आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

योजना स्पष्ट पार्न सिकौं !

हाम्रो कथा २०७६ वैशाख ३ गते १३:१२

तस्वीर : TED Ideas

आफ्नो लक्ष्यलाई एउटा कागतमा लेखौं I इच्छा अनुरुप लक्ष्य प्राप्त गर्न मिति पनि लक्ष्यसँग कागतमा टोकौं I

लक्ष्य जे पनि हुन सक्छ I आफ्नै उद्यम सुरु गर्ने हुन सक्छ I कुनै सामाजिक अभियानको नेतृत्व लिएर त्यसलाई कुनै निस्कर्षमा पुर्याउने हुन सक्छ I आफ्नै घर, जग्गा, गाडि नै जोड्ने हुन सक्छ I काम जस्तै लक्ष्य पनि सानो ठुलो हुदैंन I इमान र अभिप्राय सहि हुनु पर्यो, लक्ष्य सानो ठुलो हुदैंन I

उदाहरणको लागी : अहिले तपाईं होटेलमा कुक हुनुहुन्छ I अबको १० वर्षमा तपाईंको आफ्नै स्वामित्वमा रेस्टुरेन्ट सुरु गर्न चाहनुहुन्छ I

आफ्नो लक्ष्य प्राप्त गर्ने योजना कसरी सम्भव बनाउने त ?

परिकल्पना गरौँ कि तपाईंको लक्ष्य प्राप्त भई सक्यो I तपाईंको रेस्टुरेन्ट मज्जाले चल्न थालिसक्यो I एक दिन अचानक तपाईंको पुरानो साथी धेरै वर्ष पछी तपाईंको रेस्टुरेन्टमा आई पुग्छ I

उसलाई बुझ्न मन लाग्छ कि तपाईंले यस्तो व्यवस्थित, शानदार रेस्टुरेन्टको मालिक कसरी बन्नु भयो ? यो गन्तव्यसम्म पुग्ने यात्रा कस्तो थियो ? संघर्ष र रोकावट कहाँ-कहाँ आई परे ?

अब तपाईं आफ्नो साथीलाई विगतको १० वर्ष लामो यात्रा वयान गर्नुस् I तपाईंले क्रमिक रुपमा समयसँग के कस्तो कदम चल्नु भयो ? के कस्ता डर लाग्दा बाधा विघ्न आए ? सबै कुराको विश्लेषण गर्नुहोस् I सक्दो स्पष्ट वर्णन गर्नुहोस् I

तपाईंको यहि यात्राको वर्णन रेकोर्ड गरेर राखौं I यसलाई लेखेर राखौं I

यसो गर्दा आफ्नो लक्ष्य प्राप्त गर्ने योजना स्पष्ट बन्दै जान्छ I एउटै रेकोर्डिंग बारम्बार सुन्दा आफु भित्रको उत्प्रेरणाको भाव र इच्छा शक्ति अझ बलियो बन्दै जान्छ I

प्रतिक्रिया

सम्बन्धित

सेनाले सिकाउने विशेष ५ रणनीति !

१ दिन अगाडि ३ मिनेटमा पढिने

व्यवसायको सारथी सहकारी संस्था

२ दिन अगाडि ५ मिनेटमा पढिने
लोकप्रिय