के नेपाल उपचारको थलो बन्न सक्छ ?

पूर्वीय दर्शनमा आधारित आयुर्वेद, योग, पर्यावरण, अध्यात्मका जस्ता अनेकौं उपचार पद्धतीको धनी देश नेपालले पनि मेडिकल टुरिजममा ध्यान दिए हाम्रो पर्यटकीय सम्भावनाहरु कति होलान् ?

हाम्रो कथा २०७६ वैशाख २ गते १६:३५

हेल्थ टुरिजम वा मेडिकल टुरिजम विश्वको एक प्रगतिशील क्षेत्र हो I २० औं सताव्दी मध्य तिर मेडिकल पर्यटन विश्व भर मज्जाले चलेको हो I आफ्नो देश उपचार गर्नु भन्दा अरु देशमा उपचार गर्नु सस्तो पर्ने भएकाले, हेल्थ अथवा विश्व ब्यापी रुपमा मेडिकल टुरिजम प्रसिद्ध छ I

हेल्थ टुरिजमको अवधारणा १८ औं सताव्दीबाट सुरु भएको हो I जब, युरोपबाट मानिष स्पाका सेवाको लागी पूर्वी भूमध्यसागर तर्दै एसीया आउँन थाले I पूर्वी भूमध्यसागरको मीनेरल वाटरले कलेजो र फिक्सो सम्बन्धित रोगको उपचारमा सहयोग पुर्याउंछ भन्ने मान्यताका साथ उनीहरु पूर्व घुम्न थाले I

मेडिकल टुरिजमका अधिकांश पर्यटक अमेरिकी मुलका हुन्छन, आफ्नो देशमा स्वास्थ्य सेवा महँगो अनि गुणस्थारीय स्वास्थ्य सेवाको खोजी नै मेडिकल टुरिजमको आधार हो I

तस्वीर : tourHQ

मेडिकल टुरिजमका लागी विश्वमा सबै भन्दा लोकप्रिय देश हो, थाईल्याण्ड I त्यसपछि, दोश्रोमा पर्दछ मेकसीको, तेस्रो इंडिया र चौथो क्युबा I अब थाईल्याण्डमा केन्द्रित रहौं I मेडिकल टुरिजमका मुख्य ५ आकर्षणहरु के-के हुन्?

पहिलो प्राथमिकता, कस्मेटिक सर्जरी गराउन अधिकांश मानिस थाईल्याण्ड आउदा रहेछन I

दोश्रो, दन्त सेवा

तेस्रो, मोटोपन

चार नम्बरमा बाझोपना

र पाँच नम्बरमा स्टेम सेल I स्टेम सेल धेरै जसो घटक र दिर्घकालिन रोग जस्तै कि पार्किन्सन, अल्ज़ईमर्स ; जहाँ आफ्नो शरीरको कोशिकाहरुलाई पुर्न:जीवित गराउने हो I

उदाहरणको लागी जस्तै एउटा लिभर ट्रान्सप्लान्ट अमेरिकामा तीन लाख अमेरिकी डलर पर्दछ भने सोहि सेवा टाईवानमा ९१ हजार अमेरिकी डलरमा सम्पन्न हुन सक्छ I

उच्च गुणस्तरमा, ८० प्रतिशत कम मूल्यमा उपचारको लागी पर्यटक भित्रिन्छन, त्यसैले थाईल्याण्डलाई “पूर्वी दर्शनको गहना” पनि भनिन्छ I मेडिकल टुरिस्ट थाईल्याण्ड आउने अन्य रोचक कारण पनि छन्I पश्चिमी देश जस्तै गुणस्तरीय सेवा, अतिथि सत्कार, उत्कृष्ट चिकित्सक, छोटो/कम समयमै डाक्टरसँग अपोइन्ट्मेन्ट पाईने भएकाले थाईल्याण्ड लोकप्रिय छ I

तस्वीर : Ogocare

थाईल्याण्डमा बिदेशी भित्रिने अस्पताल हो, बंग्कोकको बुमरुणगार्ड हस्पिटललाई एरियाको सर्वउत्कृष्ट अस्पतालको रुपमा चिनिन्छ, बुमरुणगार्ड होस्पिटल एरियाको स्वास्थ्य क्षेत्रमा पहिलो ‘जी.सी.आई’ अन्तराष्ट्रिय गुणस्तर प्राप्त गर्ने अस्पताल हो I जहाँ मोटामोटी एक वर्षमा ५ लाख देखि २० हजार बिदेशी, कुल १९० देशहरुबाट उपचारको लागी आउने गर्दछन I

विश्व पर्यटन काउन्सील अनुसार, सन् २०१७ मा मेडिकल टुरिजमले थाईल्याण्डको कुल ग्रास्त उत्पादनको ९.४ प्रतिशतको योगदान पुर्याएको छ I आम्दानी ३६.७ बिलियन अमेरिकी डलर पुगेको छ I थाईल्याण्डको १५.१ प्रतिशत जनशक्तिले यसरी रोजगारी पाएका छन् I

थाईल्याण्डको पर्यटन विभागको आफ्नुलाई “एन्टी एजिंग सेन्टर” (आफुलाई सदाबाहर तन्नेरी बनाई राख्ने केन्द्र) को रुपमा ब्रान्डिंग गरी स्थापना गर्ने लक्ष्य बोकेका छन् I र, समग्र बजारलाई सँगै ओघटने भन्दा पनि भिन्दा भिन्दै समुदाय पहिलो पटक आउने पर्यटक, दोहोराएर आउने पर्यटक, जेष्ठ नागरीक र खेलाडीहरुलाई विभाजित गरी मार्केटिंग गर्ने योजना अनुरुप अघि बढिरहेका छन् I

तस्वीर : Georgian Club

हेल्थ टुरिजमलाई अझ सहज तरिकाले बुझाउनु पर्दा, आफ्नु देश बारेक अन्य देशहरु, स्वास्थ्य सेवाको निम्ति भ्रमण गर्नु हेल्थ टुरिजम हो I र, यस्ता टुरिस्टलाई हेल्थ टुरिस्ट भनिन्छ I

विगतको समयमा कम विकसित देशमा आफ्नु उपचार हुन नसके, चिकित्सा शास्त्र विकसित भएको देश जान बाध्य हुन्थे I यसरी नै हेल्थ टुरिजमको प्रचलन सुरु भयो I

तर, अहिलेको वर्तमान समयमा आफ्नु देशमा स्वास्थ्य सेवा धेरै महँगो पर्ने भएकाले, सस्तो र उपयोगी स्वास्थ्य सेवाको खोजीमा अन्य देश उपचारका निम्ति आउने गर्दछन I यस्ता पर्यटकहरु धेरै जसो आफ्नु विकसित देशबाट (अमेरिका/ युरोप) बाट कम विकसित देश आउने गर्दछन I अधिकतम पश्चिमी राष्ट्रहरुका नागरिक हेल्थ टुरिस्टमा पर्दछन जसलाई एसीयाका राष्ट्रहरु भ्रमण गरी उपचार गर्न आफ्नु देशमा भन्दा धेरै सस्तो पर्दछ I

तस्वीर : Prague Post

पूर्वीय दर्शनमा आधारित आयुर्वेद, योग, पर्यावरण, अध्यात्मका जस्ता अनेकौं उपचार पद्धतीको धनी देश नेपालले पनि मेडिकल टुरिजममा ध्यान दिए हाम्रो पर्यटकीय सम्भावनाहरु कति होलान् ?

प्रतिक्रिया

सम्बन्धित

बिजनेस लिडरको हातमा किताब !

२ दिन अगाडि ५८ सेकेन्डमा पढिने