माटोको भाडामा खाना बनाउने रेस्टुरेन्ट ! कहाँ छ काठमाडौँमा ?

बिवशको मस्तिष्कमा मट्काको सोच सल्बलाउन थाल्यो I आफ्नो गाउँ घर तिर माटोको भाँडोमा पाकेका खसीको पक्कु, कुखुराको मासु, विभिन्न प्रकारका तरकारीहरू सम्झे I अनि उनलाई लाग्यो कि; त्यस प्रकारका सम्पूर्ण परिकारहरूलाई स्थानीय स्वाद दिएर व्यवसायी रूपले बजार सम्म ल्याउन सकिन्छ भन्ने लाग्यो I

हाम्रो कथा २०७६ वैशाख १ गते १३:२६

जब सम्म नेपालमा बस्ने सबै युवाले केही न केही काम दृढताका साथ ‘म यो गर्न सक्छु’ भनेर मनबाटै चाहेर गर्छ त्यति बेला उसले बुझ्छ कि नेपालमा पैसा त हावामा उडिरहेको छ I नेपालमा बिजनेस आइडिया पनि हावामा उडि रहेको छ I केवल त्यसलाई सही तरिकाले समात्न सक्नु पर्‍यो I

‘मट्या हाउस’को जन्म कसरी हुँदै छ त?

सञ्चालक बिवश काफ्लेले आजभन्दा करिब एक वर्ष अघि पूर्वी तराईको भक्का राजधानी भित्र्याएर यो होटेल रेस्टुरेन्टको व्यवसायमा हाल हालेका हुन I पूर्वी तराईका झापा, मोरङ तथा सुनसरी लगायत जिल्लाको भक्का निक्कै लोकप्रिय र ऐतिहासिक परिकार हो I जुन परिकारलाई विवशले व्यवसायिक रूपमा काठमाडौँ भित्र्याए र कलिलै उमेरमा नामी व्यवसायीका लागि समेत सफलताको गतिलो उदाहरण प्रस्तुत गरे  I व्यावसायिक सफलता मात्र हैन हाम्रो खाद्य संस्कृतिमा समेत विवशले एउटा नयाँ गोरेटो सिर्जना गरे I पूर्वी तराईको भक्काको स्वादलाई केही परिष्कृत गर्दै राजधानीबासीका सामु पस्किएका बिवशले एक वर्षको अन्तराल मै आफ्नो व्यावसायिक यात्राको तीव्रतालाई बानेश्वरमा मट्या हाउसका रूपमा विस्तार गरेका छन् I

बिवशमा यो सोचको विकास कसरी भयो ?

भक्का हाउसमै उनले भक्कासँग मट्का ‘माटोको भाडा’ मा चिया समेत बेच्ने गर्दथे I एक दिनको कुरो हो, मट्कादिउसै सकियो I एउटा ग्राहकको समूह आयो र त्यस समूहले मट्काचिया मगायो I विवशले भने ‘हामी सँग अहिले मट्का सकिएको छ I आज प्लाष्टिकको ग्लासमा चिया पिउनुहोस् न है?” ग्राहकको जबाफ आयो ‘ हामी मटकाको चिया पिउनै भनेर भक्तपुर देखि आएका हौ I प्लाष्टिकको कपमा खाने भए किन यति टाढा आउने थियौं र ?’ भन्दै चिया नखाने अडान लिएर त्यो समूह त्यहाँबाट निस्कियो I

त्यहि क्षण बिवशको मस्तिष्कमा मट्काको सोच सल्बलाउन थाल्यो I आफ्नो गाउँ घर तिर माटोको भाँडोमा  पाकेका खसीको पक्कु, कुखुराको मासु, विभिन्न प्रकारका तरकारीहरू सम्झे I अनि उनलाई लाग्यो कि; त्यस प्रकारका सम्पूर्ण परिकारहरूलाई स्थानीय स्वाद दिएर व्यवसायी रूपले बजार सम्म ल्याउन सकिन्छ भन्ने लाग्यो I

व्यवस्थापनका विद्यार्थी तथा अमेरिकन प्रोजेक्ट गरिरहेका बिवश आज पूर्ण रूपमा खाद्य संस्कृतिमा भिझी सकेका छन् I

बिवश भन्छन्, “जब मान्छे काम गर्न लजाउँछ तब उसका निम्ति सफलता टाढा मात्र हैन, असम्भव सरह रहन्छ I”

जब उनले भक्का हाउस सुरु गरे त्यति खेर धेरै आफन्त तथा साथी भाइले भन्ने गर्थे- ‘के गरेको यस्तो ? एउटा राम्रो प्रोजेक्टको काम छाडेर चिया बेच्ने काम पनि कोहि गर्छ !’

सम्पूर्ण व्यवसायी विदेशी खानाको पछाडि दौडी रहेको समय आफ्नो स्वदेशी खानाको प्रवर्द्धन तथा बजार विस्तारको सोचका साथ मट्या हाउसको सोच उनमा विकास भयो I

मट्या हाउस नाम किन दिनु भयो त भन्ने प्रश्नमा; सानो सानो माटोको भाडालाई तराइमा मट्या भनिने हुँदा आफूले सम्पूर्ण खाना माटोको भाँडो मै राखेर आगोको कोइलामा पकाउर ग्राहक सामु पस्किने भएकाले मट्या हाउस नाम दिएको विवशको उत्तर आयो I

बिवशको बिचार

“हाम्रो राजवंशी समुदाय नै हो जसले भक्काको विकास गरे I हिजो त्यही भक्कालाई प्रवर्द्धन गर्न मैले भक्कालाई ब्राण्डि बनाएर काम गरे I हाम्रा राजवंशी समुदायको खाद्य संस्कृति पनि अनौठो छ I उनीहरू मुसा पनि खान्छन् I अब कसरी मुसा खान्छन् भन्दा – मुसालाई रातो माटोले वरिपरि लिपेर त्यसलाई भुङ्ग्रोमा हालेर पकाउछन् अनि खान्छन् I यहि प्रक्रियाबाट मट्या हाउसमा हरेक खाना पकाइन्छ वा तयार गरिन्छ I अझै पनि हामी त्यहि प्रक्रियाको अभ्यास गर्दै छौँ I हामी हाल बजारमा उपलब्ध खानालाई पनि यही प्रक्रियाबाट पकाएर फरक स्वाद दिन सकिन्छ कि भनेर काम गरी रहेका छौँ I”

मट्या हाउसमा के – कस्ता खाना उपलब्ध हुने छन् त ? त्यसका विशेषता के-कस्ता छन् ?

बट्टाई, हास, चित्रा, अष्ट्रिच लगायत विभिन्न चरा चुरुंगीका परिकार उपलब्ध गराउने उद्देश्यका साथ मट्या हाउसले काम गरिरहेको छ I त्यस बाहेक माछाका परिकारहरू, कुखुराका परिकार, खसीका परिकार, फुल्का (विशेष प्रकारको रोटी ) यस्तै परिकार पोलेको, भुटेको र साधेको परिकार नै उनीहरुले ग्राहक समक्ष पस्किने छन् I

मट्या हाउस आउँदा ग्राहक तथा सेवाग्राहीले कम्तीमा पनि आधा घण्टा समय लिएर आउनु पर्ने हुन्छ I किन भने छुट्टै किसिमले कम तापक्रममा भुङ्ग्रोमा पकाइने हुँदा अन्य किसिमका खानालाई भन्दा केही समय बढि समय लाग्ने हुन्छ I त्यसैले ढुक्कले समय निकालेर जाने I त्यो समय फलदायी हुन्छ भन्ने कुरामा पनि ढुक्क हुन् सकिन्छ भन्ने विश्वास मट्या हाउसले दिलाउँछ I

मट्या हाउसले केवल खानाका परिकार मात्र पस्किएको छैन I यसको सजावट र शृङ्गार का निम्ति कोरिएको मिथिला चित्र, परालले छाएको सानो कोठासँगै झुण्डिएका मकै, पूर्वी तराईमा प्रयोग हुने मकैको खोस्टाबाट बनाइएका पिरा (चकटी), वेदका कुर्सी आदिले यसको आकर्षण उत्कृष्ट बनाएको छ I सँगै पूर्वी तराई तथा मिथिला क्षेत्रका मानिषसँग भावनात्मक सम्बन्ध समेत बलियो बनाउने छ I स्वादमा मात्र हैन यहाँका खाना स्वास्थ्यका हिसाबले पनि आगोको भुङ्ग्रोमा पकाइएको खानामा कोलिष्ट्रोलको मात्र शून्य जस्तै हुने हुँदा निकै स्वास्थ्य वर्दक मान्न सकिन्छ I

प्रस्तुती : ईश्वर लुइँटेल

प्रतिक्रिया

सम्बन्धित

नेपाली रंगमंचका सफल नाटक !

१२ भदौ , २०७६ २ मिनेटमा पढिने

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने
लोकप्रिय