पपका सम्रार्टको सल्बलाउने नृत्य !

माइकल ज्याक्सनको जीवन कथा

एउटा निक्कै नै साधारण परिवारमा जन्मिएका माइकल ज्याक्सनको जीवनी आज पनि करोडौका निम्ति प्रेरणाको स्रोत बनेको छ I

हाम्रो कथा २०७६ वैशाख ४ गते १७:१३

पप सङ्गीतका सम्राट् भनी सकेपछी संसार भरिका मानिसको मस्तिष्कमा एउटै दृश्यको नृत्य सल्बलाउन थाल्छ I

तस्वीर : Everett Herald

माइकल जोसेफ ज्याक्सन ! भलै आज हामी बिच माइकल ज्याक्सन छैनन् I तथापि उनलाई चाहने हामी करोडौको मन र मस्तिष्कमा सदाका निम्ति अमर, अजर रूपमा उनी छन् I यी हस्तीको नाम आफ्नो मृत्युको दस कौ पश्चात् पनि संसार भरिबाट पप सङ्गीतको लिस्टमा सबैभन्दा धेरै कमाई गर्ने कलाकारको रूपमा आउँछ I ज्याक्सनले आफ्नो म्युजिक करियरमा तेह्र पल्ट ‘ग्र्ह्यामी अवार्ड’ तथा छब्बिस पल्ट ‘अमेरिकन म्युजिक अवार्ड’ जितेका छन् I यसको अलावा उनको नाममा उन्न-चालिस गिनिज बुक अफ वोर्ल्ड रेकर्ड समेत रहेका छन् I अझ सोच्नै मुस्किल लाग्ने  कुरा त के छ भने; माइकलको मृत्युको खबर पुष्टि का निम्ति गुगल द्वारा मात्र सृफ दश मिनेटमा आठ लाख भन्दा धेरै मानिसले सर्च गरेका थिए I जसले गर्दा ह्याब्बी ट्राफिकका कारण गुगल इन्जिन नै क्र्यास भएको थियो I

एउटा निक्कै नै साधारण परिवारमा जन्मिएका माइकल ज्याक्सनको जीवनी आज पनि करोडौका निम्ति प्रेरणाको स्रोत बनेको छ I

माइक ज्याक्सनको जन्म २९ अगस्ट सन् १९५८ मा अमेरिकाको क्यारी सहरमा भएको थियो I उनका पिताको नाम जोसेफ वल्टर ज्याक्सन थियो I जो अमेरिकी स्टिल कम्पनीमा काम गर्दथे I यसका अलावा जोसेफ पैसाका निम्ति ‘फल्कन’ नामक एक सामान्य ब्याण्डमा गितार पनि बजाउँथे I माइकलकी आमा क्याथरिनलाई पनि सङ्गीतमा निकै लगाव थियो I यसैले बाल्यकाल देखि नै आफ्नो बच्चालाई यो क्षेत्रमा लाग्न उत्प्रेरित गरिन I ज्याक्सन आफ्ना तिन दाइ र पाँच दिदी-बहिनीका बीच हुर्किए I अनि फेरी अगाडी गएर सन् १९६४ मा ज्याक्सन आफ्ना अग्रज दाईहरू द्वारा बनाइएको ब्यान्ड माइकल ब्रदर्स ब्याण्डमा सहभागी बने I जति बेला माइकल ज्याक्सनको उमेर मात्र पाँच वर्ष थियो I

तस्वीर : Pinterest

ज्याक्सन ब्याण्डमा आए पश्चात् उनका अग्रज दाइ हरूले आफ्नो ब्याण्डको नाम बदलेर ज्याक्सन पाँच राखे I यस पश्चात् माइकलले आफ्ना दाइ हरूसँग मिलेर केही वर्ष सम्म स्थानीय विभिन्न क्लबहरूमा धेरै प्रस्तुतिहरू पस्किए I सन १९६८ मा माइकल ब्रदर्सले ‘मोटोवन रेकर्ड’ सँग सम्झौता (कन्ट्रयाक) गरे I तब उनको सम्पूर्ण परिवार ‘क्यारी’ सहर छाडेर ‘लफएन्जलस’ सहरमा पुगे I सन् १९६९ मा यस ब्याण्डको पहिलो एलबम ‘डायना रोष प्रेजेन्ट’ ‘द ज्याक्सन ५’ रिलिज गर्‍यो I उक्त एलबमका सम्पूर्ण गीतमा दर्शकको एक दमै राम्रो प्रतिक्रिया रह्यो I यो एल्बम रिलिज गर्दै गर्दा माइकल केवल एघार वर्षका थिए I

तस्वीर : Michael Jackson World Network

यसको एक वर्ष मै सोही रेकर्डिङ द्वारा ‘ए बि सी’ एल्बम रिलिज गर्‍यो I यस एल्बमको ‘आइ वान्ट टु ब्याक’ एकाएक हिट भयो I उक्त गीत एक हप्ता भित्र बिल्बोर्ड मै उत्कृष्ट दश मा पर्न सफल रह्यो I यसरी लगातार दुई हिट एल्बम पस्थात माइकल विश्व स्तर मै तीव्र गतिमा चर्चित बन्न थाले I अब; ज्याक्सन परिवार मा पनि पैसाको वर्षा सुरु भैसकेको थियो I सन १९७१ मा स-परिवार  क्यालिफोर्निया बसाई सरेर पायो I सन् १९७२ देखि १९७५ सम्म मोटोन सँगको सहकार्यमा माइकलले चार सोलो एल्बम पनि निकाले I जसमा २४ जनवरी सन १९७२ मा रिलिज गरिएको ‘गड टु बि देयर’ र ४ अगस्त मा रिलिज भएको ‘बेन’ एल्बम संसार भरि चर्चित बन्यो I सन् १९७९ मा माइकलले ‘एपिक एल्बम’ सँगको सहकार्यमा आफ्नो पहिलो सोलो एल्बम ‘अफ द वल्ड’ पस्किए I जसको सात मिलियन कपि बिक्री भयो I यद्यपि माइकलको सबैभन्दा ठुलो सफलता सन् १९८२ मा ‘एपिक रेकर्स’ सँगको सहकार्यमा रिलिल्ज गरिएको ‘थ्रिलर एल्बम’ को साथमा आयो I जुन एक एल्बमले माइकललाई सात ‘ग्र्यामी’ तथा आठ अमेरिकन अवार्ड सँगै अन्य धेरै अवार्ड दिलायो I उक्त एल्बमले संसार भरिका सम्पूर्ण एल्बमको रेकर्ड लाई उछिन्यो I उक्त एल्बमले ६५ मिलियन कपी बिक्री गर्‍यो I सँगै अमेरिकामा उक्त एल्बमलाइ ‘डबल डायमण्डको’ पोजिसन प्रदान गरियो I बस; यहाँ बाट माइकलले कहिले पछाडि फर्केर हेर्नु परेन I यो सँगै आफ्नो पुरै जीवन कालमा ३९ गिनिज बुक अफ वर्ड रेकर्ड, १३ ‘ग्र्यामी’ अवार्ड, ‘ग्र्यामी लाइफ टायम अवार्ड’, २६ अमेरिकन म्युजिक अवार्ड, १८ ‘वल्र्ड म्युजिक अवार्ड’ सँगै सय कदौ उपलब्धि हासिल गरे I

तस्वीर : grammy.com

उनको व्यक्तिगत जीवनको कुरा गर्नु पर्दा दुई पल्ट बिभाह गरे I पहिलो सन् १९९४ मा उनले ‘लिसा म्यारी’ संग बिभाह गरे I तर यो सम्बन्ध धेरै समय टिक्न सकेन र दुवै ले सन् १९९६ मा कानुनी रूपमा सम्बन्ध बिक्षद गरे I फेरी अर्को वर्ष अथवा सन् १९९७ मा माइकलले आफ्नी लामो समयकै साथी डेविइ रोवे सँग बिभाह गरे I उनीहरूका माइकल योसेफ ज्याक्सन जुनियर र पेरिस ज्याक्सन गरी दुई सन्तान समेत भए I तर यो सम्बन्ध पनि धेरै लामो समय सम्म टिक्न सकेन I सन् १९९९ मा गएर टुंगियो I

माइकल ज्याक्सनको जीवनीले एक तर्फ सफलताको उच्च शिखरको उदाहरण पस्किन्छ I अर्को तर्फ उनको जीवनी अनेकौँ बिभाध सँग पनि मुस्सिएको छ I सन् १९९४ मा उनलाई एक बालिकासँग यौन शोषणको आरोप लाग्यो I जसले उनको छविमा निकै नकारात्मक असर पुर्‍यायो I कालो वर्णका माइकले आफ्नो लुक्सलाई आकर्षक बनाउन प्लास्टिक सर्जरीको सहारा लिए I जसले गर्दा बारम्बार उनको लुक्समा परिवर्तन देखियो I यधय्पी दुई पल्ट सम्म उनले प्लास्टिक सर्जरी गर्ने कुरा स्वीकार गरेका थिए I मार्च सन् २००९ मा माइकलले घोषणा गरे कि; ‘कम्तीमा दश  पल्ट सम्म लन्डनको ओ टू एरेना मा कन्सर्ट गर्नेछु र यो नै आफ्नो अन्तिम कन्सर्ट हुनेछ’ I तर यस अघि उनी यो कन्सर्ट गर्थे त उनको अन्तिम चाह पनि अधुरो नरहने थियो I २५ जुलाई सन २००९ का दिन ‘लस एन्जिलस’ स्थित आफ्नै निवासमा रिदयघातका कारण उनको मृत्यु भयो I तथापि यस दुन्यबाट त माइकल ज्याक्सन बिदा भइसके तर तपाईँ हामी तथा उनका करोडौँ शुभचिन्तकको मन मा भने सदै का निम्ति उनी जीवित नै छन् I आज पनि उनको वार्षिक कमाइ १६ करोड डलर रहेका छ I एक सामान्य परिवारमा जन्मिएका माइकलले ५० बर्से आफ्नो जीवन कालमा देखाई दिए कि; यदि मन बाट हामीले केही चाहायौ भने केही पनि असम्भव छैन I

तस्वीर : Famous Biographies

प्रस्तुती : ईश्वर लुइँटेल

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ दिन अगाडि १ मिनेटमा पढिने

अफिसियल रुपमा ‘खुशी’ !

३१ साउन , २०७६ ४ मिनेटमा पढिने