नेपालमा ‘थ्री डी’ प्रिन्टर : सम्भावना र चुनौती

चस्माको एउटा भाग भाँचियो वा उडी रहेको ड्रोनको एउटा भाग भाँच्यो थ्री डी प्रिन्टिंगबाट सहजै जोड्न सक्नु हुन्छ I घर या अन्य कुनै ठाउँमा पानीको पाइप फुट्यो अब त्यसलाई ठिक गर्न पुरै पायप नै फेर्नु पर्ने हुन्छ तर थ्री डी प्रिन्टिंग द्वारा त्यसलाई सजिलो तरिकाले ठिक गर्न सकिन्छ I तपाईँ हाम्रो दैनिक जीवनका यस्तै समस्यालाई समाधान गर्ने उपकरण नै थ्री डी प्रिन्टिंग हो I

हाम्रो कथा २०७५ चैत २९ गते १७:१५

तस्वीर : Machine Design

के हो त थ्री डी प्रिन्टर ?

सबै भन्दा पहिला हामी विज्ञानको ‘डी’ भाषालाई बुझौँ I विज्ञानका अनुसार हामी जुन बास्तबिक जीवनमा बाचिरहेका छौँ, जहाँ हरेक कुरा बास्तविक नै भईरहेको छ I हरेक दृश्य वा घटनाको यथार्थका दुईवटा पाटा हुन्छन् I यसलाई ‘टू.डी’ भनिन्छ I यहाँ ‘डी’ को अर्थ ‘डायमेन्सन’ हो I

यदि तपाईं घरको कुनै झ्याल खोलेर बाहिर हेर्नु हुन्छ भने बाहिरका हरेक दृश्य प्रस्ट देख्न सक्नु हुन्छ I किनकी त्यहाँ यथार्थमा पनि बस्तु या दृश्य यथावत छ र त्यस वस्तु या दृश्यलाई तपाईले अनुवभ गर्न सक्नु हुन्छ I आफु र त्यस वस्तुको दुरीको अनुमान हामीलाई हुन्छ I यहि गहिराई नै उक्त ‘तेश्रो डाईमेन्सन’ हो I जसले यी दुई ‘डाईमेन्सन’ लाई भर्चुअल (छद्म)रुप दिन्छ I त्यसलाई नै ‘थ्री डी’ भनिन्छ I

अब ‘थ्री डी प्रिन्टर’ बारे बुझौँ …

पछिल्लो समय यस प्रकारको थ्री डी टेक्नोलोजीले आफ्नो सिमा क्षेत्रलाई बृहत रुपले बिस्तार गरेको छ I यसले हाम्रो दैनिक रुपका काम-काजलाई सरल बनाउने काम गरेको छ I थ्री डी प्रिन्टर यस्तै एक प्रकारको एडेपटर  हो I

तस्वीर : JUST™ Creative

‘थ्री डी प्रिन्टर’ बाट के-कस्ता काम गर्न सकिन्छ त ?

तपाईँले कुनै पनि कुरा सोच्नु भयो I उदाहरणका निम्ति; घरमा तपाइको एउटा ग्लास फुट्यो I त्यो ग्लास तपाईँका निम्ति महत्त्वपूर्ण थियो अथवा कसैले उक्त ग्लास तपाईँलाई उपहारका स्वरूप दिएको थियो I अब घरमै बसेर त्यो ग्लास तपाइलाई फेरि बनाउन मन लाग्यो I जुन काम थ्री डी प्रिन्टरद्वारा गर्न सकिन्छ I अथवा घर मै बसेर एउटा कप प्रिन्ट गर्न मन लाग्यो थ्री डी प्रिन्टिंगबाट सजिलै गर्न सक्नुहुन्छ I

चस्माको एउटा भाग भाँचियो वा उडी रहेको ड्रोनको एउटा भाग भाँच्यो थ्री डी प्रिन्टिंगबाट सहजै जोड्न सक्नु हुन्छ I घर या अन्य कुनै ठाउँमा पानीको पाइप फुट्यो अब त्यसलाई ठिक गर्न पुरै पायप नै फेर्नु पर्ने हुन्छ तर थ्री डी प्रिन्टिंग द्वारा त्यसलाई सजिलो तरिकाले ठिक गर्न सकिन्छ I तपाईँ हाम्रो दैनिक जीवनका यस्तै समस्यालाई समाधान गर्ने उपकरण नै थ्री डी प्रिन्टिंग हो I

तस्वीर : blog.fydiz.com

स्वास्थ्य, शिक्षा, कृषि,पर्यटन, स्मार्ट सहर लगायत हरेक क्षेत्रका निम्ति निकै नै उपयोगी उपकरका रूपमा थ्री डी प्रिन्टिंगलाई लिन सकिन्छ I

नेपालको सन्दर्भमा थ्री डी प्रिन्टरका लागी कस्ता चुनौतीहरू छन्  त ?

थ्री डी प्रिन्टरका निम्ति हाम्रो परिवेशमा रहेका चुनौतीहरूलाई हेर्दा सबैभन्दा पहिलो चुनौती यसको फ्लामेन्टल कष्ट उच्च छ I यसकारण यो महँगो छ I किनभने यसमा प्रयोग हुने कच्चा पदार्थ भनेको प्लाष्टिक हो  I यो विशेष प्रकारको प्लाष्टिक हाम्रो देशमा उत्पादन नहुने हुँदा बाहिरबाट आयात गर्नु पर्ने हुन्छ I अर्को कुरा गर्दा यसको आकारमा पनि समस्या छ I हामीले खरिद गर्न सक्ने, ‘२५ * २५ * २५ सेन्टिमिटर’ आयतनमा प्रिन्ट गर्न मिल्छ अर्थात् समग्रमा यति सम्म मात्र प्रिन्ट गर्न सकिन्छ I यो भन्दा धेरै प्रिन्ट गर्नु पर्‍यो भने पुरै प्रिन्टरको प्रणाली जटिल प्रकृतिको हुन आउँछ I बाहिर तिर एउटा सिङ्गो गर नै प्रिन्ट गर्न मिल्ने थ्री डी प्रिन्टर विकास भई सकेका छन् I यो पनि अर्को चुनौती हो I

हाम्रो देशमा थ्री डी प्रिन्टको भविष्य कस्तो छ त ?

हाम्रो देशमा यसको सम्भावनालाई हेर्दा निकै राम्रो छ I थ्री डी प्रिन्टर उपयोगितालाई हेर्दा ग्रामीण भेगमा कुटो, कोदालोमा देखि सहर-बजारका उच्च आधुनिक विषयसम्मलाई यसको उपयोगिता निकै राम्रो छ  I यसकारणले पनि नेपालको सन्दर्भमा थ्री डी प्रिन्टरको भविष्य निकै उज्यालो छ I यसको प्रयोगले हाम्रो दैनिकी निकै सहज हुने मात्र हैन; कुनै वस्तु वा समान बिग्रिने वा भाँच्चिने बित्तिकै त्यसलाई फोहोरको टोकरीमा फ्याँक्नु पर्ने छैन I बरु सजिलै सँग थ्री डी प्रिन्टिंगद्वारा त्यसलाई ठिक गरेर पैसा र नयाँ बस्तु वा समान किन्ने पैसा समेत बचत हुनेछ I

तस्वीर : 3Dnatives

(रोबोटिक्स एसोसियसनका अध्यक्ष विकास गुरुङसँग इश्वर लुइँटेलले गरेको कुराकानीमा आधारीत लेख)

प्रतिक्रिया

सम्बन्धित

ढाकाले ढकमक्क परेको ‘बुटिक’ !

१० घन्टा अगाडि ३ मिनेटमा पढिने

सेनाले सिकाउने विशेष ५ रणनीति !

१ दिन अगाडि ३ मिनेटमा पढिने
लोकप्रिय