बिजनेस र नयाँ वर्षको संकल्प

आफुमा सुधार ल्याउनका लागी हेल्थ क्लबको सदस्यता लिनेको सङ्ख्या नयाँ वर्षमा बढ्छ। चुरोट छोड्ने संकल्प पनि नयाँ वर्षको समय मै धेरै जसोले गर्दछन्। एक प्रख्यात डेटिङ्ग साइट म्याच डट कमले बताएको छ कि नयाँ वर्षको समय सम्बन्ध गास्ने आशा बोक्दै आफ्नो जोडी खोज्न डेटिङ्ग साइटमा आवद्ध हुने गर्दछन्। त्यसैले, नयाँ वर्षमा सुरुवातमा केही व्यवसायहरूको वृद्धि हुने निश्चित हुन्छ I तर, समयको गति सँग वर्षको दोस्रो महिना नै धेरै जना संकल्पमा अडिक रहन सक्दैनन् I संकल्प गरेका व्यक्ति मध्य केवल ८ प्रतिशत जनसङ्ख्याले मात्र आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिन सक्छन् ।

हाम्रो कथा २०७५ चैत ३० गते १६:१४

तस्वीर : Tyro

नयाँ वर्षमा संकल्प गरिन्छ । आफूलाई अझ निखार्ने संकल्प, आफूलाई स्वास्थ्य, खुसी र व्यवस्थित राख्ने संकल्प । नयाँ वर्षको संकल्प ‘रेजोल्युसन’ को प्रचलन ईराकको ईतिहासिक सहर बेबीलोनबाट करिब ४ हजार वर्ष अघि सुरु भएको रहेछ I त्यति बेला सर्वसाधारणले राजा समक्ष आफूले खाएको ऋण तिर्ने संकल्प गर्थे । भगवान समक्ष मेहनत गर्ने संकल्प गर्थे ।

अहिलेको समयसम्म आइपुग्दा पनि हामीले संकल्प गर्नको लागी नयाँ वर्षको समय नै रोज्छौँ । सन् २०१८ को सुरुवातमा फोर्ब्स म्यागेजिनले बताए अनुसार ४० प्रतिशतको जनसङ्ख्याले नयाँ वर्षको संकल्प लिने गर्दछन् I

आफुमा सुधार ल्याउनका लागी हेल्थ क्लबको सदस्यता लिनेको सङ्ख्या नयाँ वर्षमा बढ्छ। चुरोट छोड्ने संकल्प पनि नयाँ वर्षको समय मै धेरै जसोले गर्दछन्। एक प्रख्यात डेटिङ्ग साइट म्याच डट कमले बताएको छ कि नयाँ वर्षको समय सम्बन्ध गास्ने आशा बोक्दै आफ्नो जोडी खोज्न डेटिङ्ग साइटमा आवद्ध हुने गर्दछन्। त्यसैले, नयाँ वर्षमा सुरुवातमा केही व्यवसायहरूको वृद्धि हुने निश्चित हुन्छ I तर, समयको गति सँग वर्षको दोस्रो महिना नै धेरै जना संकल्पमा अडिक रहन सक्दैनन् I संकल्प गरेका व्यक्ति मध्य केवल ८ प्रतिशत जनसङ्ख्याले मात्र आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिन सक्छन् ।

त्यस्तै एक कुशल व्यवसायी वा उद्यमीले पनि आफ्नो व्यवसायलाई तीव्रता दिने विषयमा संकल्प गर्नु भनेको त स्वाभाविक नै हो। आफ्नो उद्यमलाई पुर्न: जगरीत गर्ने क्रममा, नयाँ वर्षको बिजनेस रेजोल्युसन बनाउने क्रममा हामीले एउटै गल्ती बारम्बार दोरोर्याउने गर्दछौँ। त्यसैले यो वर्ष अलि नयाँ केही गर्न सकिन्छ। अमेरिकी लेखक यवंम उद्यमी ग्यारी भेनेरेकलका अनुसार नयाँ वर्षमा उद्यमीहरुले यी ३ संकल्पमा काम सकिन्छ :-

१) आफ्नो बोल्ने सीपलाई भन्दा सुन्ने सीपको विकास गरौँ। वर्षको पहिलो महिना आफ्ना ग्राहकको प्रतिक्रिया सुनौँ। आफ्ना सहकर्मी तथा कर्मचारीको सल्लाह सुझाव सुनौँ।

२) सबैको कुरा सुनेर आफूले यस वर्ष गर्नु पर्ने कामको लिस्ट बनाऔँ। सो-लिस्टबाट आफ्ना प्राथमिकताहरू वर्गीकरण गरौँ I र, कुन प्राथमिकतामा आउँदो जेष्ठ महिनामा काम गर्ने, कुन कुरामा आसरमा काम गर्ने भन्दै आफ्ना प्राथमिकताहरू विभाजन गर्ने I

३) लिस्टमा केही यस्ता कुराहरू पनि होलान् जसलाई बेवास्ता गर्नु पर्ने हुन्छ। केवल १५ देखी २० यस्ता कुराहरूको लिस्ट तयार गर्ने हो जुन वास्तविक वा यथार्थपुर्वक छन् I सीमित क्षेत्रहरूमा काम गरे मात्र संकल्पहरुले पूर्णता प्राप्त गर्न सकिन्छ ।

किनकि बारम्बार पुरानै प्रविधि अपनाएर नयाँ परिणाम प्राप्त हुदैंन I अघि बढ्नको लागी नयाँ प्रविधि, पद्धती, दृष्टिकोण र संकल्पको आवश्यकता पर्दछ I

प्रतिक्रिया

सम्बन्धित

बिजनेस लिडरको हातमा किताब !

२ दिन अगाडि ५८ सेकेन्डमा पढिने