नेपाली विद्यार्थीलाई विश्व समुदायसँग जोड्ने उद्यम

विश्वसनीय माध्यम बन्दै छ 'ओया आई.एन्.सी'

ओया स्कुल; ओया स्कुल कार्यक्रम विश्वविद्यालय तथा शैक्षिक संस्थाको एउटा साझा प्लेटफर्म हो I यस कार्यक्रमले विशेष गरी अमेरिका र अस्ट्रेलियालाई मुख्य प्राथमिकतामा राखेको छ I यदि कोहि विद्यार्थी हार्डवर्डमा पढ्न चाहन्छन I त्यो विद्यार्थी ओया स्कुलको पोटलबाटै उक्त विश्वविद्यालय सम्बन्धि सम्पूर्ण जानकारी लिन सक्छ I उसले कुनै कन्सल्टेन्सीको परामर्श कि त सहयोग नै लिई रहनु पर्छ भन्ने छैन I त्यति मात्र होइन, कुनै विद्यार्थीका निम्ति ओयाको पोटल बाट प्राप जानकारी पर्याप्त भएन उसलाई मेंटरशिप चाईयो I त्यस विद्यार्थीलाई ओया स्कुले सम्बन्धित विश्वविद्यालयका विद्यार्थी संगै परामर्श गर्ने अवसर प्रदान गर्दिन्छ I हाल सम्म ओया ‘आई एन सी’ मार्फतको ओया स्कुल संग चौध सय शैक्षिक संस्था आवद्द छन् भने करिब सय भन्दा बढीले सहकार्य गरिरहेका छन् I

हाम्रो कथा २०७६ वैशाख ३ गते १८:०३

उच्च शिक्षा अध्ययनका निम्ति अमेरिका पुगेका खगेन्द्र आचार्यले आजभन्दा करिब चार बर्ष अघि आफ्नो अध्यानको अन्तिम कालमा अब के गर्ने? जागिर या व्यवसाय ? सोच्न थाले ! एउटा निर्णय त लिनै पर्न थियो I अनि उनलाई लाग्यो कि; जागिर किन खाने ? आफै केहि नया सुरु गर्नु पर्छ भन्ने निर्णयमा पुगे I जतिबेला उनले एम.बि.ए पूरा गर्दै थिए I अब सरु हुन्छ उनको सोच को उनीबाटै खोज गर्ने काउनडाउन !

खगेन्द्रले दक्षता, ज्ञान र सिपसंगै दृढ इच्छा शक्ति हुदाँ हुदै पनि विकास उन्मुख मुलुकका युवाहरुका निम्ति राम्रो अवसर नभएको कुरा महसुस गरे I आफ्नै देशका यस्ता युवाहरुका निम्ति कुनै दोश्रो मुलुकको  विश्व विद्यालयमा अध्ययन गर्नका निम्ति होस् वा विश्वका जुन कुनै शैक्षिक संस्थामा इन्टर्नका निम्ति होस्, उचित मार्गदर्शन गर्ने कुनै संस्था या निकाय नै देखेनन् I

त्यस अवस्थामा एकले अर्कालाई अवसर आदान प्रादान गर्ने संस्था सुरु गर्ने सोच उनमा पलायो I खगेन्द्रले यहि सोचमा करीब ४ / ५  महिना एक तहको गृहकार्य अमेरिका मै गरे I जहाँबाट आफ्नो सोच अनुसार बजारको अवस्था कस्तो छ त ? आफुले सोचे अनुरुपको काम बजारमा लिएर आउँदा कस्ता चुनौति बीच जुध्नु पर्ने हुन सक्छ ? यी र यस्तै विषयमा उनले अध्ययन गरे I संसारभरि आज पनि दशौँ  हजार इभेन्टहरु आयोजना भई रहेका छन्, हजारौ संस्था ले छात्र ब्रिदी प्रदान गरिरहेका छन I हजारौ संस्थाले इन्टन प्रदान गरिरहेका छन् I यद्यपी एउटा दक्ष, योग्य र सहि व्यक्तिले त्यसको जानकारी पाईरहेको हुदैन I यसै कारण खगेन्द्र र उनको समुह द्वारा त्यी विश्व स्तरका संस्थाहरुले प्रदान गर्ने छात्रवृद्धि र इन्टन लगायत अवसर र हाम्रो जस्तै अन्य बिकास उन्मुख मुलुकका दक्ष र योग्य विद्यार्थी बीचको दुरीलाई एकै बिन्दुमा पुर्याउने लक्ष्य सहित “ओया ‘आई एन सी’ कम्पनिको  परिकल्पमनासंगै यसको स्थापना भयो I यस बीच आफ्नो ‘वेव’ सुरु गर्नु पुर्व नै खगेन्द्रको समुहले ३/४ मुलुकमा आफ्नो कार्य छेत्रको वातावरण निर्माण गरे I

ओया ‘आई एन सी’ काम के हो त ?

संस्थाका कार्यकारी प्रमुख खगेन्द्र आचार्य बताउँछन्, “मानौ; तपाईको संस्थाले कुनै अन्तराष्ट्रिय इभेन्ट आयोजना गर्दैछ I यस अवस्थामा, तपाईलाई युगान्डाको मनिस पनि चाहिन्छ, केन्याको मानिस पनि चाहिन्छ, युरोपियन मुलुकका मान्छे पनि चाहिन्छन् I कुनै अन्तराष्ट्रिय इभेन्टका निम्ति यहाँ कान्तिपुरमा बिज्ञापन छापेर त कुनै प्रकारको अर्थ हुदैन I हो; त्यसकै लागी हामीले अवसर सृजना गरिदिएका हौँ I अहिले करिब ७५ मुलुकमा आफ्ना स्थानीय प्रतिनिधि मार्फत काम गरिरहेका छौँ I हाम्रो मोडललाई कुनै पनि विश्व विद्यालयले, कुनै पनि शैक्षिक संस्थाले, कुनै पनि एन. जी.ओ या आई.एन.जिओले कुनै अन्तराष्ट्रिय कार्यक्रम गर्छ भने उनीहरुको ग्लोबल प्रमोसन गर्ने काम हामी गर्छौ I जसका निम्ति हामीसँग फरक फरक प्याकेज रहेका छन् I तपाईले आफ्नो प्रमोसन अनलाईनबाट मात्र गर्छु भन्न पनि सक्नु भयो I आफ्नो सम्पुर्ण व्यवस्थापनको काम हामीलाई दिन पनि सक्नु भयो I अहिले हाम्रो बिजनेस मोडल चाहि ‘बी.टु.बी’ बिजनेस मोडल छ I जस्तो; हामी हाम्रा प्रयोगकर्तालाई कुनै शुल्कको लिदैनौं I इन्टरनेसनल इभेन्टको ग्लोबल प्रमोसन गर्दिन्छौँ I जसका निम्ति हामीले शुल्कको निर्धारण गरेका छौँ I”

ओया ‘आई एन सी’ मार्फतका कार्यक्रमहरु के-कस्ता छन् त ?   

जब; जब खगेन्द्रको समुहले काम सुरु गर्यो त्यसको एक बर्ष भित्र नै संस्थाले राम्रो गति लियो I यस अन्तरालमा करिब ४० मुलुकमा आफ्ना स्थानीय प्रतिनिधिहरुलाई स्थापित गर्न सफल रहयौं I जुन संख्या अहिले ७५ वटा मुलुकसम्म पुगी सकेको छ I बंगलादेशमा र भारतमा शाखा कार्यालय नै बिस्तार भई सकेका छन् I

खगेन्द्रका अनुसार, “आफ्नो युज नेटवर्क पश्चात आफ्नै इभेन्ट गर्ने सोच उनीहरुमा आयो र एम.आई.टि. सँगको सहकार्यमा “ओया ‘आई एन सी’” ले आफ्ना ‘ग्लोबल इन्टरपिनरसिप बुट क्याम्प’ का नाममा ईभेन्ट गर्न सुरु गर्यौ I जस अन्तर्गत संस्थाले आफ्नो पहिलो इभेन्ट नेपालमै सम्पन्न गर्यौं I जुन इभेन्ट पश्चात खगेन्द्रले नेपालली बजारमा उद्यमको संस्कार नै विकास भई नसकेको यथार्थ अवस्था समेत महसुस गरे I आफ्नो कार्यक्रममा नेपाली उद्यमीले खासै चासो नदिए पछी खगेन्द्रको समुह अन्तराष्ट्रिय  बजार तर्फ उफ्रियो I जहाँ आफ्नो राम्रो स्कोप बनाइ सकेको थियो I त्यस पश्चात आफ्नो दोश्रो ‘ग्लोबल इन्टरप्रेन्युरसिप बोटक्याप’ थाइल्याण्डमा सम्पन्न गर्यौं I यस कार्यक्रम अन्तरगत “ओया ‘आई एन सी’” ले आफ्नो विश्व विद्यालय, शैक्षिक संस्था तथा बिभिन्न व्यवसायिक संस्थासँगको आफ्नो युथ नेटवर्क मार्फत काम गर्ने गरेको छ I जस्तो कि; तपाईसँग कुनै एउटा एनोभेटिभ आइड्या छ भने तपाई ‘बुट क्याम्पमा’ सहभागी हुन सक्नुहुन्छ I तपाईको उक्त सोचलाई कसरी स्थापित व्यवसायमा रुपान्तरण गर्न सकिन्छ भनेर यस कार्यक्रमले तपाईलाई ४ दिनको गृहकार्य नै गराउंछ I उक्त दिनहरुमा तापाईले आफ्नो सोचलाई निर्दिष्ट गर्नु हुन्छ I फरक-फरक व्यक्तिका सोच मध्य कुनै सम्भावित उत्कृष्ट सोचलाई लगानी कर्ता समक्ष पस्तुत गर्ने अवसर तपाईले प्राप्त गर्न सक्नुहुन्छ I जस मध्य छनोट भएका उत्कृष्टले लगानी समेत प्राप्त गर्ने छन् I विशेष गरि एसिया र अफिक्री बिकास उन्मुख मुलुका युवाहरुमा उद्यमशीलताको संस्कार समेत निर्माण गर्ने सोचले ओया ‘आई एन सी’ ले आफ्नो यस कार्यक्रमलाई जोड दिएको छ I हालसम्म यस संस्थाले नेपाल र अन्य मुलुकमा गरी चारवटा बुट क्याम्प सफलता पुर्वक सम्पन्न गरेको छ I”

ओया स्कुल; ओया स्कुल कार्यक्रम विश्वविद्यालय तथा शैक्षिक संस्थाको एउटा साझा प्लेटफर्म हो I यस कार्यक्रमले विशेष गरी अमेरिका र अस्ट्रेलियालाई मुख्य प्राथमिकतामा राखेको छ I यदि कोहि विद्यार्थी हार्डवर्डमा पढ्न चाहन्छन I त्यो विद्यार्थी ओया स्कुलको पोटलबाटै उक्त विश्वविद्यालय सम्बन्धि सम्पूर्ण जानकारी लिन सक्छ I उसले कुनै कन्सल्टेन्सीको परामर्श कि त सहयोग नै लिई रहनु पर्छ भन्ने छैन I त्यति मात्र होइन, कुनै विद्यार्थीका निम्ति ओयाको पोटल बाट प्राप जानकारी पर्याप्त भएन उसलाई मेंटरशिप चाईयो I त्यस विद्यार्थीलाई ओया स्कुले सम्बन्धित विश्वविद्यालयका विद्यार्थी संगै परामर्श गर्ने अवसर प्रदान गर्दिन्छ I हाल सम्म ओया ‘आई एन सी’ मार्फतको ओया स्कुल संग चौध सय शैक्षिक संस्था आवद्द छन् भने करि सय भन्दा बढीले सहकार्य गरिरहेका छन् I

नेपालमा यहाहरुको भूमिका चाहिं के हो ? भनेर सोधिएको प्रश्नमा खगेन्द्रको यस्तो जबाफ छ;

‘यस्तो छ; नेपालमा हामीले स्पष्ट रुपले भन्नु पर्दा, हामी व्यवसायी हौँ I त्यसमा पनि स्थापित हुन् खोज्दै गरेको संस्था  ! हामी पैसा काम गरे बापत पैसा कमाउछौँ I समाजमा राम्रो काम गर्ने र यस बापत अथवा सेवा स्वरूप केहि कमाउने भन्ने उद्देश्य बोकेर काम गरिरहेका छौँ I म अमेरिका मै रहदाँ महसुस गरेको र अहिले पनि धेरै ठाउँमा भन्ने गर्छु; ‘नेपाल एज अ फ़र्टाईल एरिया’ I हाम्रो यो एसिया महादीपको जनसंख्याको कुरा गर्ने हो भने, हामी चीन र इन्डियाको बिचमा छौँ I हाम्रो छेउमा पाकिस्तान छ, अफगानिस्तान छ, बंगलादेश छ I यतिको जनसंख्या हामीले तुलना गर्यौं भने संसारको उच्च जनसंख्या हुन आउँछ I

एउटा अमेरिकनलाई चीनमा आएर व्यवसाय संचालन गर्न धेरै अप्ठ्यारो छ I भाषा सिक्ने देखि लिएर, भिषाको कुरा देखि लिएर I तर एउटा नेपालीले साचिकै व्यवसाय चीनको बजारमा गर्ने हो भने सहजै काम गर्न सक्छ I भारतको बजारमा सहज रुपमा काम गर्नसक्छ I लगायत अन्य सबै एसियाली मुलुकमा काम गर्न सक्छ I हाम्रो सस्कृतिहरु संग भारतीय, पाकिस्तान, बंगलादेशी सस्कृति पनि केहि रुपमा मिल्ने भएको कारणले गर्दा सहज अवस्था छ I हामीले यहाँ आएर काम गर्नुको कारण नेपालको माया लागेर या आफ्नै देशमा केहि गर्नु पर्छ भनेर भन्दा पनि समग्रमा अन्य मुलुकको तुलनामा यहा बसेर काम गर्न निक्कै सहज भएका कारणले हामीले यहि बसेर विश्वब्यापी व्यवसाय संचालन गरेका हौँ I नेपालमा राम्रो अवसर र अवस्था छ I नेपालबाट विश्वस्तरीय केहि गर्न सकिन्छ भनेर नै म र मेरो टिम यहाँ फर्केका हौँ I यद्यपी कम्पनी दर्ता गर्दा म अमेरिका मै थिए I”

ओया ‘आइ.एन.सी.’ का भावी योजान के-कस्ता छन् त ?

ओया कम्पनी अन्तर्गत हाल विश्व कै अग्र स्थानमा आउने ‘ओया आइ.एन.सी’ संस्था को भविष्य कस्तो छ त ? यो एउटा महत्वपूर्ण सवाल हुन सक्छ यद्यपी संस्थाका कार्यकारी प्रमुख खगेन्द आचार्यको नेतृत्व रहेको समुहको आजको क्रियाशीलता र भोलिको योजनालाई आधार माणनुपर्दा; आगामी ५ वर्ष  भित्र विश्वको एक मात्र प्रमुख ओया कम्पनीका रुपमा आफ्नो संस्थालाई स्थापित गराउने यस संस्थाको लक्ष्य रहेको छ I संसारका कुनै पनि प्रमुख इभेन्ट प्रचारक संस्थाको नाम आउँदा सबैभन्दा अगाडी आफ्नो संस्था को नाम ल्याउने उद्देशका साथ यस संस्थाले काम गरिरहेको छ I हालको कारोबार ५ सय डलर रहेको यस संस्थाले आगामी पाँच वर्ष भित्र १५ सय डलर पुर्याउने सोच राखेको छ I हरेक युवासँग उत्साह, इच्छा  र सोच संगै राम्रो व्यवसायिक दृष्टिकोण छ भने त्यस्ता युवालाई व्यवसायिक रुपले स्थापित गराउदै लैजाने यस संस्थाको मुख्य योजना रहेको छ I

प्रतिक्रिया

सम्बन्धित

ढाकाले ढकमक्क परेको ‘बुटिक’ !

१० घन्टा अगाडि ३ मिनेटमा पढिने

सेनाले सिकाउने विशेष ५ रणनीति !

१ दिन अगाडि ३ मिनेटमा पढिने
लोकप्रिय