कसरी सम्भव भयो होला एक वर्ष अघि नै ‘सुरुङ ब्रेक थ्रु’ ?

टनेल बोरिङ मेसिन अर्थात टिबिएम मेसिन जसको साहाराले निमार्ण सम्पन्न हुने लक्ष्य राखिएको करिब १ वर्ष अघि नै सुरुगं निमार्ण सकिएको छ । नेपालकै ईतिहासमा पहिलोपटक एकै बर्षमा ९ किलोमिटर सुरुङ खनिएको छ । परम्परागत प्रविधीवाट खनिएको भए यतिनैं सुरुङ खन्न चार बषसम्म लाग्न सक्थ्यो ।

हाम्रो कथा २०७६ वैशाख ५ गते १९:११

एउटा प्रतिक्षाको घडि सकिएको छ । भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ्ग निर्माण कार्यको ब्रेक थ्रु भएको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार हजारौ स्थानियको सामुन्ने यसको उद्घाटन गर्नुभयो ।

टनेल बोरिङ मेसिन अर्थात टिबिएम मेसिन जसको साहाराले निमार्ण सम्पन्न हुने लक्ष्य राखिएको करिब १ वर्ष अघि नै सुरुगं निमार्ण सकिएको छ ।

नेपालमा यसअघि सम्पन्न सुरुङ आयोजनाहरु ड्रिलिङ वा ब्लास्टिङ प्रविधीबाट गरिन्थ्यो । यसरि परम्परागत तरिकाबाट सुरुङ खन्दा सामान्यतया दैनिक २ मिटर सुरुङ मात्र खन्न सकिन्थ्यो । तर यो यस्तो आयोजना हो, जहाँ हरेक दिन सरदर ४० मिटर वाटो खनिएको छ ।

नेपालकै ईतिहासमा पहिलोपटक एकै बर्षमा ९ किलोमिटर सुरुङ खनिएको छ । परम्परागत प्रविधीवाट खनिएको भए यतिनैं सुरुङ खन्न चार बषसम्म लाग्न सक्थ्यो ।

मेसिन एउटा कारण भयो । यस वाहेक राष्ट्रिय गौरवको यो आयोजनाले जनशक्तिको अभाव कहिल्यै भोग्नु परेन । आवश्यक बजेटको अभाव हुन दिईएन ।

हरेक महिना समस्याको समिक्षा र समाधानका प्रयत्न गरियो । जसका कारण आईपरेका समस्या तुरुन्तै समाधान भए । सामान्य समस्याका कारण पनि आयोजनाका काम रोकिने अवस्था आएन ।

अर्को महत्वपुर्ण कुरा भनेको अविराम काम हो । ३६५ दिनमा यहाँ कुनै पनि दिन र समय काम रोकिएन । २४सै घण्टा आयोजनास्थलमा काम भैरह्यो । १२–१२ घण्टाका दरले २ सिफ्टमा काम भयो ।

अब यो आयोजना बनेपछि  बर्दिया र बाकेको ५१ हजार हेक्टर जमिनमा बाहृै महिना पुर्ण क्षमतामा सिचाई सुविधा पुग्नेछ । जमिनमा सिञ्चाई सुविधा उपलब्ध भएपछि आयोजनाबाट सरकारलाई वार्षिक तीन अर्ब रुपैया वरावरको आम्दानी कृषि क्षेत्रवाट हुनेछ ।

अर्को महत्वपुर्ण कुरा, एउटा नदीबाट अर्को नदीमा पानी खसालेर सिंचाई सुविधा विस्तार गरिने यो नेपालको पहिलो नमुना आयोजना हो । यसै खालका अरु आयोजनाहरु पनि निर्माण चरणमा छन् ।  सुनकोशी मरिन, नौमुरे राप्ति, कालिगण्डकी तिनाउ लगायतका डाईभर्सन आयोजना बन्दैछन् । तराईका ठुला फाँटमा बाहृैमास सिंचाई आयोजना उपलब्ध गराएर कृषिमा क्रान्ति ल्याउने सरकारको योजना छ ।

यो आयोजना सिंचाईका लागि जति महत्वपुर्ण छ विद्युतका लागि पनि उत्तिकै महत्वपुर्ण छ । यहाँवाट उत्पादन हुने करिब ४७ मेगावाट विद्युत आयोजनामा जनताको लगानीवाट तयार पारिनेछ । आउँदो डिसेम्बरदेखी १३२ केभी क्षमताको प्रशारण लाईन र सवस्टेशनको निर्माण हुनेछ । उत्पादित विद्युतबाट ४ अर्ब आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित

बिजनेस लिडरको हातमा किताब !

२ दिन अगाडि ५८ सेकेन्डमा पढिने