नेपाली पस्मिना किन महँगो ?

एउटा साधारण पस्मिनाको श्वलको मूल्य ७ हजार देखि १२ हजार पर्दछ I किनकि, पस्मिना ऊनको एक रेसा निकै मसिनो हुन्छ, यति मसिनो कि कपडा बनाउने ठुल-ठुला मेसिनमा मसिनो पस्मिनाको रेसा चुटिन्छ I त्यसैले, राम्रो पस्मिना उत्पादन हातको काम गर्ने कालिगढ़ले बुन्न मात्र सम्भव छ I

हाम्रो कथा २०७६ वैशाख २ गते १७:२२

याद गर्नु भएको छ, विदेशी बजारमा वा कुनै पनि पर्यतकिए क्षेत्रमा पस्मिनालाई “क्यास्मेर” पनि भनिन्छ I किनकि, पस्मिनाको सुरुबाट भारतको कस्मीरबाट सुरु भएको हो I पस्मिना कस्मीरमी भेडाको ऊन हो I पस्मिना मात्र २ ठाउँका भेडाबाट उत्पादन हुन्छ :
१) लदाक पस्मिना
२) नेपाली पस्मिना
कस्मीर पछिको अब्बल स्तर पस्मिना उत्पादन गर्ने देश नेपाल नै हो I
पस्मिना विश्व भरी महिलाहरूलाई लगाउन रहर लाग्दो कपडा हो I

पस्मिना किन महँगो ?
एउटा साधारण पस्मिनाको सलको मूल्य ७ हजार देखि १२ हजार पर्दछ I किनकि, पस्मिना ऊनको एक रेसा निकै मसिनो हुन्छ, यति मसिनो कि कपडा बनाउने ठुल-ठुला मेसिनमा मसिनो पस्मिनाको रेसा चुटिन्छ I त्यसैले, राम्रो पस्मिना उत्पादन हातको काम गर्ने कालिगढ़ले बुन्न मात्र सम्भव छ I

पस्मिना किन लगाउने ?
पस्मिनाको तौल निकै कम हुन्छ र कुनै मोटो बाक्लो फाईबरको कपडाभन्दा निकै न्यानो हुन्छ I सुन्दर पनि देखिन्छ I जाडोमा हलुका, न्यानो र सुन्दर पहिरन सम्भवतः पस्मिना मात्र हो I

पस्मिनालाई अलिक सस्तो मूल्यमा बनाउन पस्मिनामा रेसम मिसाइन्छ I तर, सिल्कले पस्मिनालाई अलि कम न्यानो भने बनाउँछ I

सबै भन्दा धेरै पस्मिना उत्पादन गर्ने देश कुन हो ?
गुणस्तरमा नेपाल र कस्मीरको पस्मिना अब्बल भए पनि विश्वमा सबै भन्दा धेरै पस्मिना उत्पादन गर्ने देश चीन हो I

पस्मिना कुन-कुन देशमा जान्छ ‌‌ ?
नेपालको सन्दर्भमा पस्मिना विदेश निर्यात हुने वस्तुहरू मध्य तेस्रो स्थानमा पर्दछ I मात्र ५ प्रतिशत नेपालको पस्मिनाको बजार नेपाल भित्र छ I बाकिं ९५ प्रतिशत विदेश नै जाने हो I

पस्मिना इन्डस्ट्री असोसीयासन अनुसार नेपाली पस्मिनाको बजार ४७ देशहरूमा छ I ती मध्ये, अमेरिका, इटाली, क्यानडा, बेलायत, फ्रान्स, जर्मनी, जापान र भारत मुख्य हुन् I

प्रतिक्रिया

सम्बन्धित

ढाकाले ढकमक्क परेको ‘बुटिक’ !

११ घन्टा अगाडि ३ मिनेटमा पढिने

सेनाले सिकाउने विशेष ५ रणनीति !

१ दिन अगाडि ३ मिनेटमा पढिने