१) सामाजिक सुरक्षा लगायत राज्यले सुनिश्चित गरेका सबै सेवा- सुविधा उपभोग गर्नका लागी बैंक खाताले साधकको भूमिका निर्वाह गर्दछ I जस्तै कि : बैंक खाता भए मात्र हाम्रा आमा-बुबाले बृद्ध भत्ता लिन सक्नुहुन्छ I

२) ‘खोलौं बैंक खाता’ अन्तर्गत बैंक खाता खोल्दा सुरुवाती १ सय रुपैंया बराबर रकमको बैंकले नै योगदान गरिदिने छ I  यस्तो सुबिधा कहाँबाट ? बैंकहरुले अनिवार्य रुपमा आफ्नो आम्दानी १ प्रतिशत रकम सामाजिक दायित्वमा खर्च गर्नु पर्छ I त्यस मध्य बैंकहरुले सामाजिक दायित्वको १ प्रतिशत रकम ‘खोलौं बैंक खाता’ कार्यक्रममा योगदान गर्ने छ I

३) गैर-बैंकिङ्ग च्यानलमा रहेका पैसालाई अनौपचारिक रुपमा रहेका अनगन्य पैसा औपचारिक बैंकिङ्ग च्यानलमा आई पुग्दा सो रकमले अन्तरिक पुजी निर्माणमा सहयोग पुर्यौछ I

४) अहिलेको अवस्थामा हाम्रो देशमा लगानी गर्ने रकमको अभाव छ I यहाँबाट आउने पुँजी निर्माणले लगानीको अभाव कम गर्छ I यसरी पुजी निर्माणले अर्थतन्त्रलाई पनि राम्रो सहयोग पुर्याउछ I

५) बैंकमा पैसा जम्मा गर्दा बचतको बानीलाई पनि उत्प्रेरित गर्दछ I

६) छरपष्ट श्रोतहरुमा पैसा जम्मा हुदाँ हिसाबकिताबको अव्यवस्थित हुने जस्ता समस्याहरु पनि निकै कम हुन जान्छ I

यी कारणहरुले हामी सर्वसाधारण र हाम्रो देशलाई नै फाईदा पुर्याउने भएकाले ‘खोलौं बैंक खाता’ लाई राष्ट्रिय अभियान स्वरूप अघि बढाईएको हो I

(नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानासँग बिनोद कुमार चौलागाईंले गरेको कुराकानीमा आधारीत I)

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ दिन अगाडि १ मिनेटमा पढिने

अफिसियल रुपमा ‘खुशी’ !

३१ साउन , २०७६ ४ मिनेटमा पढिने